दंगीशरणमा भारतबाट आएका तीन जना क्वारेन्टाइनमा

दिप्तीशिखा चौधरी
दंगीशरण, ९ जेठ । लकडाउनका क्रममा भारतबाट फर्किएका तीन जनालाई दंगीशरण गाउँपालिकाले निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । दंगीशरण गाउँपालिका–६ का २१ बर्षका एक जना र वडा नं. ७ का २२ बर्षका र २७ बर्षका दुई जना गरि तीन जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको दंगीशरण गाउँपालिका विपद ब्यवस्थापन समितिका सयोजक बालकृष्ण भण्डारीले जानकारीले दिएका छन ।

क्वारेन्टाइनमा राखिएका मध्य एक जना गोहा र दुई जना भारतको उत्तर प्रदेशबाट आएका हुन । उनीहरु नाकामा अलपत्र अवस्थामा छन् भन्ने खबर पाएपछि पालिकाले एम्बुलेन्समार्फत ल्याएर सिधै क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिएका छन । उनीहरु भारतबाट आएकाले विशेष सतर्कताका साथ ल्याएर क्वारेन्टाइनमा राखिएको अध्यक्ष चौधरीले बताए ।

साथै अध्यक्ष चौधरीले बाहिरी देश अथवा जिल्लाबाट घर फर्कनेलाई सम्पर्कमा आउन आग्रह गरेका छन । अहिले गाउँपालिका स्थित बिरेन्द्र माबिमा रहेको क्वारेन्टाइनमा १ महिला र ४ पुरुष गरि ५ जना रहेका छन् ।