नारायणप्रसाद श्रेष्ठ
सरल र सकारात्मक सोच र चिन्तनका साथ अघि बढ्ने सङ्कल्प अङ्गालेको जीवनशैलीले मानवजीवनको चेतनालाई सकारात्मक सोच वृध्दीगर्दै, जीवनलाई सम्वृद्धि उन्मुख गराइरहेको हुन्छ । साथै समृद्धबाट नै सुख र ऐश्वर्यको महसुस गराउँदै जीवन र जगतले खोजेको सत्य उजागर हुँदै जीवनको पहिलो अध्याय सुरु भएको हुन्छ । यही सरल जीवनबाट नै मानवआत्माले आनन्दको महसुस गर्ने परिस्थितिको निर्माण गर्न पुगेको हुन्छ । मानवआत्मा, प्रेमको स्वरुपहो । यो अधिकारबाट होइन, कर्म र व्यवहारबाट प्राप्त प्रतिफलवाट परिपोषित भएको हुन्छ । देखिने शरीर जड तत्वहो । जडतत्व केवल सत्यले स्वीकारेको आवरण मात्रहो ।
यसले गर्ने सबै क्रियाकलापहरु अदृश्य शक्ति परमपिता परमात्माबाट परिचालितभएको हुन्छ । मानिसले चाहेर पनि यसबाट बञ्चितहुन सक्दैन । उसको इच्छा बमोजिमबाहेक मानवजीवनले अरु प्राप्ति गर्न असमर्थ हुन्छ । कारण उसको प्रत्येक कर्म र फललाई परिपोषित गर्ने, संरक्षणकर्ता भने कै ईश्वरीय चाहानाहो यो उसैबाट मात्र परिचालनभएको हुन्छ । जो दृश्य भएर पनिअदृश्य भई जीवनको प्रत्येक क्षणमा आइरहेको हुन्छ । मानिसले यो आँखाले देख्न नसके पनिव्यवहारले श्रवण गरिरहेको हुन्छ । यो मानव सोच र चिन्तनले बुझ्न सक्नु पर्दछ । कतिपयअवस्थामामानिसले आफूले निर्वाह गरेको कर्मको फल देख्न र महसुस गर्न सक्दछ, तर अन्तर मनको गहिराईभित्रप्राप्तहुने जुनअनुभूति हुन्छ, त्यो केवल महसुस गर्ने मात्र हुन्छ ।
तसर्थ परिस्थितिले ल्याउने परिवर्तनलार्ई आत्मसात गरी जीवनलार्ई गतिशिलबनाउने सिलसिलामावानिर्वाह गरिने क्रममा, धैर्य र सहनशीलभई अन्तरआत्माको सत्यलार्ई परिचान गरी आफूलाई परिचालन गर्न सक्नु पर्छ । यो नै बुद्धिमानी हुन्छ । यसको लागिप्रत्येकले आफूले गर्न सक्ने क्षमताको पहिचान गरी आफूलाई परिचालन गर्ने गर्नुपर्दछ । अपराधबोध नहुने गरी आचरण र व्यवहार गरिरहनुपर्दछ, साथै जीवनशैलीभित्रप्राप्तहुने स्वाभाविकगतिविधिलार्ई सकारात्मकचिन्तनका साथ परिचालन गर्नुपर्दछ । यसकालागिमानसिक रूपले म र मेरो परिवेश उनी परमपिता परमात्माको रचनाबाट परिचालित छ र मेरो आत्माबाट उजागर हुने जे जतिकर्महरु र व्यवहारहरु छन् यी सवै उनैको इशारामाभइरहेको छ भन्ने मानसिकताजगाई सरल जीवनउच्चविचार अङ्गीकार गरी आफूलाई सुकर्मतर्फ अगाडि बढाउनुपर्दछ ।
