पर्यटन प्रवर्धनकालागि देवारण्य छिल्लीकोट महाअभियानःअभियन्ता रेग्मी [अन्तर्वार्ता]

पछिल्लो समय तीव्र रूपमाभइरहेको सडक पूर्वाधार निर्माणका क्रममा सयौँ वर्ष पुरानो चौतारी र चौतारीका प्राण मानिने वर, पिपल कटान हुँदावातावरणीय सन्तुलन, पारिस्थितिक प्रणाली तथा चराचुरुङ्गीको बासस्थानमागम्भीर असर परेको छ । धार्मिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिकोणले समेत अत्यधिकमहत््व राख्ने वर, पिपल र चौतारी संस्कृतिको संरक्षणका लागिअहिले देशैभर युवाहरूको सक्रियता बढेको छ । यसै सन्दर्भमा, दाङको प्रसिद्ध पर्यटकीय तथा ऐतिहासिक स्थल छिल्लीकोट क्षेत्रको धार्मिक महत्व, विकासका सम्भावना र भइरहेका संरक्षणका प्रयासबारे ‘देवारण्य महाअभियान’ का अध्यक्षतथायुवाअभियन्ता सागर रेग्मीसँग वरपिपल रोप्ने अभियानसँगै छिल्लीकोटको पर्यटकीय सम्भावनामा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।

—छिल्लीकोटमा वरपिपल रोप्ने अभियान सुरु गर्नुभएको थियो, हालसम्मकतिबिरुवा रोपिए ?

विकास निर्माणका क्रममा सयौँ वर्ष पुराना वर, पिपल विनाछानबिन काटिए । अझ दुःखको कुरा, घोराही–तुलसीपुर सडकखण्डका छेउमा रहेका ऐतिहासिक व, पिपलसमेत काटिए । ती केवल रूख मात्रथिएनन्, तीहाम्राइतिहास, पुर्खाहरूको चिनो र बटुवाका लागिशीतलताप्रदान गर्ने चौतारी तथा चराचुरुङ्गीका सुरक्षितबासस्थानथिए । यी रूखहरू काट्न अनुमतिदिने तालुकदार निकायले संरक्षणको पाटोमा पटक्कै ध्यानदिएको पाएनौँ ।
त्यसपछि हामीले पर्यावरण संरक्षणमा दुई दशकभन्दालामो समयदेखि सक्रियअभियन्तागोकर्ण पौडेल र म मिलेर यसको संरक्षणका लागि ठोस योजनाबनायौँ । योजनालाई साकार पार्न एउटा संस्थागतअभियान समिति गठन गरेर वडा कार्यालय र तुलसीपुर उपमहानगरपालिकामादर्ता गरु¥यौ साथै यसको पारदर्शिताकालागि बैंकमा छुट्टै खातासमेत खोल्यौँ । छिल्लीकोटको ऐतिहासिक, धार्मिक तथा पर्यावरणीय पहिचानलाई थप समृद्ध बनाउने उद्देश्यका साथहामीले ‘सुरु गरेका हौँ । यस अभियानअन्तर्गत हालसम्महामीले दुई सयभन्दा बढी बिरुवा रोपेर संरक्षण गरिसकेका छौँ । आगामी १० वर्षभित्र छिल्लीकोट क्षेत्रमा एक हजार आठ वटा वर, पिपल, समी र बेलकाबिरुवा रोप्ने तथातिनलाई हुर्काउने हाम्रो मुख्यलक्ष्य छ । यो अभियान केवलबिरुवा रोपेर फोटो खिच्ने र कार्यक्रम समापन गर्ने कर्मकाण्ड होइन् रोपिएका हरेक बिरुवालाई हुर्काएर भविष्यमाधार्मिक तथा पर्यावरणीय सम्पदाका रूपमाविकास गर्ने हाम्रो दृढ सङ्कल्पहो ।


—वरपिपललगायतका बिरुवा रोप्नुको मुख्य उद्देश्य के हो ?

