मेघराज नेपाली
आज मेरो जन्मभूमि पीडामा छ ।
छिमेकीले गिद्धे आँखा गाडेको छ ।।
दादागिरि अतिभयो गरिब भन्दै।
दाजुभाइ नेपाली सीमामा छाडेको छ।।
कहिले लड्छ छिमेकीसँग तागत देखाई ।
कुहेको सामान बेच्ने थलो ठानेको छ ।।
जन्मभूमि स्वर्गादपि हामीलाई प्यारो छ ।
दुई करोड नेपाली सेना बन्न तयार हुनुछ ।।
बूढाबूढी, केटाकेटी सहयोगी हुन्छन् ।
नौजवान नेपालीको शरीर तातेको छ।।
अतिभयो तागतको भरमा हेप्दै गरेको ।
अमेरिकाभन्दा सानो क्युवा अझै लडेको छ ।।
मर्नु त यसै पनि छ श्रीलंकाको इतिहास हेर ।
भारतले सधैंभरि उसैसँग मोर्चामा हारेको छ ।।
हे नेपाली युवा हो नेपालको लागि सोच त ।
गोर्खा फौज तिमीले कसको लागि जितेको छ ?
फर्काउ बन्दुक लगाउ निशाना वीर हौ तिमी ।
वैरीले तिम्री आमाको छातिमा पाइला गाडेको छ ।।