वर्तमान राजनीति सङ्कटमा नेपाली कांग्रेसको कार्यदिशा

भुवन पोख्रेल

आज नेपाली राजनीति जटिल सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिँदै छ । पुरानो व्यवस्थालाई र दलहरुलाई कमजोर पार्ने संघर्ष चलिरहेको छ । नेपालका पुराना राजनीतिक दलहरुले विगतमा महत्वपूर्ण भूमिका खेले पनि वर्तमानका समस्या समाधान गर्न नसक्दा जनतामाझ विश्वसनीयता गुमाएका छन् । गत भदौ २३ को जेन–जी उथलपुथलले राजनीतिक चरम निराशको बिचमा युवा आक्रोशको विष्फोटनले नयाँ राजनीतिक आधार तथ गरेको थियो ।

पुरानो दलहरुको आधार खस्केको रछ र नयाँ शक्ति जन्मन संघर्ष गरिरहेको तसर्थ यो राजनीतिक सङ्क्रमण को समय हो । आजको नेपाली राजनीतिको वास्तविक चरित्र बुझ्न निकै सान्दर्भिक देखिन्छ । नेपालमा पुरानो राजनीतिक व्यवस्थाले आफ्नो साख गुमाउँदै जानु र त्यसको ठाउँ लिन सक्ने नयाँ व्यवस्था निर्माण हुन ठूलो चुनौती देखिनुले नेपालीको शासन सत्ता र व्यवस्थाप्रति निराशाका स्वरहरु सुनन् थालेका छन् । यस्तो विषम परिस्थितिमा पुराना राजनीतिक तथा सामाजिक संस्था, संरचना र शक्ति सम्बन्धहरु कमजोर हुँदै जान्छ र जनतामा चरम असन्तुष्टि चुलिँदै जान्छ ।

जनताको असन्तुष्टि र निराशालाई सही दिशा दिन सक्ने वैचारिक सष्टता, राजनीतिक नेतृत्व र संस्थाको वैकल्पिक खोजी खड्कन्छ र यही मौका वा अवसरको पखाईमा राजनीतिक रिक्ततापूर्ति गर्ने निउँमा लोकप्रियतावाद, व्यक्तिवाद र अराजकतावाद्ले ठाउँ बनाउँदै जान्छ । आजको नेपालको राजनीति पनि विचार सिद्धान्त, नीति, नेतृत्वलाई पाखा लगाएर व्यक्तिवादी प्रवृत्ति, व्यक्तिस्तुतीगान र सर्वसत्तावादी सोच हावी भइरहँदा वर्तमान सङ्क्रमणकालीन अवस्था सिर्जना हुन गएको हो । नेपालमा नीतिभन्दा नेतृत्व हाबी हुने प्रवृत्तिका कारण राजनीतिक स्थिरता हुन सकेको छैन । जबसम्म नेपालमा व्यक्ति पूजा गर्ने प्रचलन रहन्छ । त्यहाँ राजनीतकि सिद्धान्त र निष्ठा ओझेलमा पर्दछ ।

नेपालका पुराना राजनीतिक दलहरु आफ्नो विचार, निष्ठा, सिद्धान्तलाई तिलाञ्जली दिएर सामना गरिरहेका छन् । पुराना राजनीतिक दलले इतिहासमा योगदान नगरेका होइनन् । प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र र संविधान सभाबाट संविधान लेखन जस्ता महत्वपूर्ण गौरवशाली कामहरु गरेका हुन् । गौरवशाली इतिहासका गाथाले मात्र वर्तमान सुनौलो बन्न सक्दैन । पुराना दलहरुले पटक–पटक राजनीतिक अभ्यास गर्ने अवसर पाएका हुन् । लामो सत्ताको अभ्यास गर्दै जाँदा पनि उनीहरुमा वैचारिक चेत खुलेन केवल नातावाद, कृपावाद, गुटवन्दी, संस्थागत भ्रष्टाचार, राजज्य स्रोतको दुरुपयोग र राजनीतिक संरक्षणवाद जस्ता घातक प्रवृत्तिको चंगुलमा फसिनै रहे ।

सार्वजनिक संस्था र संयन्त्रलाई जनताको सेवा गर्ने माध्यमभन्दा आफ्नो सत्ता टिकाउने र आसेपासेको भर्ति केन्द्र बनाए, भुईमान्छेका समस्यामा आँखा चिम्लिए यस्तो राज्य सञ्चालनको खैयादेखि जनता निराश बने जसको परिणाम स्वरुप पुराना दलप्रतिको आक्रोश चुलिएको छ । पुराना दलले विगतमा के कति योगदान दिएका थिए भन्नेभन्दा पनि यी दलहरुले वर्तमान समस्याको समाधान दिन नसकी मुलुकलाई अनिर्णयको बन्दी बनाए भन्ने गम्भीर आरोप उनीहरुमाथि लाग्यो ।

