सुभाष न्यौपाने
भारत भ्रमण भयो हाम्रा प्रधानमन्त्री बालेनको ।
भ्रमणको परिवेश हेर्दा देखिन्थ्यो भद्रशालिन त्यो ।।
उद्योग राज्य मन्त्रीले विमानस्थल स्वागत गरे ।
नेपाली राजदुत त्यस समयमा थिए, निश्चलनाथ पाण्डेय ।।
पैतिस सदसीय मात्रै थियो, भ्रमणका अवसरमा टोली ।
विपक्षी दलसँग माथिएन सुझाव राष्ट्रपतिलाई भएन भ्रमण जानकारी ।।
प्रधानमन्त्री बालेन शाहले मित्रराष्ट्र भारतको दुई दिनै राजकीय भ्रमण पूरा गरेर स्वदेश फर्किसकेका छन् । पैतिस सदस्य रेको भारत भ्रमणको क्रममा उनले सम्बोधन गर्ने क्रममा आफ्नो भाषा नेपाली भाषा रोजेको अवसरमा नेपालीजनता प्रधानमन्त्री बालेन शाहप्रति कृतज्ञता प्रकट गर्दछन् । आफ्नो भ्रमणको क्रममा उनले धार्मिक पर्यटन विकास तथा दुई देश बिचको मैत्री सम्बन्धमा पनि आफ्नो विचार पनि प्रष्ट रुपमा राखेका छन् ।
प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जाँदा दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन् प्रसादले भारत सरकारको तर्फबाट विमानस्थलमा स्वागत गर्न आइपुगेका थिए । सो अवसरमा नेपालका लागि भारतीय राजदुत सुधाकर दलैला, भारतका लागि नेपाली राजदुत निश्चलनाथ पाण्डेय तथा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनुमहावर लगायत नयाँ दिल्ली स्थित दुतावासका अधिकारीहरुको पनि उपस्थित रहेको थियो ।
भारत भ्रमणको क्रममा भारतका राष्ट्रपति द्रोपति मुर्मसँग पनि शिष्टाचार भेट गरेका छन् प्रधानमन्त्री बालेन शाहले । यस भ्रमणको उपलब्धी र उपादेयताको बारेमा अहिले नै व्याख्या र विश्लेषण गरिहाल्नु त्यति उपयुक्त नहोला । भारतीय विदेश सचिव सँगको संवादमा प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक हुँदै भारत, चीनबिच हुने व्यापार सम्बन्धको बारेमा आफ्नो चित्त नबुझेको धारणा राखेका छन् र े । राजकीय भ्रमण कुटनैतिक भेटघाट र प्रधानमन्त्रीले राखेको आफ्नो धारणाको बारेमा अहिले नै केही बोल्नु उयपुक्त नहोला, किनभने गरिएका संवाद र दुई देशका सरकार प्रमुखहरुको बिचमा भएको भेट अत्यन्तै सौहार्द देखिएको छ ।
तर, पनि दुई देशबिच गरिएका सहमतिकार दस्तावेजहरुमा उल्लेख गरिएका विषयहरुको कार्यान्वयन पक्ष कति र कसरी बढ्छ ? त्यसको बारेमा पनि नेपाली जनताले सजगता देखाउनु जरुरी छ । आफ्नो देशमा राजकीय भ्रमणको सन्दर्भमा प्रदर्शन गरिने सम्मान गारतलाई अस्वीकार गर्ने र भ्रमणको क्रममा पुग्नु पर्ने देशम पुगिसकेपछि सम्बोधनको क्रममा राजकीय भ्रमण भनेर गरिएको सम्बोधनले कस्तो छलाङ्ग मा¥यो ? कस्तो क्रम भङ्गता अपनायो ? हरेक मुलुकमा आफ्नो विधानअनुसार कहीँ सरकार प्रमुखको भूमिका अहम हुने गर्छ भने कहीँ राष्ट्र प्रमुखको ।
हाल नेपालका प्रधानमन्त्री बालेन शाहको भ्रमणको सन्दर्भमा भ्रमणकर्ता र स्वागतकर्ता दुवै देशमा कार्यकारी अधिकार प्रधानमन्त्री अर्थात् सरकार प्रमुखसँग छ । त्यसैले ती दुई मात्र बसेर पनि दुई देशका बिचमा हित हुने विषयमा संवाद र सहमति गर्न सक्छन् । स्वागत र सम्मानका कुरा गर्ने हो भने नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भारतका प्रधानमन्त्री अटल बिहारी बाचपेईले विमानस्थलमा स्वागत गरेका थिए । अन्य जति प्रधानमन्त्री भारत गए ती सबैलाई विदेशमन्त्री विदेश राज्यमन्त्री तथा परराष्ट्र सचिव सम्मले स्वागत गरेको पाइन्छ ।
