युवराज शर्मा
कोभिड–१९ लाई कोरोना भाइरस भनेको सुन्छाँै । त्यसलाई दैख्न सकेका छैनौँ । सुनिन्छ त्यो एउटा खतर्नाक रोग हो । जसलाई महामारी कोरोना भन्छन् । यसलाई धपाउने प्रहरी सेवा मात्र हो र ? जसले विश्वका धनी राष्ट्रहरु र गरिब राष्ट्रहरुमा रोगको महामारी अवस्था देखाएको छ । यस रोगको औषधि भएमा डाक्टरहरुले पर्चा लैख्थे र औषधि व्यापारीहरुले मनपरी मूल्यमा बेच्थे । औषधि उत्पादकहरुले तँछाडमछाड गर्दै औषधिलाई बजार पु¥याउँथे । माग बढ्दै गएमा मूल्य बढाउँथे । तर यो रोगको लागि औषधि यद्यपि पत्ता लगाउन वैज्ञानिक डाक्टरहरुले सकेका छैनन् । तापनि उनीहरुले प्रयास गरिरहेका छन् ।
हुन त यो रोगको उत्पत्ति चीनको वुहान सहरबाट भयो । त्यहाँ समुद्री जनावरहरुको मासुबाट निस्कने ग्यासका कारणले गर्दा रुघाखोकी नागरिकमा भयो । त्यसको प्रभावले डाक्टर लिगेन लियाङ विरामी भए । उनले आफ्नो स्वासको परीक्षण गरे । त्यसबाट देखिएको नयाँ प्रकृतिको भाइरस भने र त्यस भाइरसको नाम कोभिड–१९ राखेका थिए । वास्तवमा रुघाखोकीको पनि भाइरसबाट हुन्छ । त्यसको औषधि छैन । तर डाक्टरहरुले एन्टीवायोटिक औषधिहरु प्रयोग गर्छन् । जो स्वास्थ्यका लागि हानिकारक हुन्छ । कोभिड–१९ को भाइरसमा न्यूक्लेक्स हुन्छ । अदृश्य हावा हुन्छ । जो एक मान्छेबाट धेरै मान्छेमा सर्छ । यसको बचाउका लागि लकडाउन, क्वारेन्टाइन र आइसोलेशन प्रविधिहरु महत्वपूर्ण मानिएका छन् । जसलाई चिनियाहरुले प्रयोग गरेर रोग नियन्त्रण गर्न सकेका छन् । यी प्रवविधहरुलाई चिनिया प्रविधि भनिन्छ ।
कोरोना रोग नियन्त्रणका लागि नागरिकमा चेतना जगाउनु पर्छ । स्वासप्रश्वास जाँच्ने उपकरणहरु स्थानीय तहका वडा–वडामा व्यवस्था गर्नुपर्छ । ती उपकरणहरु पूयोग गरेर रोग पत्ता लगाउने स्वास्थ्यकर्मीहरुको व्यवस्था गर्नु पर्छ । काम गर्ने वातावरण र स्वास्थ्यकर्मीहरुले प्रयोग गर्दा लगाउने लुगाफाटोको व्यवस्था हुनुपर्छ । पर्याप्त उपकरणहरुको व्यवस्था गर्नुपर्छ । तब मात्र लकडाउनको महत्व हुन्छ । गृहमन्त्रालयका पहुँचका मन्छेलाई पासको व्यवस्था गेर सडकमा प्रहरीहरुलाई खटाउनु र यातायातका साधनहरु रोक्न लगाउनु रोग नियन्त्रणका लागि लकडाउनको महत्व भएन, रहेन पनि । के पैदल यात्रुहरुका लागि प्रहरीहरु परिचालन भएका छन् ? नागरिकको प्रश्न उठिरहेको छ ।
स्वास्थ्य संस्थाहरुमा उपकरणहरुको अभाव बढ्दै छ भने स्वास्थयकर्मीहरुको अभाव पनि देखिन्छ । यस्तो अवस्थामा सत्ताधारीहरुले कुर्सीको लडाई गर्नु नागरिकको हितमा जिम्मेवार बन्न नसकेको देखिन्छ । सडकहरुमा प्रहरीहरुको उपस्थिति गराएर लकडाउनले रोग नियन्त्रण गर्छौं भन्नु हाँस्यास्प्रद अवस्था बनेको छ । यसमा संवेदनशील बन्न जरुरी छ । प्रहरीहरुको सुरक्षामा पनि ध्यान दिनु पर्छ ।
