मेरो खुशी : सल्यान कपुरकोटमा कला प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध पार्दा…

जीवनमा खुसीका क्षण सबैका आ–आफ्नै हुन्छन् । कसैका लागि ठुलो सफलता खुसीको कारण बन्छ भने कसैका लागि सानो उपलब्धिले पनि जीवनभर ऊर्जा दिइरहन्छ । नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका टिका सानुको जीवन सङ्घर्षले भरिए पनि साङ्गीतिक सफलता, दर्शकको अपार माया र सामाजिक कार्यले उनलाई थुप्रै खुसीका पल दिएका छन् । दाङको तुलसीपुरमा जन्मिएर काठमाडौँमा स्थापित भएकी टिकाले आफ्नो कलामार्फत् लाखौँ स्रोताको मन जितेकी छिन् ।

राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा सधै मन्द मुस्कानसहित खुसीका साथ आफ्नो कला प्रस्तुत गर्ने टिकाले ती सबैमध्ये बाल्यकालका कुराहरू सम्झँदै पहिलो पटक २०६७ सालमा सल्यानको कपुरकोटमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो बेजोड प्रस्तुतिले उपस्थित सम्पूर्ण दर्शक तथा अतिथिहरूलाई मन्त्र मुग्ध बनाएको दिनजी वनको पहिलो खुसी प्राप्त भएको सम्झिन्छिन ।

‘कसैलाई त्यही सामान बिक्री गर्न पाउँदा खुसी लाग्छ कसैलाई त्यहीकिन्दा खुसीका आफ्नै प्रकृति हुन्छन् मेरो खुसी कपुरकोटको गाउँवेसी एफएफमले राखेको दोहोरी गीतप्रतियोगितामा मैले प्रस्तुत गरिएको कलाले दर्शकदीर्घाबाट निकै प्रशंसा बटुल्न सफलभयो यो मेरो लागि पहिलो खुसीहो मुस्कुराउँदै उनले आफ्नो पहिलो खुसी त्यही भएको सुनाइन् । ‘मैले पहिले पनिअलि–अलिगीतगाउँथे ४७ वटा टिम सहभागी रहेको त्यो कार्यक्रममा मैले ‘कपुरकोटको आँगनमा कलाको जादु ! दर्शकको मुस्कान र तालीले मनै फुरुङ्ग भयो । मेरो नाम टिका सानु र मेरो करियर पनि त्यहीबाट सुरु भयो’ उनले भनिन् । उनले लोकदोहरीमा फर्काएको टुकाले सबैलाई कलाको जादु जस्तो बनाएको उनी बताउँछिन् ।

त्यहाँ प्रतियोगिता नजिते पनि सबैको मन र आफ्नो कलादम्दार रूपमा प्रस्तुति गरेको भन्दै उनले खुसी व्यक्त गरिन् । जब कला र संस्कृतिले सबैको मन छुन्छ, तब सिर्जना सार्थक हुन्छ भने जस्तै टिका सानुको त्यसपछि बाल्यकाल सामान्य ग्रामीण परिवेश बिताउँदै २०७४ सालमा काठमाडौँ पुगिन् । सामान्य ग्रामीण परिवेशमा बाल्यकाल बिताएकी टिका वि.सं. २०७४ सालमा काठमाडौँ प्रवेश गरिन् । काठमाडौँमा सङ्घर्ष गर्न थालेको एक वर्षमै अर्थात् २०७५ सालमा धादिङ समाज जापानको निमन्त्रणामा उनले पहिलो विदेश यात्रा गर्ने अवसर पाइन् । हालसम्म १८ वटा विभिन्न देशमा पुगेर नेपालको प्रतिनिधित्व गर्दै आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् ।

विदेशमा नेपालीहरूले देखाउने आत्मीयता उनलाई सपना जस्तै लाग्छ । उनी भन्छिन्, ‘म एक सुटकेस लिएर विदेश जान्छु, तर फर्किँदा दर्शकको माया र उपहारले तीनवटा सुर्केेस भरिन्छन् । विदेशमा मैले पाएको स्वागत र सम्मान मेरा लागि ठुलो खुसीहो ।’अन्यकतिपयकलाकारहरू विदेश पुगेपछि उतै पलायनहुने गरे पनि टिकाको मनमात्यस्तो सोच कहिल्यै आएन ।

बेलायतमा सबैभन्दा लामो समय (२ महिना १४ दिन) बसेकी उनी कार्यक्रम सकिने बित्तिकै नेपाल फर्किहाल्छिन् । ‘मलाई आफ्नै आमाबुवा, साथीभाइ र यही गाउँघरको पाखापखेरामा घुम्न पाउँदा असीम आनन्द मिल्छ,’ उनी भन्छिन् । आफ्नो सफलताको श्रेय उनी आमाबुवाको आशीर्वादसँगै अग्रजहरू खिम विश्वकर्मा र डिल्ली पुनको साथ र प्रेरणालाई दिन्छिन् । टिका सानु केवल एक सफल गायिका मात्र होइनन्, एक मनकारी समाजसेवी पनि हुन् । उनले दुःखी, गरिब र असहायहरूको सेवामा आफूलाई समर्पित गर्दै आएकी छिन् । विशेषगरी, उनकै नेतृत्वमा दाङ तथा अन्य क्षेत्रमा घरविहीन भएका ६ वटा विपन्न परिवारका लागि पक्की आवास निर्माण गरिएको छ ।

आफूले बनाइदिएको घरमा ती परिवारहरू हाँसीखुसी बसेको देख्दा उनलाई आत्म सन्तुष्टि मिल्छ । ‘उहाँहरूले मलाई भेट्दा भगवान् नै आएको जस्तो मान्नुहुन्छ । सबैको साथ र सहयोगले धेरैलाई ओत लाग्ने छानो दिन पाउँदा मलाई निकै खुसी लाग्छ, टिकाले भावुकहुँदै बताइन् ।’ आफूसँग जे छ त्यसैमा रमाउन सक्नु नै वास्तविक खुसी भएको मान्ने गायिका टिका सानु, आगामी दिनमा पनि आफ्नो परिवारसँग नेपालमै रमाउँदै गीतसंगीत र समाज सेवामार्फत् सबैको मुहारमा खुसी छरिरहन चाहन्छिन् ।

प्रस्तुती : बालाराम खड्का