हुन त केहीभौतिकवादीचिन्तक र आशक्तिभित्र परिपोषित आत्मतत्वले मानवको परिचालन परमात्माबाट गरिने हो भने समाजमाकिन अपराधको अवस्थासिर्जना हुन्छ ?भने प्रश्न गरेको पनि पाइन्छ । उनीहरुको सोचमाभगवानभए त अपराधजन्यकार्य नहुनु पर्ने थियो ?भन्ने भनाइपनि रहेको हुन्छ तर यथार्थ त्यस्तो होइन । जसले जस्तो कर्म गर्छ त्यहीकर्मको प्रतिफलउसको व्यवहार र परिवेशमाआएको हुन्छ । ईश्वर केवलइशारा गर्नुहुन्छ मनमा रहेका भ्रान्तिलार्ई हटाई अगाडि बढ्न उत्प्रेरित गर्नुहुन्छ तर त्यो कुरा हामीले बुझ्न सक्नुपर्छ । प्रेम नै ईश्वर हो । ईश्वर नै प्रेम हो । भनीबुझ्ने हो भने के प्रेमले मानवमनलार्ई अपराधतर्फ आकर्षित गरेको हुन्छ र ? फेरि केहीव्यक्तिविशेषले ईश्वरबाट नै परिचालित हुन्छ भने दुःख, सुख, कष्ट, मोह, माया, राग, द्वेष, घमण्ड किन हुन्छ त ? यस्ता प्रश्नपनि उठाउन सक्छन् ।
आशक्ति र मोहले उत्प्रेरित मानिसको मन बुद्धि र विवेकमा यस्तो किसिमको विचार आउनु अस्वाभाविक पनिहोइन । किनकिआसक्तिले गर्ने कामै यस्तै हुन्छ । यो कुरा पनिप्रश्न उठ्न सक्छ । वास्तवमा यो मानसिकविचलनल्याउने परिस्थितिमात्रहुन् । यस्तो उदाहरण दिएर मानिस लार्ई दिगभ्रमित गराइएको पनि पाइन्छ । यसो भन्नु र कल्पना गर्नु पनि नराम्रो कसरी भन्ने भन्न सकिने परिस्थितिनहोलाभन्न सकिन्न ?
यदि यसरी नै दृष्टि र सोच, भाव र विचारमा, गलतभावल्याउने हो भने यस्तो हुनपनि सक्छ । हिजो गरेको कर्मको फल को परिणामले भोलिपल्टदेखि नै देखिने अवस्थानआउलाभन्न सकिन्न?त्यसको यथार्थ परिस्थितिनबुझेर अल्पज्ञानी बनीविभिन्न नराम्राभावजागृत गर्ने हो भने विचारमाविविधता न आउलाभन्नपनिनसकिएला?वास्तविक कुरामायदिहामीले गहिरेर अध्ययननगर्ने हो भने आशक्तिबाट परिपोसितमनमा नराम्रो सोच आउनपनि सक्छ । साथै प्रेमको परिभाषा, प्रेम र प्रेमबाट उत्पन्नहुने भावले विभिन्न अर्थ लगाएको पनि प्रष्ट देख्न सकिन्छ होला तर सत्यको धरातलमायदि यस्तै हुँदै जाने हो भने यसले कस्तो प्रभावजमाउला ?
यो गम्भीर भएर चिन्तन गर्न जरुरी हुन्छ । तसर्थ गिलो माटोझै रहेको मानिसको सोच चिन्तनलार्ई ज्ञान मार्गको सदाचारी प्रवृत्तिले मलजल गरी यथार्थ सत्यको धरातलमाआफूलार्ई उभ्याउन सक्नुपर्दछ । मानवजीवनमाआउने जतिपनि सोच चिन्तनहरु छन् त्यो वास्तवमाअरुको सेवा र सद्भावको लागि परिपोषित हुनुपर्छ भन्ने मान्यतामाआधारित जीवनशैलीहुनु पर्दछ । जहाँउत्तम संस्कार र विचार हुन्छ त्यहाँधिरता र सहनशीलता बढ्न सक्छ । यहीमान्यतालार्ई तन, मन, कर्म र व्यवहारमा परिस्कृत गर्दै सरल जीवन र उच्चविचारका साथआफूलार्ई प्रस्तुत गर्न सक्ने क्षमता बढाउनु पर्दछ । यही नै मानवअन्तरमनको सत्यको भावबुझ्ने सरल माध्यमहो ।