लकडाउनमा प्रहरीहरुलाई सडकमा उतारिएको छ । उनीहरुसँग एउटा हातमा सिट्टी र अर्को हातमा लाठी छ । तर उनीहरुका लागि सुरक्षा सामग्रीहरु उपलब्ध छैनन् । आफ्नै पोशाकमा बुट बजार्दै चल्छन् । दिनभरमा लाग्ने प्यास बुझाउने साथमा पानी छैन । शौच गर्ने ठाउँ छैन । कोरानो रागीहरुलाई गाडीमा राखेर अस्पतालसम्म पु¥याउँदा प्रयोग गर्ने सामग्रीहरु छैनन् । तैपनि काम गरेकै छन्, आदेशको पालना गरेकै छन् । लकडाउनको चेतना गाउँ–गाउँमा पु¥याउनु दलहरुका कार्यकर्ताहरुको कर्तव्य हो भने जनप्रतिनिधिहरुको दायित्व पनि हो । तर सहरबजारका मानिसहरुलाई कोरोना रोग के हो ? विषयमा ज्ञान छैन भने गाउँलेहरुले कसरी बुझ्ने ? अन्यौलमा नागरिक छन् । ज्ञानका लागि गाउँहरु अन्धकार छन् ।
विगत चैत २५ गते म अस्पताल ब्लड प्रेसर जँचाउन, तौल लिन जाने क्रममा दाङ घोराहीको सब्जीमण्डी पुगेको थिएँ । एकवजना असई दर्जाका प्रहरलिे मलाई रोकेर सोधे – कहाँ जाने बाजे ? मैले सहजै उत्तर फर्काएँ, अस्पताल जाने हुँ । म सुगरको रोगी हुँ । ब्लड प्रेसर जँचाउन, चौल लिन र औषधि ल्याउन जाँदै छु । उनले आक्रोश पोख्दै भने – घरका अरु मान्छेलाई पठाउने, फर्क–फर्क जहाँबाट अएको होस् त्यहीँ जा । उनको भनाई सुनेर मैले शिष्ट भाषामा भने – ब्लड प्रेसर जँचाउन र तौल लिन अरुबाट हुँदैन । यसै समयमा हाम्रो दुवै बीचको कुराकानी सुनेर उभिएका प्रहरी नजिकै आए र असईलाई भने – बुढाबा हुनुहुन्छ उपचार गर्न जान दिनुपर्छ । उनको भनाईले जाने अनुमति पाएको थिएँ । यो दृश्य मेरो मानसपटलबाट यद्यपि हटेको छैन । मैले मनमनै सोचे – पढेका प्रहरीहरुको व्यवहार र नपढेर शैक्षिक ज्ञान नभएका प्रहरी र हाकिमहरुको कार्य व्यवहार फरक पर्दोरहेछ । लकडाउनमा खटिएका प्रहरहिरु सुरक्षाका लागि आफ्नो जीवन कोरोनासँग जोखिम मोलिरहेका छन् । उनीहरुको राम्रो कार्यको प्रशंसा कसले गर्ने ? नागरिकको आवाज मात्र भएर भएन ।
लकडाउनको प्रयोग चिनिया प्रविधि हो । अर्थ कसैले बुझेको पाइएन । यसको वास्तविक अर्थ हो – आफ्नो जीवनलाई आफै सुरक्षित गर्ने । आफ्ना खराब आनीबानीहरुमा परिवर्तन गरेर असल आचरण देखाउनु हो । मानिस चेतनशील र विवेकशील प्राणी हो । यो समूहमा बस्छ । एकान्त रुचाउँदैन । लकडाउनका समयमा घरभित्र र घरबाहिर शान्त स्वभावले आफ्ना दैकि कार्यहरु सम्पादन गर्नुपर्छ । सँझविहान तातोपानी, चिया, कफी खाने र साबुनपानीले हात धुने । स्वस्थकर खाना खाएर शरीरमा कोरोना भाइरससँग टाढा रहन सक्ने शक्तिवद्र्धक शरीर बनाउने । खेतीपाती राम्रोसँग गर्ने र उत्पादित अन्न खाने । भारतीय चामल नखाने । त्यहाँको खाद्यमा कोरानोको प्रभाव परेको छ । यो वैज्ञानिक आधार हो । खाद्यवस्तुहरु छनोट गर्नुपर्छ ।