खाली पुराना दलहरु सत्ताच्यूत गर्नुपर्छ । उनीहरुले देश र जनताको पक्षमा काम गर्न सकेनन् । आफ्ना आसेपासेलाई भर्ती केन्द्र बनाए भन्दै युवा आक्रोशको परिणाम स्वरुप जेन–जी विद्रोह भएको हो । भ्रष्टाचार व्याप्त भयो, महङ्गी र बेरोजगारी चुलियो भन्ने असन्तुष्टी जनतामा बढ्यो । लामो समयदेखि सञ्चित हुँदै आएको राजनीतिक निराशा, दलहरु प्रतिको वितृष्णा, संस्थागत असफलता र राजनीतिमा पुस्ता अन्तरणको आकांक्षालाई जेन–जी विद्रोहले विष्फोट गरायो । त्यो युवाहरुको आक्रोश केवल सरकार परिवर्तनको लागि थिए । बरु पारदर्शीता जवाफदेहिता, भ्रष्टाचार र दण्डहीनताको अन्त्य गरी राजनीतिमा नयाँ पुस्ताको अर्थपूर्ण सहभागीता सुनिश्चित गर्नु थियो ।

आजको नेपाली राजनीतिमा सामाजिक सञ्जालको लोकप्रियता आफैमा ठूलो शक्ति बनेको छ । सामाजिक सञ्जालबाट प्राप्त लोकप्रियता राजनीतिक क्षमताका लागि मानक हुँदैन । जनताका वास्तविक असन्तुष्टिलाई आकर्षक नारामा समेटेरर आफूप्रति समर्थकको झुण्ड खडा गर्न सकिन्छ तर वास्तविक समस्याको चुरो पत्ता लगाउन राजनीतिक नीति, सिद्धान्त, चिन्तनको खाँचो पर्दछ । सस्तो लोकप्रियता बटुल्दा भोलि जनतामाझ गरेका वाचा र प्रतिबद्धता पूरा गर्न नसक्दा नैतिकतामाथि प्रश्न पक्कै खडा हुन्छ । लोकतन्त्रमा जनसमर्थन अपरिहार्य छ तर त्यो जनसमर्थनलाई विचार, नीति, कार्यक्रम, सिद्धान्तसँग जोड्न सकिएन भने अराजकता, दिशाहीनता र अस्तव्यस्तताको साधन बन्न नसक्ला भन्न सकिँदैन ।

नेपालको राजनीति वर्तमान अवस्थामा आइपुग्दा व्यापक धु्रवीकरणको दिशातर्फ अघि बढिरहेको छ । पुराना राजनीतिक दलहरु आफ्नो भासिको धरातल मजबुद बनाई गुमेको जनविश्वास आर्जन गर्नतर्फ छन् भने अर्कोतर्फ नवोदित वैकल्पिक राजनीतिक शक्तिको रुपमा जनताको अपार मत पाएको रास्वपा सत्ताको स्थायित्व र राजनीतिक विस्तारतर्फ जुटेको छ । यी दुई शक्तिको प्रतिस्पर्धा र ध्रवीकरण नेपाली राजनीतिको परिदृश्य हो । राजनीतिक युगको सुरुवात, नयाँ नाम, अनुहार र नयाँ निर्वाचन परिणामले मात्र गर्दैन बरु राजनीतिक संस्कृति, वैचारिक दृष्टिकोण र सङ्गठनात्मक संरचना परिवर्तन गर्न जरुरी छ । पुरानाहरुले पनि केवल नयाँ अनुहार बदलेर आफ्नो क्षीण हुँदै गएको शक्ति पुर्नस्थापित गर्न खोज्दा सङ्कट ज्यूका ज्यू रहन्छ । बरु आफ्नो प्रवृत्ति बदल्नुपर्छ । व्यक्ति बदलिएर केही हुँदैन । व्यक्ति फेरिने प्रवृत्ति नफेरिने पुरानो राजनीतिक सङ्क्रमणलाई हटाउँनै पर्छ । यदि सच्चिएर पुराना दलहरु अघि बढ्ने हो भने ।

नयाँ वैकल्पिक शक्तिको रुपमा उदाएको रास्वपाले पनि पुराना दल प्रतिको असन्तुष्टीलाई आफ्नो राजनीतिक हतियार बनाउनुको साटो आफ्नो पाटीको विचार, नीति, संस्थागत रुपान्तरणलाई जोड दियो भने जनआकांक्षालाई सम्बोधन गर्न सक्छ । वास्तवमा पुराना दललाई आरोप प्रत्यारोप गरेर मात्र रास्वपाको आफ्नो राजनीतिक भविष्य सुनिश्चित देखिँदैन । गाली गलौच र आरोप प्रत्योरोपको दुषित राजनीतिक संस्कारबाट मुक्त भई आफ्नो वैचारिक सिद्धान्तमा अडिक भएर राजनीतिक दलले आफ्नो राजनीतिक साख जोगाउनु पर्ने देखिन्छ ।

