गुलरियाको कृत्रिम तालमा डुवेर युवकको मृत्यु

दाङ,११ जेठ । घोराहीमा रहेको एक कृत्रिम तालमा डुवेर एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ को गुलरियामा रहेको कृत्रिम तालमा डुवेर रोल्पा निवासी एक युवाको मृत्यु भएको हो ।

मृत्यु हुने युवक घोराहीमा बस्ने रोल्पा रुम्टीगढी गाउँपालिका–९ रुम्टी निवासी २२ बर्षीय बिजय केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घट्नास्थलमा प्रहरी पुगेर कृत्रिम तालमा डुवेका युवकको शव प्रहरीले तालबाट निकालेको छ ।

घुम्न गएका युवा चिप्लिएर तालमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । उक्त तालमा यसअघि पनि एक युवाको डुवेर निधन भएको थियो ।