सन्तोष शर्मा
होलेरी,९ जेठ । भारतवाट स्वदेश आउनेहवाटै कोरोनाको संव्रmमण बढ्ने खतरालाई स्थानीयतहदेखी केन्द्र सरकारले गम्भीरतापुर्वक नलिएको पूर्व राज्यमन्त्री अमरसिड पुनमगरले बताएका छन । सरकारले नियन्त्रणको प्रयास गर्नुको साटो उल्टै सव्रmमण फैलाउन लागेको बताएका छन ।
उनले भने,‘ सिमानामा मान्छे रोकेर राख्ने,अलपत्रपार्ने,अनि आफुले ल्याउनपर्ने ठाउँमा आफै आएकालाई समेत क्वारेन्टाइनमा अव्यवस्थीत राखेपछि संव्रmमण बढ्छ की रोकिन्छ ? अहिले सरकारले वनाएका क्वारेन्टाइनवाट नै झनै जोखीम भएको छ ।’
ल्याउनपर्ने ठाउँमा नागरीक आफै घरसम्म आइपुग्दा समेत उनीहरुलाई आधारभुत कुराको पनि व्यवस्था नमिलाएको प्रति आपत्ती जनाए । उनका अनुसार सीमामा रहेका र क्वारेन्टाइनमा वसेकाहरुले आफुलाई फोन गरी गुनासो गरिहेको भन्दै भारतवाट आएकाहरुलाई समेत सुरुमा आरडिटी चेकजाचँ नगर्दा क्वारेन्टाइनमा राख्दा झन खतरा उत्पन्न गरेको बताए ।