हाम्रो यस अभियानका पछाडि मुख्यतयादुईवटा उद्देश्य रहेका छन् । धार्मिक तथा सांस्कृतिक संरक्षण पूर्वीय दर्शन र संस्कृतिमा वर, पिपल, समी र बेलको विशिष्ट स्थान छ । भागवतगीतामाभगवान् कृष्णले पिपललाई आफ्नै स्वरूप (अवतार) का रूपमा प्रस्तुत गर्नुभएको छ । पर्यावरणीय सन्तुलनस् पछिल्लो समय भौतिकपूर्वाधार निर्माणका नाममा पुराना रूखहरू मासिँदावातावरणीय सन्तुलनबिग्रिएको र परम्परागत चौतारी संस्कृति सङ्कटमा परेको छ । त्यसको क्षतिपूर्तिस्वरूपहामीले यो वृक्षरोपण अभियान अगाडि बढाएका हौँ । हाम्रो परिकल्पना छिल्लीकोटलाई भविष्यमा एउटा सुन्दर ‘देवारण्य’ अर्थात् देवताहरूको वनका रूपमाविकास गर्ने हो । त्यहाँधार्मिक वन, प्राकृतिकविश्रामस्थल, चौतारी, पुष्पवाटिका र जैविकविविधतायुक्त हरित क्षेत्र निर्माण गर्न चाहन्छौँ। हाम्रो मूल नारा नै छ– ‘जहाँ वरपिपल, त्यहाँशीतल, जहाँ चौतारी, त्यहाँ छहारी । यसका साथै, तीनै तहका सरकारलाई वर, पिपल र चौतारी संरक्षणका लागिप्रभावकारी नीतिगतव्यवस्था गर्न प्रेरित गर्नु पनिहाम्रो उद्देश्य हो ।


— यो अभियानमा को–को अभियन्ताहरू जोडिनुभएको छ ?

यो कुनै एक व्यक्तिको निजीवाएकलप्रयास होइन । छिल््लीकोटको ऐतिहासिकपहिचान, धार्मिक सम्पदा र प्राकृतिकवातावरणको रक्षा गर्न चाहने युवाहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी, व्यवसायी, शिक्षक, कर्मचारी तथा देश–विदेशमा रहनुभएकाशुभेच्छुकहरू यस अभियानमा जोडिनुभएको छ । नेपालका सातै प्रदेशका७७जिल्लाकाव्यक्तिहरूलाई जोड्ने लक्ष्य रहेको छ । हालसम्म कैलालीदेखि काठमाडौँसम्मकाविभिन्नव्यक्तिहरू यस अभियानमाप्रत्यक्ष, अप्रत्यक्ष रूपमा जोडिनुभएको छ । यसमा स्थानीयबासिन्दा, विभिन्न सामाजिकतथाधार्मिक व्यक्तित्वहरूको समेत महत्त्वपूर्ण योगदान रहेको छ । हामीले यसलाई व्यक्तिभन्दामाथि उठेर संस्थागत र सामूहिकअभियानका रूपमा अगाडि बढाएका छौँ । यो अभियानमातुलसीपुर उपमहानगरपालिका, वडा नं. १९ को कार्यालय, नगरप्रमुख टीकाराम खड्का र वडाध्यक्ष प्रेमनाथ योगीबाट विशेष सहयोग प्राप्तभएको छ । त्यस्तै, वडा नं. १९ का वडा सदस्य रामबहादुर पौडेलले पटक–पटक स्थलगत रूपमै पुगेर पुष्प, वर र पिपल रोपण कार्यमा सक्रिय सहभागिताजनाउनुभएको छ । छिल्लीकोटलाई माया गर्ने सम्पूर्ण महानुभावहरूलाई हामी यस अभियानमा जोडिन हार्दिक आह्वानगर्दछौँ ।

— छिल्लीकोट पर्यटकीय गन्तव्यका रूपमा फस्टाउन नसक्नुको मुख्य कारण पूर्वाधारको कमीहो वाप्रचारप्रसारको कमी ?

मेरो विचारमायीदुवै समस्या छन् तर सबैभन्दा ठूलो समस्याभनेको उपलब्ध सम्भावनाअनुसार पूर्वाधार निर्माण र त्यसको व्यवस्थित सञ्चालननहुनु हो । छिल्लीकोटमा पर्यटकलाई लोभ्याउने पर्याप्त प्राकृतिक, ऐतिहासिक र धार्मिक सम्पदाहरू छन्, तर पर्यटकहरू पुगेपछि त्यहाँ बस्ने, खाने, घुम्ने र मनोरन्जन लिने व्यवस्थितवातावरण अझै तयार भइसकेको छैन । सडकको अवस्थामा केही सुधार आएपनिउद्योग र पर्यटन मार्ग एउटै हुँदात्यहाँपुग्ने पर्यटकलाई कठिनाइ हुने गरेको छ । पर्यटन मार्गअन्तर्गत बिजौरी–स्थानगाउँ–खरखरे–स्यालापानीहुँदै छिल्लीकोट पुग्ने सडकको करिब ५.५ किलोमिटर कालोपत्रे भएपनिकरिब चार किलोमिटर सडक अझै कच्ची छ ।
त्यस्तै, दुधरास–सक्रमहुँदै छिल््लीकोट पुग्ने औद्योगिकमार्गमा दैनिक सयौँ टिपर गुड्ने भएकाले सर्वसाधारण र पर्यटकलाई आवतजावतमा ठूलो समस्या छ । तसर्थ, पर्यटन मार्गलाई पूर्ण रूपमाकालोपत्रे गरी दीर्घकालीन समाधानखोज्न तीनै तहका सरकार गम्भीर बन्नुपर्छ ।

