भुवन पोख्रेल
नेपाल र भारतबिच सन् १९४७ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो । यो सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, धार्मिक, आर्थिक र जनस्तरको गहिरो निकटतमा आधारित छ । नेपाल–भारत सम्बन्ध प्राचिन छ र गौरवपूर्ण अतितले भरिएको छ । सन् १९५० को सन्धी ३१ जुलाई १९५० मा हस्ताक्षर भएको भारत–नेपाल शान्ति तथा मैत्री सन्धीले दुई देशबिचको शान्ति, मित्रता पारस्परिक व्यवहारका विषय समेटेको छ । दुई देशबिच खुल्ला सीमा व्यवस्था छ, जसले राहदानी वा भिसाबिना आवतजावत, व्यापार र जनस्तरको सम्पर्कलाई सहज बनाएको छ । सामान, धर्म, संस्कृति, चाडपर्व, विवाहबारी तथा व्यापार, पारवहन, उर्जा र पूर्वाधार विकासमा सहकार्य रहँदै आएको छ । नेपाल भारतबिचको सीमा विवाद कायमै छ । कालापानी, लिपुलेक र लिम्पिया धुरा लगायतका सीमा क्षेत्रको विषय दुई देशबिचको प्रमुख कूटनीतिक मुद्दाका रुपमा रही आएको छ । खुल सीमाका कारण हुने अवैध गतिविधि, तस्करी र मानव बेचविखन नियन्त्रण तथा प्रभावकारी सीमा व्यवस्थापन महत्वपूर्ण विषय हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २०२६ नोभेम्बर २२ देखि २३ (मङ्सिर ६ देखि ७ गते) सम्म भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेका छन् । बालेन शाहको प्रधानमन्त्री भइसकेपछि पहिलो औपचारिक भारत भ्रमण हो । प्रधानमन्त्री शाहले नयाँ दिल्लीमा भारतीय राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेट र विदेशमन्त्री एस जयशंकरसँग छलफल गरेका थिए । राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ र राजघाटमा पुष्प अर्पणपछि हैदरावाद हाउनसमा प्रधानमन्त्री मोदीसँग प्रतिनिधि मण्डलस्तरीय वार्ता भएको थियो । रास्वपाको सरकार गठन भइसकेपछि प्रधानमन्त्री बालेन शाहको पहिलो औपचारिक भ्रमण भएकाले उक्त राजकीय भ्रमणले विशेष महत्व राख्दछ । यो नेपालको नयाँ राजनीतिक पुस्ता र विशाल छिमेकी देशका नेताहरु बिचको पहिलो उच्चस्तरीय भेटघाट हो ।
संयुक्त प्रेस व्यक्तव्य अनुसार भारतले नेपालको विकासका लागि कुल १५ हजार करोड भारतीय रुपैयाँ (२ खर्ब ४० अर्ब नेपाली रुपैयाँ) बराबरको आर्थिक सहायता उपलब्धध गराउने प्रतिबद्धता जनाएको छ । यसमा विपत् पछिको पुनःनिर्माण तथा पूर्वाधारका लागि ३ हजार ५०० करोड भारु अनुदान र उर्जा परियोजनाका लागि ११ हजार ५०० करोड भारु ऋण सुविधा समावेश छ । जनकपुरधाम–अयोध्या रेल सेवा शुभारम्भ उद्घाटन गरिएको छ । साथै विभिन्न विकास आयोजनाको शिलान्यास तथा उद्घाटन र समझदारीपत्र आदानप्रदान भएको छ । आर्थिक साझेदारी, उर्जा, जल, स्रोत, व्यापार, कनेक्टिभिटी, पर्यटन सर्किट तथा युवा र नवप्रवर्तन सम्बन्धी विषयमा छलफल र सहमतिहरु भएका छन् ।
भारतले भैरहवाको एयर रुटलाई दुईतर्फि बनाउन सहमति जनाएको छ । हाल काठमाडौँबाट उडेका अन्तर्राष्ट्रिय विमानहरु भैरहवाबाट बाहिरिन पाउँथे । भारतीय आकाश हुँदै काठमाडौँ भित्रिने जहाजहरु भने सिमराबाट मात्र भित्र पस्न पाउँथे । भैरहवाको एयर रुट पाएसँगै अब नेपाललाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहजता हुनेछ ।