नपत्याए विधान प्रधानमन्त्री बाबुराम भट्टराईलाई सोधे हुन्छ, के भन्छन् ? विदेश भ्रमणमा जाँदा प्रमुख प्रतिपक्षी लगायत प्रतिपक्षी दलहरुसँग सुझाव लिने तथा राष्ट्रपतिलाई भ्रमण कार्यक्रमबारे जानकारी गराउने राम्रो प्रचलन हो । यसमा मुलुकको परम्परा झल्किन्छ । सरकार सदन र विपक्षी दलहरु सँगको सम्बन्ध झल्किन्छ । सरकार प्रमुख विदेश भ्रमणमा जाँदा विपक्षीहरुसँग विभिन्न विषयमा सुझाव माग्दा दिएको सकारात्मक सुझावको सकारात्मक सन्देश जान्छ । यदि राष्ट्रपति विपक्षी दलका सकारात्मक धारणा पाइएन भने जनताको उनीहरुप्रति नकारात्मक दृष्टिकोण बन्न सक्छ । यस्तो अवस्था आउनु भनेको प्रधानमन्त्रीको लागि उपयुक्त वातावरणको अवसर पनि हो । भारतले पहिले नै हुन्छ भनेको बन्दरगाह फेरि नेपालले भागिरहेको छ ।
कोलकाता बन्दरगाह जहाँ पानी कम छ । त्यहाँ ठुला मालबाहक गाडी आउन समस्या छ । धाम्रा र मुन्द्रा बन्दरगाह जहाँ गहिरो पानी छ, ठूला मालबाहक जहाज सजिलै आउन सक्छन् भने मुन्द्रामा युरोप मध्यपूर्व तथा अफ्रिकाबाट सिधै मालबाहक जहाज नेपाल आउन सक्छन् । यसको दुरी अठार सयदेखि दुई हजार किलो मिटरसम्म छ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण के सत्ता जोगाउनको लागि मात्र हो त ? यो विषय पनि चर्चामा आइरहेको छ । यदि साच्चै सत्ता जोगाउनकै लागि हाम्रा प्रधानमन्त्री भारत गएका हुन् भने उनले जति ठुला कुरा गरे पनि परिस्थिति तत्वम् शरणम कै हो ।
भ्रमणको क्रममा नेपालले छपन्न अर्ब भारतीय रुपैयाँका सहयोग पाएको छ । यो बाहेक ऋण र अनुदान सहित गरेर नेपालले भारतबाट दुई खर्ब छब्बिस अर्बको सहयोग प्राप्त गर्ने भएको छ । भ्रमणबाट स्वदेश फर्किएपछि सदनमा सांसदहरुले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग गरेको प्रश्न हो । भारतले नेपालसँग एक सय पचास किलोमिटर भू–भाग किन्यो अरे ? त्यो विषय पनि अध्ययन र मनन योग्य छ । कालापानी लिपुलेकको समस्या समाधानको लागि दुई देशका प्रधानमन्त्रीहरुले आ.आफ्ना देशका परराष्ट्र सचिवहरुलाई छलफलको प्रक्रिया अगाडि बढाउन आदेश दिएका छन् अरे त्यो पनि कसरी अगाडि बढ्छ हेर्न बाँकी नै छ ।
विकसित भारत र समुन्नत नेपालको संयुक्त दृष्टिकोणका साथ नेपाल–भारत समझदारी पत्रमा दुई देशका प्रधानमन्त्रीबिच संयुक्त हस्ताक्षर भएको छ । भ्रमणकै क्रममा गत सोमवार दुई देशका प्रधानमन्त्री बिचको भेटको अवसरमा दिल्लीमा विकास, उर्जा, पूर्वाधार, रेलमार्ग, व्यापार तथा प्रविधि सहितका विभिन्न क्षेत्रमा सहकार्य गर्ने घोषणासहित प्रेस विज्ञप्ती समेत सार्वजनिक गरेका छन् । त्यस्तै भारतको अनुदान सहयोगमा चितवनमा कृषि औद्योगिक पार्क स्थापना गर्ने घोषणा समेत गरेका छन् ।
नेपालका सरकार प्रमुखहरुले विदेश भ्रमणमा जाँदा र गरेका सन्धी, सम्झौता तथा समहमतिहरुमा अलि–अलि जनता ढाट्ने प्रवृत्ति पनि देखिएको हुँदा अहिले नै राजनैतिक छलाङ्ग वा क्रम भङ्गताप्रति जनताले ढुक्कक साथ विश्वास गरी हाल्नलाई केही समय पर्खनै पर्छ । सन्धी सम्झौता तथा सहमतिका नाममा कतै फेरि पनि जनता ढाट्ने घाउ बल्झिरहेको त छैन ? भारत भ्रमणको समाप्तीसँगै आफ्ना स्वर्गीय पिताको विद्यार्थीकालको तस्वीर भारतका प्रधान नरेन्द्र मोदीले दिएका छन् । नेपाल फर्कँदा आफ्ना पिता रामनारायण शाहको तस्वीर तथा प्रशिद्ध कास्मिरीसल उपहार पाएपछि अत्यन्त भावुक हुँदै स्वदेश फर्किएका छन् ।
