दाङ, ९ जेठ । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएर अस्पतालबाट घर फर्किएका छन ।
बाँकेको खजुरास्थित शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान अस्पतालले डिस्चार्ज गरिएको हो ।
कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु सहित रहेका छन् ।
आइसोलेसनमा उपचार गराइरहेका २८ जना मध्य २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुई पटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । ‘बाँकी ७ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उक्त अस्पतालमा बाँके र बर्दियाका २८ जनाले उपचार गराइरहेका छन् ।