— पर्यटकहरूले छिल्लीकोट किन घुम्ने ?यहाँको धार्मिक, ऐतिहासिक र पर्यावरणीय महत्व के छ ?

छिल्लीकोट भनेको केवल एउटा साधारण पहाड वामन्दिर हेर्न जाने ठाउँ मात्रहोइनस यो त इतिहास, धर्म, संस्कृति, प्रकृति र साहसिक पर्यटनको अनुपम सङ्गमहो । ऐतिहासिकमहत्वको यो क्षेत्र मध्यकालीनचल्लवंशीय राज्यसत्तासँग जोडिएको ऐतिहासिकभूमिहो, जहाँ १२ जना राजाहरूले शासन गरेको इतिहास पाइन्छ । मेघनाथ शाहलगायतका राजाहरूसँग जोडिएको दरबार क्षेत्र, राजा–रानी बस्ने स्थान, रानी पधेरो, टुँडिखेल, इन्द्रचोक, असनतथा पुराना इँटा र झिँगटीका भग्नावशेषले यहाँको गौरवशालीइतिहास झल्काउँछन् तर, दुर्भाग्यवश अझै पनि दरबार क्षेत्रको वैज्ञानिक पुरातात्विकउत्खनन् हुन सकेको छैन । धार्मिक महत्वयहाँस्थितकालिका–मालिकामन्दिर अत्यन्तै पवित्र मानिन्छ । श्रीस्वस्थानीव्रतकथामा वर्णित मल््लागिरि पर्वत र सतीदेवीको दाहिने कुमपतनभएको धार्मिक जनविश्वाससँग यस क्षेत्रलाई जोडिन्छ ।
यसबाहेक मादले गुफा, चमेरे गुफा, पार्वतीगुफा र गणेशस्थान जस्ता प्राकृतिक सम्पदा छन् । छिल्लीकोटे राजाको हिउँदकालीन राजधानी बाँसगढीको ऐतिहासिकमहत्वतथा २५१ किलोग्रामको विशालशालिग्रामले यस क्षेत्रको धार्मिक गरिमालाई अझ उचाइमा पु¥याएको छ । पर्यावरणीय महत्वस् यहाँको सबैभन्दाअनौठो र विशिष्ट पहिचानभनेको ‘मालागेडी’ (सुगन्धकोकिला) हो । असोज–कात्तिकको समयमायसको फलपाक्दा सिङ्गो छिल्लीकोट सुगन्धितहुन्छ । यसको फल, बोक्रा र काठबाट प्राप्तहुने सुगन्धित तेल अत्तर, साबुन, स्याम्पु र धूपजस्ता सामग्रीउत्पादनमाप्रयोग गर्न सकिन्छ । यसलाई व्यावसायिकउत्पादनसँग जोड्न सके स्थानीय अर्थतन्त्रमा ठूलो टेवापुग्नेछ । यसबाहेक यहाँबाट दाङ उपत्यकाको मनमोहक दृश्य र मौसम खुलेका बेला सिस्ने तथाधौलागिरि हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

— छिल्लीकोटलाई उत्कृष्ट पर्यटकीय गन्तव्यबनाउनकसले कस्तो भूमिकानिर्वाह गर्नुपर्छ ?

