Goraksha

National Daily

नेकपाका वडा अध्यक्ष पदका उम्मेदवार कांग्रेसमा प्रवेश

दाङ,७ मंसिर । गत निर्वाचनमा तत्कालिन एकीकृत नेकपा माओवादीबाट वडा अध्यक्ष पदमा प्रतिष्पर्धा गरेका डम्मरबहादुर खत्री नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । खत्री गत स्थानीय निर्वाचनमा बबई गाउँपालिका वडा नं. ३ मा तत्कालिन माओवादीबाट वडा अध्यक्ष पदका उम्मेदवार हुन ।

शनिवार नेपाली कांग्रेसले शान्तिनगर गाउँपालिका वडा नं. ३ मा आयोजना गरेको चुनावीसभामा खत्रीलगायतका नेकपा नेता कार्यकर्ता उक्त पार्टी परित्याग गरि नेपाली कांग्रेस पार्टीमा पार्टी प्रवेश गरेका हुन । वडा अध्यक्षका उम्मेदवार नै नेपाली कांग्रेसमा पार्टी प्रवेश गर्नुले नेपाली कांग्रेस थप उत्साहित बनेको कांग्रेसको दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिएका छन ।

नवप्रवेशीहरुलाई पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय देवेन्द्रराज कँडेल, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी,जिल्ला सभापति कीर्तिबहादुर खड्का लगायतले स्वागत गर्दै पार्टी सदस्यता प्रदान गरेका थिए ।