नेपालका गरिब नागरिक कामको खाजीमा विदेशिएका छन् । उनीहरु घर फर्किरहेका छन् । कतिपयको भिसाको म्याद सकिएको छ भने कतिपयको कम्पनी बन्द भएर घर फर्कनु परेको अवस्था छ । यिनीहरुलाई नेपाल सरकारले वैदेशिक रोजगार अन्तर्गत पठाएको थियो । उनीहरुलाई घर ल्याउनु सरकारको दायित्व हो । त्यस्तै श्रम स्वीकृत बिना भारत गएका नेपाली घर फर्कने क्रममा सीमारेखामा अलपत्र छन् । ढिलै भए पनि घर आउन पाएकोमा प्रशनन छन् । उनीहरुको स्वास्थ्य परीक्षण गर्ने उपकरणहरु स्थानीय सरकारसँग छैन । संघीय सरकार र प्रदेश सरकारले व्यवस्था गर्नुपर्छ । प्रहरहिरुलाई प्रयोग गरेर उनीहरुलाई समस्यामा पार्नु हुन्न । प्रहरी र उनीहरु यसै देशका नागरिक हुन् । उनीहरुमा एकअर्काप्रति आपसी सम्बन्ध बढाउनुपर्छ । पाकिस्तानका प्रधानमन्त्री इवराम खाले भनेका थिए – लकडाउन गरेर कसैले रोग थाम्न सक्ने छैन । कोरोनाले गरिब मर्दैनन्, गरिब खान नपाएर मर्छन् । काम गराएर राशन दिनुपर्छ । सित्तैमा राशन बाँड्न कुनै पनि देशले लामो समय टिक्दैन । त्यसैले उनले लकडाउन पूर्ण रुपले खोलिदिए । सबै क्षेत्रहरु काममा लागिसकेका छन् । यातायात र उद्योगहरु खुला गरिसकेका छन् ।
लकडाउन लागू र प्रहरी परिचालन एकअर्का पर्यायवाची शब्द भएका छन् । सत्ता चलाउनेहरुले लकडाउनलाई घरभित्रको नजरबन्दी सम्झन्छन् भने रक्षकका रुपमा प्रहरीहरुको बाक्लो उपस्थिति मिलाउन यसबाट परेको आर्थिक ह्रास, सामाजिक कटुतापूर्ण व्यवहार, सांस्कृतिक विसंगति, सांस्कारिक दूरावस्था र मानवीय शक्तिको दूरपयोग भएको छ । रोग नियन्त्रणका मार्गहरु ठीक तवरबाट परिचालन नभएकोले नेपालमा भित्रिएको कोभिड–१९ अन्य मुलुकहरुबाट आयातीत भएको पाइन्छ । लकडाउनले नेपालीलाई पीडाबोध गरायो र प्रहरी सेवालार्य सास्ती व्यहोर्नुपर्ने अवस्था ल्यायो । समयमा रोगीहरुलाई एकै अस्पतालमा जम्मा गरेर उपचार गर्ने गरेको भए चारैतिर डर र त्रासको वातावरण बन्ने थिएन । खेतीपाती गरिखानेवर्ग पनि भय र त्रासमा हुने थिएनन् । अझै केही बिग्रिएको छैन, सुधार गर्न सकिन्छ । कोरोना भएका रोगीहरुलाई एकै ठाउँबाट उपचार प्रबन्ध गर्नु रोगलाई नियन्त्रण गर्न सकिने बलियो आधार बन्ने छ । लकडाउनले मात्र रोगको नियन्त्रण गर्न समस्या देखिएको छ । व्यवस्थापन कार्यमा सुधार गर्नुपर्छ ।