कांग्रेस दाङले समसामयिक राजनीतिक विषयमा छलफल गर्ने

दाङ, २९ कात्तिक । नेपाली कांग्रेस दाङले वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भएको छ । कात्तिक ३० गते आइतबार घोराहीस्थित जिल्ला पार्टी कार्यालयमा छलफल, भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रम गर्न थालेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री योगेन्द्र चौधरी प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा वर्तमान समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रममा दाङबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्यको समेत सहभागिता रहनेछ ।

नेपाली कांग्रेस दाङले कार्यक्रममा उपस्थितिका लागि नेता तथा कार्यकर्तालाई उपस्थीतिका लागि अनुरोध गरेको छ ।