त्रिभुवननगर जेसीजद्धारा घोराहीका भीडभाड हुने ठाउँमा सेनिटाइजिङ

दाङ, ९ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढि रहेको समयमा घोराही बजारको भीडभाड हुने विभिन्न स्थानमा त्रिभुवननगर जेसीजले सेनिटाईजिङ गरेको छ । कोरोना भाइरसको जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले जेसीजले विहिवार घोराही बजारका बढि भीडभाड हुने ठाउँहरुमा सेनिटाइजिङ गरेको हो ।

घोराहीमा मानिसहरुको बढि भीड हुने अस्पताल क्षेत्र, सरकारी कार्यालय र सुरक्षा निकायका कार्यालयहरूमा विहिवार सेनिटाइजिङ गरेको त्रिभुवननगर जेसीजका महासचिव मिनराज भाटले जानकारी दिएका छन । महासचिव भाटका अनुसार त्रिभुवननगर जेसीजले घोराहीको मुख्य घोराहीचोक, न्यूरोड, दामोदर चोक, बाल मन्दिर आसपास क्षेत्र, बसपार्क, सब्जिमण्डी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्याल घोराहीलगायतका स्थानमा जेसीजले सेटिटाइजिङ गरिएको हो ।

जिल्लामा कोरोना संक्रमणको संख्या बढि रहदा जेसीजले जोखिम रोकथामका लागि घोराही उपमहानगरपालिका १४ र १५ को कार्यालय, बुद्ध हास्पिटल, दिपज्योती हास्पिटल, ट्राफिकचोक, विपी चोक, दीपशिखाचोक, गुलरिया चोक, साहिद गेट रोडलगायत बजारका बिभिन्न स्थान गरि करिव १३ हजार लिटर सेनिटाइजर सेनिटाइजिङ गरिएको महासचिव भाटको जानकारी दिएका हुन ।

सेनिटाइजिङका लागि सहयोग गर्ने डिएन ग्याँस सप्लायर्स लमहीका सञ्चालक दुलम चौधरी, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, घोराही उपमहानगरपालिका वाड न १४ र १५ को वडा कार्यालय र वडा प्रहरी कार्यालय घोराहीलाई त्रिभुवननगर जेसीजले धन्यावाद दिएको छ । यसअघि त्रिभुवननगर जेसीजले घोराही क्षेत्रमा लकडाउनका कारण छाक वस्ने अवस्थामा पुगेका अतिविपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको थियो ।