छिल्लीकोटको सर्वाङ्गीण विकासकालागि स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार, पर्यटन व्यवसायी, निजी क्षेत्र र स्थानीय समुदाय सबैको समानजिम्मेवारी हुन्छ । तर, यसमा सबैभन्दा बढी स्थानीयबासिन्दा र सरोकारवालाहरूको सक्रियताको खाँचो हुन्छ । यति ठूलो सम्भावनाबोकेको क्षेत्रले यतिकावर्षसम्म पनि अपेक्षित गति लिननसक्नुमानीतिगतप्राथमिकता, दीर्घकालीन योजना, पर्याप्त बजेट विनियोजन र त्यसको कसिलो कार्यान्वयनको अभावमुख्य कारण हो । यहाँ हरेक वर्ष छिल्लीकोटको विकासबारे चर्चा त हुन्छ, तर एकीकृत गुरुयोजनाबनाएर कार्यान्वयन गर्ने काम सुस्त छ ।

हामीले एक–अर्कालाई दोषारोपण गर्नुभन्दापनि सबै तहका सरकारलाई एउटै विकासको सूत्रमा बाँध्नुपर्छ । छिल्लीकोटलाई दाङ जिल्लाको मात्रनभई लुम्बिनीप्रदेशकै एक विशिष्ट पर्यटकीय गन्तव्यबनाउनबलियो राजनीतिक र प्रशासनिक इच्छाशक्तिको आवश्यकता छ । हाम्रो अभियानले सरकारलाई निरन्तर सकारात्मकदबाबदिँदै जनसहभागितामाआधारित संरक्षणका कामहरू गर्दै आएको छ । स्थानीय र प्रदेश सरकारले यस क्षेत्रकालागि बजेट विनियोजन गरे पनित्यसको आकार निकै सानो छ र काम गर्ने गति पनि सुस्त छ । विडम्बना, सङ्घीय सरकार त अहिलेसम्म यस ऐतिहासिक गढीको संरक्षणमा पुग्नै सकेको छैन । यो ऐतिहासिक धरोहरको संरक्षण गर्नु सङ्घीय सरकारको पनिदायित्वहो, तर केन्द्र सरकार यस्ता महत्वपूर्ण क्षेत्रबाट विमुख रहेको देखिन्छ ।

— साँच्चै छिल्लीकोटमा रात बिताएर मनोरञ्जन लिने उपयुक्तपूर्वाधारहरू निर्माण भएका छन् ?

इमानदारीपूर्वक भन्नुपर्दा, वर्तमानअवस्थामा छिल्लीकोटमा पर्यटकले चाहेजस्तो एक रात बिताएर विविधमनोरञ्जन लिन सक्ने पर्याप्त भौतिकपूर्वाधारहरू पूर्ण रूपमातयार भइसकेका छैनन् । यहाँ पर्यटकहरूलाई दिउँसो घुम्ने र दृश्यावलोकन गर्ने राम्रो सम्भावनाभएपनि रात बिताउन प्रेरित गर्ने व्यवस्थितहोटल, होमस्टे, रात्रिकालीनमनोरञ्जन, सांस्कृतिककार्यक्रम र पर्यटकमैत्री सेवाहरूको अझै विस्तार गर्न बाँकी छ । हाम्रो दूरगामी परिकल्पनाभनेको छिल्लीकोट पुग्ने पर्यटकले कालिका–मालिकामन्दिरको दर्शन गर्ने, ऐतिहासिक दरबार क्षेत्र घुम्ने, मालागेडीको सुगन्ध महसुस गर्ने, देवारण्य क्षेत्रमाविश्राम गर्ने, जिपलाइनतथा प्याराग्लाइडिङको आनन्दलिने र साँझको समयमा स्थानीयमौलिक संस्कृतितथाखानपानको स्वादलिँदै एक रात ढुक्कले बिताउने वातावरण बनाउनु हो ।

यसकालागि स्थानीय स्तरमापाइने सिस्नोको झोल, कोदोको ढिँडो, सिमीको दाल, टिमुरको छोपलगायतका अर्गानिक परिकारहरूलाई होमस्टे र होटलको मेनुसँग जोड्नुपर्छ । पिउने पानी, व्यवस्थितशौचालय, सुरक्षितपदमार्ग र बास बस्ने आवासको भरपर्दो प्रबन्ध गर्नुपर्ने देखिन्छ । लुम्बिनीप्रदेशकै पर्यटन सर्किटसँग जोडिनुपर्छ । यसमाभारतीय पर्यटकलाई आकर्षण गर्नका लागि कोइलावास हुँदै धारापानीको पाण्डवेश्वर मन्दिर, अम्बिकेश्वरी मन्दिर, चखौरा, छिल्लीकोट, होलेरी हुँदै स्वर्गद्घारीबाट लुम्बिनी लैजाने विशेष प्याकेज कार्यक्रमलिएर जानुपर्छ भन्ने ध्येय पनिहाम्रो छ । यसमालुम्बिनीप्रदेश सरकारले विशेष ध्याय दिनुपर्छ । यसमा रोल्पाको जलजला जोड्न सके अझ सुनमा सुगन्धहुने थियो ।