सायद २०३० साल हुनुपर्छ, एसएलसी परीक्षा दिएर खालि बसिरहेको थिएँ । त्यो बेला एसएलसी परीक्षा सकाएपछि रिजल्ट आउन करिब ८ महिना कुर्नु पथ्र्यो । त्यो खालि समय कसरी बिताउने सोच्दै गर्दा खाद्रे स्कुलमा प्रधानाध्यापकका रूपमा काम गर्ने मदन गौतमले स्कुलमा पढाउने प्रस्ताव गर्नुभयो । हेडसरले चाहेपछि प्राविसम्म पढाउन त्यो बेला एसएलसी पास गर्नु पर्ने थिएन । मैले एक सय रुपैयाँ मासिक तलवमा विद्यालयमा पढाउने निधो गरेँ । महिना म¥यो । त्यसपछि विद्यालयले मलाई पढाएबापत एक सय रुपैयाँ दियो । त्यो बेलाको एक सय रुपैयाको मूल्य अहिले कति हुन्थ्यो होला …। लेखिदिनु होला मेरो सबैभन्दा अविष्मरणीय खुसी खाद्रै स्कुलमा पाएका सय रुपैयाँ … ।
मैले त्यो पहिलो तलब बुवा मोहनप्रसाद शर्मालाई दिएँ तर बुवाले राख्नु भएन । पहिलो कमाइ हो, लुगासुगा किन भनेर मलाई नै फिर्ता दिनुभयो । त्यसपछि करिब आठ महिना मैले मासिक एक सय रुपैयाँमा खाद्रेमा पढाएँ । मदन सर मेरा खुसी हुन् । खाद्रे स्कुल मेरो खुसी हो । जसले मलाई काम गर्ने र कमाउने जग बसाइदिएको थियो । मैले अझै पनि त्यो सय रुपैयाँलाई झल्झल्ती सम्झन्छु । परिश्रमको कमाइ कति मिठो थियो । पछिल्ला सात महिनाको कमाइ त मैले खुरुखुरु घरमा लगेर बुझाएको थिएँ । आवश्यकता अनुसार घरखर्च हुन्थ्यो ।
त्यसो त मेरा खुसीका अविष्मरणीय क्षणहरू अनगिन्ति छन् । ठुलीआमाको बारीको फर्सी चोरेको दिन मलाई अझै पनि याद छ । कात्तिकको महिनाको एक दिन त्यस्तो दिन पथ्र्यो, जुन दिन चन्द्रमा हे¥यो भने अर्काको केही न केही चोर्नु पथ्र्यो । मैले चन्द्रमा लुकेर हेरिहालेँ । पछि साथीभाइले चन्द्रमा हेरेको देखे र चोर्नु पर्ने बाध्यता सुनाए । अन्ततः चोर्न जान आँट आएन । ठुलीआमाकै बारीमा गएर फर्सी चेरेँ र घरमा लगेर खाइयो तर केही दिन पछि थाहा भयो । त्यति ठुलो विवाद भने भएन । बाध्यताको चोरी थियो, त्यो । त्यसपछि मलाई कहिल्यै चोर्नु परेन । यो फर्सी चोरेको दिन पनि मेरो जीवनको अविष्मरणीय क्षण थियो ।
खुसीका पलहरू स्मरण गर्दै जाँदा उनले पानीमा डुबेपछि पुनर्जीवन पाएको घटना पनि स्मरण गरे । उमेर १३ वर्षको थियो होला । फुर्सद भएका दिन हामी साथीभाइहरू नजिकैको कुलामा नुहाउन जान्थ्यौँ । घर नजिकैको रावतगाउँले कुलामा भुलभुले रह थियो । म एक दिन त्यही रहमा डुवेँ तर साथीहरूले मलाई तत्काल रहबाट निकालेर शरीरमा पसेको पानी निकालिदिए र मलाई पुनर्जीवन दिए । डुबेर बाँचेको दिन मेरो अर्को अविष्मरणीय खुसी हो ।
त्यसो त हामी झन्डै भारतीय बजारमा वरालिने अवस्थामा पुगेका थियौँ । एक दिनको कुरा हो, हामी १० कक्षा पढ्दै थियौँ । गाउका एक जना दाइ भारतको बम्बईमा काम गर्नुहुन्थ्यो । उहाँ गाउँ आएका बेला हामीलाई बटुलेर भन्नुभयो, ‘बम्बई हिँड, म तिमीहरूलाई हिरो बनाइदिन्छु ।’ हामीले साच्चै बम्बई सपना देख्यौँ । तीन–चार जना साथी भागेर बम्बई जाने र फिल्ममा खेल्ने निधो ग¥यौँ अनि मैले पनि आमासँग सुटुक्क पैसा मागेँ । भारत जाने सुटुक्क सल्लाह गरेँ । आमाले परिवारका कसैलाई नभनिदिने सर्तमा म लगायतका साथीहरू भागेर वनारस पुग्यौँ । जहाँ बम्बईवाला दाइ हामीलाई लिन आउने सहमति भएको थियो तर हामी केही दिन त्यहाँ रहँदा पनि उहाँ आउनु भएन । संयोग त्यहाँ मेरा मामाका छोरा किशोर दाइ भेटिनुभयो ।