पछिल्लो समाचारअनुसार भारतीय सञ्चार माध्यमहरुले भनेको एउटा समाचारमा उल्लेख छ त्यो हो– भारतका भूमि भारतका हो गया चुक गया नेपालका प्रधानमन्त्री । यो समाचारलाई नेपालीले कसरी पढ्ने, कसरी बुझ्ने ? कसरी लेखियो यस्तो समाचार कतै भारत भ्रमणमा प्रधानमन्त्रीके दालमा काला त छैन ? ती समाचारको बारेमा स्वयम् भ्रमण दलका विशिष्ट व्यक्तिहरु अझ त्यसमा विज्ञता समेत हासिल गरिसकेका सबै विषयका ज्ञाता अर्थमन्त्री खुदै किन प्रश्नको उत्तरतिर केन्द्रित नरहेर चुपचाप बसेका छन् ? यदि चुकेका थिएनन् भने त तत्काल त्यही समाचारलाई कोड गरेर भारतीय प्रधामन्त्रीलाई पत्र पनि त लेख्न सक्थे ।
त्यही समाचारलाई उदृत गर्दै नेपाली सञ्चार माध्यमलाई पनि त सरकारले जानकारी गराउन सक्थ्यो । यस्तो मिथकको रुपमा आएको विषयलाई नेपाली जनताल कसरी पत्याउने ? भ्रमणमा निस्कनु अघि विपक्षी दलहरुसँग सुझाव नलिएको कारण र राष्ट्रपतिलाई आफ्नो भ्रमणको बारेमा जानकारी नगराई क्रम भङ्गताको छलाङ्ग मारेको कारण पनि प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो भ्रमणको अवसरमा भारतमा भोग्नु परेको समस्या र अफ्ठेरोको बारेमा गुनासो गर्ने ठाउँ पनि रहेन । लामो समयदेखि अलमलमा रहेको सिमा सुरक्षा, जलस्रोत आदिको विषयमा नेपाली जनताले सरकारको तर्फबाट स्पष्ट धारणा आउने आशा गरेका थिए । त्यस विषयमा अलि स्पष्टा झल्किएन कि ?
विदेश भ्रमणबाट फर्कँदा प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको लागि निम्तो दिइरहँदा उनले देखाएको सद्भावपूर्ण राष्ट्रभावको शब्दमा व्याख्या नगरिए पनि नेपाली जनताले प्रधानमन्त्री बालेन्द्र शाहप्रति आभार प्रकट गर्दछन् । हरेक सरकार प्रमुखका विदेश भ्रमणमा राष्ट्रभाव र राष्ट्रवाद झल्किएको हरेक देशका नागरिक हेर्न र देख्न चाहन्छन् । त्यो देखिने राष्ट्रवादभित्र नेपाली जनता कालाकर्तुत लुकेको देख्न चाहन्नन् । जटिलताभित्र बहुआयामिक सम्बन्ध रहेका दुई मित्र राष्ट्रहरु नेपाल–भारत जुन देशको सिमाना, नाता सम्बन्ध धर्म र सामाजिक परम्परालगायत खुला व्यापार सम्बन्ध र शक्ति असमानता जस्ता विषयहरु पनि नेपाल भारतबिचको सम्बन्ध सुरक्षा चासोको विषय पनि यसभित्र लुकेका छन् ।
भारत भ्रमणबाट फर्कँदा एक अर्ब छ करोड ललर बराबरको विकास बजेटसहित अन्य सहायता लिएर नेपाल फर्कँदा नेपालले भारतलाई के–के दियो र के कै दिने बचन दियो । नेपाली जनतालाई लाग्छ सहमतिमा उल्लेख गरिएका विषयहरुमा पहिलो कार्यान्वयन भारतले प्राप्त गर्ने भन्ने शीर्षकका विषयहरु पर्लान् जस्तो लाग्छ भने नेपालले प्राप्त गर्ने विषयहरुको बारेमा दुई देश बिचको आपसी छलफल र सहमतिबाट तय गरिनेछ । हामीले वर्तमानमा भारतबाट प्राप्त गरेको सहयोग रकम मध्य त्याइस प्रतिशत अनुदान र सहत्तर प्रतिशत ऋण सहयोग उपलब्ध रहेको छ । सामान्यतया अनुदान भन्नाले एकोहोरो सहयोग भन्ने बुझिन्छ भने ऋण भन्नाले चलन चल्तीको व्याजमा ऋण सहुलियत व्याजमा ऋण तथा साँवा मात्र फिर्ता गरे गरी ऋण भन्ने बुझ्नुपर्छ । त्यसलै बालेनले भारतबाट प्राप्त गरेको सहायता वाफत नेपालले अनुदान लगायत कुन–कुन दरको व्याजमा कति रकम सहायता प्राप्त गरेको छ जान्ने चाहना नेपाली जनताको छ ।