यो भ्रमणबाट नेपालले आर्थिक सहायता छ पायो तर भ्रमणको सबैभन्दा ठूलो विरोधाभास सीमा विवादमा देखिएको छ । तर, विडम्बना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्ता पछि दुवै नेताले आफ्नो सार्वजनिक सम्बोधनमा सीमा विवादको विषय उठाएनन् । काठमाडौँ महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका बालेनले प्रधानमन्त्री बनेपछि पनि कालापानी, लिपुलेक र लिम्पिया धुराको विवादमा बेलायतको समेत चासो हुनु पर्ने कुरा संसदमै बोलेका थिए र भारत सरकारलाई औपचारिक कूटनीतिक नोट पठाएको जानकारी दिँदै उनले सीमा विवाद सल्टाउन चीन र बेलायतसँग कुरा गरिरहेको बताएका थिए । बालेनको यस अघिको अडान र भारत भ्रमणको परिणामबिच सबैभन्दा ठूलो विरोधभास यही देखिन्छ । सीमा विवाद मात्र होइन, तीन दशकदेखि अड्किएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा पनि नयाँ सहमति भएको छैन ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतबिचका सम्बन्ध हिमाल झै अटल र महासागर झै विशाल रहेको बताएका छन् । प्रधानमन्त्री पद सम्हालेपछिको आफ्नो पहिलो द्विपक्षीय भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त पत्रकार सम्मेलनमा उनले दुई देशबिचको आत्मियतालाई शब्दमा व्यक्त गर्न कठिन हुने टिप्पणी गरे । बालेन शाहले भगवान् श्री पशुपतिनाथ, माता जानकी र करुणामय मच्छिन्द्रनाथको आर्शिवाद तथा नेपाली जनताको स्नेह, न्यानोपन र सद्भाव लिएर आफू भारत भ्रमण आएको बताएका छन् ।
प्रधानमन्त्री शाहले सम्पूर्ण नेपाली जनताको तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि हार्दिक्क निमन्त्रणा समेत दिएर नेपाल फर्किएका छन् । नेपाल भारतवीय भएका सम्झौता र समझदारी कागजी रुपमा मात्र सीमित नभई व्यवहारमा कार्यान्वयन हुनु पर्ने देखिन्छ । नेपालले सबै किसिमका समस्या समाधानका लागि कूटनीतिक संवादलाई जोड दिँद्यै आएको छ । प्रधानमन्त्री बालेन शाहको भ्रमण त्यस्तै अवसर हो । यद्यपी, लामो समयदेखि विवादित विषय तत्कालै नटुङ्गिन सक्छन् तर त्यस्ता विषयमा आफ्ना सरोकार राख्नबाट भने पन्छिनु हुँदैन । कूटनीतिमा आफ्नो एजेण्डाको निरन्तरता महत्वपूर्ण हुन्छ ।
नेपाल र भारतकाबिच राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक लगायतका बहुआयामिक सम्बन्ध छ । अर्कोतर्फ विभिन्न समस्या पनि लामो समयदेखि रहँदै आएका छन् । समस्यालाई न्यूनीकरण गर्दै जानुको विकल्प छैन । नेपालले सबै किसिमका समस्या समाधानका लागि कूटनीतिक संवादलाई जोड दिँदै आएको छ । नोल र भारतका प्रवृद्ध व्यक्तिहरुको समूह (ईपीजी) ले दुई देशबिच रहेको इतिहासदेखिको समस्या समाधानका लागि २०७५ मै प्रतिवेदन तयार गरी सिफारिस गरेको भए पनि भारतीय प्रधानमन्त्री मोदीले नबुझिदिँदा थन्किएको छ । एकातिर नेपाल भारतबिचको सम्बन्धमा जनस्तर मै नकारात्मक धारणा नेतृत्व वर्गले फिजाउँदा दुई देशबिच प्रगाढ सम्बन्ध स्थापित हुन सकेको छैन । दुई देशबिचको विवादलाई आपसी समझदारीबाट सुल्झाउनुको साटो राष्ट्रवादी नारा बोकेर चुनाव जित्ने एजेण्डा बनाएको देखिन्छ । नेपाल–भारत सम्बन्धको बहुआयामिक सम्बन्धलाई जनपक्षीय ढंगले बुझाउन सकिएको छैन ।