उहाँले हामीलाई काउन्सिलिङ गर्नुभयो र नेपाल फर्काउन सघाउनुभयो । सायद यसो नभइदिएको भए हामी भारतीय लाहुरे हुन्थ्यौँ होला अर्थात् हामीलाई परामर्श दिने किशोर दाइ मेरा खुसी हुनुहुन्छ । जसले मलाई यहाँसम्मको शिक्षा र पेसामा जागरुक हुने अवसर दिनुभयो । सायद उहाँ नभेटिएको भए हामी बम्बईको हिरो बन्ने सपनामा चुर्लुम्म डुबेर होटलमा भाँडा माझ्न बाध्य हुन्थ्यौँ । वनारस मेरो खुसी, जसले मलाई बम्बई जानबाट रोक्यो ।
माथि उल्लिखित खुसीका अविष्मरणीय क्षणहरू हुन्, अहिलेका मानव अधिकारकर्मी केशव कुमार शर्माका । २०१४ सालमा बिजौरीमा जन्मिएका शर्माको कर्मथलो पनि करिब करिब दाङ जिल्लामै सीमित रह्यो । त्यस बेलाको जनता प्राथमिक विद्यालय (हालको जनता संस्कृत मावि बिजौरी) कक्षा ५ सम्म अध्ययन गरेका शर्माले कक्षा ६ देखि पद्मोदय पब्लिक मावि घोराहीमा हाइस्कुल अध्ययन गरेर एसएलसी पनि सोही स्कुलबाट गरे । त्यसपछि आइए र एलएलबी घोराहीकै महेन्द्र बहुमुखी क्याम्पसबाट सकाए ।
अध्ययन सकाएसँगै शर्माले करिब १३ वर्ष राप्ती एकीकृत ग्रामीण विकास परियोजनामा योजना अनुगमन तथा मूल्याङ्कन अधिकृतको जिम्मेवारीमा काम गरे । त्यो बेलाको प्रशासनिक दख्खल अझै पनि उनमा देखिन्छ । परियोजना सकिएपछि उनी सामाजिक संघसंस्थामार्फत् सामाजिक अभियन्ताका रूपमा काम गर्न थाले । त्यसपछि २०५२ मा जागिर छोडेर गैरसरकारी संस्था परिवार कल्याण केन्द्रमा केही समय जोडिए । जुन संस्थाले महिलालाई कानुनी सशक्तीरण बनाउने काम गथ्र्यो । यो काम करिब दुइ वर्ष मात्र गरे ।
त्यसपछि शर्माको राजनीतिक यात्रा सुरु भयो । २०५४ सालमा बिजौरी गाविसको उपाध्यक्षमा एमालेबाट चुनाव लडेर प्रतिद्वन्द्वीलाई भारी मतले पराजित गरी निर्वाचित भए । उनलाई जनप्रतिनिधिको समेत अनुभव जुट्यो । त्यसपछि स्थानीय चुनावको ग्याप पनि उनको राजनीतिक यात्रामा ब्रेक लागेर अधिकार क्षेत्रमा काम गर्न थाले । २०६२ सालमा नेपाल पत्रकार महासंघ र बार एसोसिएसनसमेत गरी विभिन्न १५ वटा मानव अधिकार क्षेत्रमा काम गर्ने संस्थाहरूको छाता संस्था मानव अधिकार सन्जाल दाङको संयोजक बने । जुन पद अहिलेसम्म पनि उनकै काँधमा छ ।
२०७० सालतिर उपभोक्ता हित संरक्षण मञ्च नेपालको दाङ अध्यक्ष हुँदै केन्द्रीय सदस्य र दुई अवधि केन्द्रीय उपाध्यक्ष हुँदै हाल केन्द्रीय सल्लाहकार छन् । उनी यो पदीय जिम्मेवारीमा रहँदा जिल्लामा हुने विभिन्न बजार अनुगमन र उपभोक्ता अधिकारका सन्दर्भमा निरन्तर वकालत गर्दै आए । हाल पनि उनी मानव अधिकार क्षेत्रमै क्रियाशील छन् । विभिन्न अधिकारवादी संस्थामा उनी सल्लाहकारको भूमिकामा छन् ।
प्रस्तुति : खेमराज रिजाल