कविता : भारतीय विस्तारवाद

श्रवण नेपाली

आफनै देश पनि यहाँ स्पुत कोही नेता भनी मान्दछौ
कोही छैन भने बेकार किन हो संग्राम यो गर्दछौ
राष्ट्रवादहरु अब यहाँ पनि लाग्दै छ उर्मलिन
खायो देश छिमेकले सब छुटी बोल्दैन कोही किन ?

घेराबार लगाउ त्यो दशगजा कहिले नचेपने गरि
ब्वाँसोका सघमा हुँदैन गतिलो ढोगेर पाउ परि
गर्ने हिम्मत नै हुँदैन मनमा नेता कहाँ बन्दछौ
तिम्रो शक्ती अझै रहेन तनमा बेकारमा भुक्छौँ ।

टिष्टा हेर हिजो छिमेक बलियो खायो लुटेरै पुरा
सुस्ता हेर अझै लुटेर उसले पार्दैछ सारै धुजा
कोशीको पनि हाल छैन गतिलो पानी सबै लुट्दछ
वर्षायाम भरी बढी जलहरु नेपालमा हुल्दछ ।

देशै छैन भने कहाँ बगरमा औचित्य तिम्रो कता
पार्टीको पनि सोच छैन गतिलो स्वार्थी सधैका जथा
सीमा ध्वस्त भयो सबै दशगजा जालि छिमेकी भयो
आफ्नै दूतहरु पठाइ सजिलै नेपाल खादै छ यो

हाम्रो शक्ति भनेको एक बलियो विश्वास अश्त्र भए
भारत चिन अनि विदेशतिरका मान्छे परास्त भए
चाहिएको छ बलियो एकता यहाँ विश्वास हैन र
मुलुक निम्ती अति खतरनाक सन्धि तिनै हैन र

हाम्रै हो लिपुलेक लिम्पियाधुरा सुस्ता र काली पनि
सबको शिर अलग छ माथ जसको धौलागिरी पर्वत
फुट्नेछन सबै ति बाधँहरु नि भारत डुब्ने गरि
आउनेछ खुशियाली ति घर आउने स्वर्णिम पल

(शार्दुलविक्रीडित छन्द) घोराही, दाङ