कविता : स्कुल जाने रहर

दिपेश पोख्रेल

पहिला मलाई लाग्थ्यो स्कुल जान कहर
अहिले आई लाग्दै छ स्कुल जाने रहर
बिहान उठी हतार गरि पुग्नुपर्ने स्कुल
सम्झदा साथीलाई मन हुन्छ चञ्चल
साथीसँगी शिक्षकसँग बिताएका पल
सताउँछ सम्झनाले हरघडी हरपल
किताबका पाना पल्टाई पढ्न मन लाग्यो
स्कुल गई गुरुसामु लेख्न मोह जाग्यो
रित्तो दिमाग भयो मेरो बस्नुपरी घरमा
बिर्सिगए सारा ज्ञान केही नरही मनमा
पढ्न लेख्न स्कुल जान पाउने अधिकार
कस्तो रोग आयो गर्न नसक्ने प्रतिकार
गुरुबिना शिक्षा पाउँछौ कहाँ निरन्तर
स्कुल गई ज्ञानी बनी पढ्ने मेरो रहर।

कक्षा ६,
भीएसनिकेतन, काठमाडौं