आत्मा, परमपिता परमात्माले मानव शरीरको माध्यमबाट कर्म गर्न सिर्जना गरेको आनन्दको स्वरुपहो । आत्माले जसरी आफूलार्ई प्रदर्शन गर्ने क्षमता देखाउनथाल्द्छ, त्यसबेलादेखि नै सबै इन्द्रियहरु आआफ्नो आचरण अनुकुल सकारात्मकअवस्थाअनुकुल परिचालन गर्ने अवस्थाजागृत हुँदै जान्छन । त्यसैले जुनतत्वले मानिसलार्ई आत्मसन्तुष्टिको अनुभूति गराउँछ । बुद्धि र विवेकको माध्यमबाट इन्द्रियहरुलार्ई व्यवहारमाउतार्न सक्छ । त्यसलार्ई बुझ्न जरुरी हुन्छ । किनकिआत्मा स्वरुपजीव, शाश्वत र अविनाशी छ । जीवको न त आदि न त अन्त्य नै हुन्छ । यो त शाश्वत सत्यभित्र परिचालनभइरहेको हुन्छ । यो न त कहिले समाप्त नै हुन्छ । यही विश्वासको आधारमाजव परिस्थितिलाई आफू अनुकूल सकारात्मकभावजागृत हुने कर्मतर्फ अगाडि बढाउने सङ्कल्प हुन्छ, तब त्यहाँविश्वासको आधारहरु बलियो भएर आउँछ । इन्द्रिय सुख होइन, सेवाभावमाजागृत हुनु जीवनले खोजेको यथार्थ हो ।
हुन त आशक्ति र मोहले स्वार्थरहितबनाएको हुँदैन भन्ने भनाइपनि हुन्छ तर एउटा सत्य कहिले बिर्सनु हुँदैन । जीवनविश्वासको आधारमागतिशिलहुँदै आएको हुन्छ । सेवा र समर्पणमा आधारित सकारात्मकचिन्तनका साथ अगाडि बढ्ने सङ्कल्पलिएर आएको हुन्छ । यो सत्य कहिले बिर्सन हुँदैन । कल्पनाभित्र रमाउने र कल्पनाभित्रै विविध सोचाइ राख्ने प्रवृत्तिवास्तवमागलतमार्ग हो । वर्तमान समयको परिवेशलार्ई हेर्ने हो भने अहिले मानवीय सोच, चिन्तन केवल स्वार्थपरक व्यवहारमा परिपोषित भएको देखिन्छ तर समयको परिवर्तनसँगै मानव चेतनामाआएको शारीरिक र मानसिक परिवर्तनले उसलार्ई विवेकशीलबन्न कर लाग्छ भन्ने सत्यलार्ई पनिकदापिभुल्नहुँदैन ।
जीवनले जुनगतिमाआफूलाई विवेकशीलबनाउँदै निश्चित सिद्धान्त र मान्यतामा परिचालन गर्न उद्धत हुन्छ । त्यस्ता सामाजिकविविधता र भेदको र आचरणलाई ल्याउने परिवर्तनबाट सिर्जना हुने विकृतिलार्ई सावधानीपूर्वक हटाउने मनस्थिति केवल सत्य मार्ग हो । यो कुरा कहिलै बिर्सनु हुँदैन । जीवनलार्ई सफलताउन्मुखबनाउनु छ भने सदावहार जीवनमाअपनाउनु पर्ने सकारात्मकभाव र तत्वलार्ई ग्रहण गर्दै सदाचारी सदा खुसी सदाचारी सदा सन्तुष्टि यो मान्यतालार्ई सिरोधार्य गरेर सद्भाव र आपसीविश्वास बढाउनुपर्दछ । यहीविश्वास र भरोसाले मानवजीवनमा अनेक परिवर्तन गराउँदै सेवा नै धर्म हो ।
सेवा नै कर्म हो । भन्ने मानसिकताजागृत गराउन पुग्दछ । मानिसको अन्तर मनभित्रको निस्वार्थ रुपले सेवा गर्ने सोचको समृद्धि हुन पुग्दछ । तसर्थ आत्माको सुन्दरतालार्ई पहिचान गर्ने जीवनशैलीमाआधारित कर्म र व्यवहार गर्दै प्रत्येकले आफूभित्रउत्पन्नहुने गलतमानसिकतालार्ई हटाउन आफै संयम र धैर्यशीलपनिआत्मविश्वासका साथ सकारात्मकचिन्तन गर्नुपर्दछ । यही सफलताभित्र नै आत्माको सुन्दरतापहिचानभएको हुन्छ । चेतनाभया ।