नयाँ सरकारका युवा प्रधानमन्त्री बालेन शाहको पुरानो छिमेकी भारतको पहिलो भ्रमण परीक्षणको रुपमा जनता माझ रहेको छ । उनको भारत भ्रमणले सम्बन्धको नयाँ आयाम थप्न सक्ने आशा नागरिकस्तरमा जगाएको छ । यो नेपालको नयाँ राजनीतिक पुस्ता र विशाल पुरानो छिमेकी देशका नेताहरु बिचको पहिलो उच्चस्तरीय भेटघाट हो । विगतमा सीमा विवाद, राजनीतिक हस्तक्षेपका आरोपहरु र दिल्लीको व्यवहारप्रति असन्तुष्टिका कारण दुई देशबिचको सम्बन्ध तनापूर्ण रहँदै आएको थियो । त्यो राजनीतिक बोझबाट अहिलेको सरकार बोझमुक्त छ ।
नेपालको नयाँ नेतृत्वले आफूहरु विगतको राजनीतिक बोझबाट मुक्त रहेको विकास, कूटनीति र आर्थिक साझेदारीमा केन्द्रित हुन चाहेको बताएका छन् । प्रधानमन्त्री शाह र उनका सल्लाहकारहरु युवा र नयाँ छन् । उनीहरुमा अनुभव वा परिपक्वताको कमी छ बारम्बार उनीहरुले शासनमा गम्भीरताको कमी देखाएका छन् । राष्ट्रपतिलाई औपचारिक जानकारी नदिई प्रधानमन्त्री भारत भ्रमण निस्कँदा पुराना मान्यतालाई चुनौती दिएका छन् । यसलाई राजनीतिक विश्लेषकहरुले अपरिपक्वताको रुपमा लिएको देखिन्छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबिच आठवटा समझदारीपत्र (मोउ) मा हस्ताक्षर हुनुका साथै पूर्वाधार, उर्जा र सहायतासम्बन्धी महत्वपूर्ण सहमतिहरु भएका छन् । भू–उपग्रह सञ्चार सञ्जाल स्थापना, विधि विज्ञानमा शैक्षिक तथा अनुसन्धान सहकार्य, प्रहरी तथा सुरक्षा तालिम सहकार्य, निजामती कर्मचारी क्षमता अभिवृद्धि तालिम, स्वास्थ्य तथा औषधीजन्य क्षेत्रमा सहकार्य, आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिमा सहकार्य, दिगो सहरी विकासमा प्राविधिक सहकार्य र पशुपंक्षी तथा मत्स्यपालन विकासमा सहकार्य गर्ने महत्वपूर्ण समझदारी पत्र आदानप्रदान भएको छ ।
भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सहयोगमा निर्माण सम्पन्न भएका तथा निर्माणाधिन पाँचवटा महत्वपूर्ण पूर्वाधार परियोजनाको संयुक्त रुपमा उद्घाटन र शिलान्यास गरेका छन् । नयाँ दिल्लीमा आयोजित विशेष समारोहकाबिच दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर एउटा परियोजनाको उद्घाटन र चारवटा नयाँ परियोजनाको शिलान्यास गरेका छन् । यी परियोजनाहरुको कार्यान्वयनले दुई देशबिचको उर्जा सहकार्य र सीमापार सम्पर्क सञ्जालमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले सद्भाव र नयाँ नेतृत्वप्रतिको चासो बढाए पनि यसको सफलता व्यावहारिक उपलब्धीबाट मात्र मापन हुनेछ । सीमा विवाद, १९५० को सन्धि, ईपीजी प्रतिवेदन र पञ्चेश्वर जस्ता थन्किएका विषउमा निरन्तर संवाद, राजनीतिक इच्छाशक्ति र स्पष्ट कार्ययोजना आवश्यक छ । भारतसँग प्रभावकारी सम्बन्धका लागि नेपालले राष्ट्रिय सहमति र नीतिगत एकरुपता कायम गर्दै उदारता र दृढता दुवै प्रदर्शन गर्नु पर्नेछ । भ्रमण सफल कि असफल भनी अहिल्यै निष्कर्ष निकाल्नु हतार हुने जान्छ बरु यसलाई कूटनीतिक अवसरका रुपमा बुझ्नु सान्दर्भिक हुन जान्छ । भ्रमण कति उपलब्धी पूर्ण भयो त्यो परिणामले देखाउने नै छ । भारतका लागि पनि बालेन्द्र शाहको नेतृत्व नयाँ थियो ।
तसर्थ भारतले उनलाई कसरी ग्रहण गर्छ र उनले कसो परिचय बनाउँछन् त्यो महत्वपूर्ण कुरा हो । भ्रमणका केही सकारात्मक नविनता देखिएका छन् । सानो टोली कम खर्च र छोटो समयको भ्रमण स्वागत योग्य छ । विगतमा राज्यलाई आर्थिक व्ययभार पर्ने गरी ठूलो जम्बो टोली लिएर लामो विदेश भ्रमण गर्ने परम्परा थियो । त्यसमा आफ्नी धर्मपत्नी समेत नसमेटेर बालेनले क्रमभंग गरेका छन् । नेपालमा भारतले जे गरे पनि नेपाललाई सानो गििरब छिमेकीमुलुक भनेर हेप्ने गर्छ भन्ने हीनतबोध र लघुताभासबाट मुक्त भई भारतका राम्रा कामलाई राम्रा र नराम्रा कामलाई नराम्रा भन्न सक्ने आत्मसम्मान पनि हामी नेपालीमा हुनुपर्छ ।
भ्रमणका उपलब्धीलाई प्रचारमा सीमित नराखी समय सीमासहित कार्ययोजना बनाएर कार्यान्वयन गर्नु पर्नेछ । प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणमा केहीमा सहमति, थोरैमा सम्झौता र धेरै विषय घाती राखिएका छन् । कूटनीतिक भ्रमणको सफलता सम्झौतापत्रको संख्या र संयुक्त व्यक्तव्यको बुँदाले मात्रै यापन गर्न सकिँदैन । त्यहाँ उल्लेख भएका विषयले राष्ट्रिय हितका कति मुद्दालाई सम्बोधन ग¥यो । दुई देशबिचको असमानता र अविश्वास घटाउन कति योगदान पु¥यायो र जनाताको जीवन र अर्थतन्त्रमा कस्तो परिवर्तन ल्यानउ सक्छ भन्ने आधारमा भ्रमणको मूल्याङ्कन हुन्छ । प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले प्रशंसा गरे भन्दैमा नेपालका समस्या समाधान भएको मान्न मिल्दैन । कूटनीतिमा प्रशंसा एउटा पक्ष हो । त्यसलाई व्यवहारिक उपलब्धीमा बदल्नु अर्को महत्वपूर्ण पर्छ हो ।
सीमा विवाद भारतले पन्छायो भन्दैमा नेपाल पनि पछि हट्ने होइन, निरन्तर संवाद र दबाब आवश्यक छ । सीमा विवाद सचिवस्तरीय संयन्त्रबाट समाधान गर्ने भनिएको छ तर बैठक कहिले बस्ने र कहिलेसम्म निष्कर्षमा पुग्ने भन्ने केही तय छैन । वर्षौसम्म बैठकै नबसी विषय थन्किनु हुँदैन । नेपाल–भारत सम्बन्धलाई तीन तहमा बुझ्नुपर्छ । जनस्तरको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र सामाजिक रुपमा आत्मिय छ । प्रशासनिक तह अलि असहज छ कूटनीतिक नोटको जवाफ नआउने, सहमति कार्यान्वयन नहुने र निर्णय अल्झिने समस्या लामो समयदेखि छ । राजनीतिक तहमा दृढ इच्छा शक्ति देखियो भने धेरै समस्या सुल्झन सक्छ ।
नेपालको आफ्नै आन्तरिक विवाद, कमजोरीलाई भारतले नजिकबाट निहालिरहेको छ । आन्तरिक एकता नहुँदा दोस्रो पक्षले फाइदा उठाइरहेको छ । परराष्ट्र नीति कुनै एउटा दल वा सरकारको विषय मात्र होइन । संसद, दल र सरकारबिच राष्ट्रिय सहमति बनाएपछि मात्र भारतसँग विश्वासिलो र प्रभावकारी संवाद सम्भव हुन्छ । भारतका लागि नेपाली राजदु्रतको भूमिका सहज छैन । राजद्रुतलाई हुलाकी जस्तो बनाइन्छ । नेपालले पठाएका कूटनीतिक नोटको जवाफ आउँदैन तर भारतलाई समस्या पर्दा तत्काल प्रतिक्रिया अपेक्षा गरिन्छ । यस्तो कूटनीतिक सम्बन्ध सच्चाएर दुवै देशको आत्मसम्मान बचाउनु पर्दछ । भारतले पनि दृढता होइन, उदारता छिमेकीमुलुक नेपालप्रति देखाउनुपर्छ ।