अहिले नेपालको राजनीतिक परिदृश्यमा पुराना र नयाँ शक्तिको प्रतिस्पर्धाको बिचबाट तेस्रो धु्रव जुन मध्यमार्गी छ त्यसको खोजी गरिरहेका छन् नेपाली जनता । नेपाली जनतामा उब्जेका प्रश्नहरुको उत्तर दिन सक्ने नयाँ राजनीतिक संस्कृति, नयाँ वैचारिक दृष्टिकोण, नयाँ राज्य निर्माणको अवधारणाको विकास गर्न सक्ने शक्ति नेपालको राजनीतिमा आवश्यक छ । अहिले नागरिकका आकांक्षा बदलिएका छन् । सोच बदलिएको छ, सूचनाको पहुँच बढेको छ । जनताको सवाल, मुद्दा, समस्या, सामाजिक सम्बन्ध बदलिएका छन् । तर, राजनीतिक दलको उत्तर दिने शैली फेरिएको छैन, पुरानै छ ।

नयाँ भनिएका राजनीतिक दलहरुको राजनीतिक सोच पनि पुरानै छ । अबको तेस्रो राजनीतिक ध्रुवको उदय व्यक्तिभन्दा, विचार प्रधान, नेताभन्दा नीति प्रधान, नाराभन्दा कार्यक्रम, सस्तो लोकप्रियताभन्दा दीर्घकालीन संस्थागत रुपान्तरणलाई प्राथमिकता दिएर उदाउन सक्नुपर्छ । अबको तेस्रो धु्रवको रुपमा नीति, सिद्धान्तबाट खारिएर, माझिएर, लोकतान्त्रिक आन्दोलनबाट निखारिएको कांग्रेसले लिन सक्नुपर्छ । जब–जब मुलुकमा राजनीतिक सङ्कट र रिक्तताको अवस्था आउँछ तब–तब कांग्रेस देश र जनताको पक्षमा उभिएको इतिहास साक्षी छ ।

नेपाली कांग्रेसले आफ्नो खुट्टा कमाएको अवस्थामा मुलुक सङ्क्रमणको शिकार बनेका ज्वलन्त उदाहरण भेटिन्छन् । तसर्थ कांग्रेस उत्पादन, रोजगारी, न्यायपूर्ण वितरण, नागरिक जीवनस्तरको सुधारसँग जोडिनुपर्छ । कांग्रेसले लोकतन्त्रलाई आवधिक निर्वाचनमा मात्र सीमित नराखी निर्णय प्रक्रियामा नागरिकको अर्थपूर्ण सहभागीता, शक्तिको नियन्त्रण र संस्थागत जवाफदेहितासँग कांग्रेस जोडियो भने जनताले गर्नेछन् । कांग्रेस सत्ता प्राप्तिका लागि राजनीति गर्ने होइन, राजनीतिलाई समाजको सामुहिक रुपान्तरण गर्ने प्रक्रियाका रुपमा बुझ्नु पर्छ । विगतमा सत्ता, शक्ति, पदको चङ्गुलमा फस्दा कांग्रेसले आफ्नो ओजस्वी छवी गुमाउनु परेको हो ।

नेपालको राजनीतिमा कांग्रेसले केवल नयाँ अनुहार मात्र अघि सारेर हुँदैन । नयाँ विचार, नयाँ सङ्गठनात्मक अभ्यास, नेतृत्व निर्माणको नयाँ पद्धति र नागरिकसँग विच्छेद भएको नयाँ सम्बन्ध स्थापित गर्ने नयाँ राजनीतिक संस्कारलाई अङ्गिकार गर्न सक्नुपर्छ । अहिले बदलिएको मुलुकको आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनीतिक धारको रुपमा उदाउने दललाई जनविश्वास प्राप्त हुन्छ । असफलता र पराजयबाट विचलित हुनुहुँदैन । लोकप्रियतालाई आफ्नो अन्तिम उपलब्ध नठानी विचारलाई व्यक्ति र प्रवृत्तिभन्दा मापथ र संस्थागत रुपान्तरणलाई सत्ता र शक्ति प्राप्तिभन्दा माथि राखेर कांग्रेस जनतार समुदायसँग जोडिनुपर्छ । राजनीतिक सङ्क्रमणलाई केवल सङ्कटभन्दा पनि सम्भावनाको रुपमा हेर्नुपर्छ । त्यो सम्भावनालाई मूर्तरुप दिन जनताको असन्तुष्टिलाई आशा, विचारमा र विचारलाई कार्यक्रम कार्यान्वयन सङ्गठनात्म सुदृढिकरण गर्दै जनताबिच सम्पर्क पुनः स्थापित गर्नु नेपाली कांग्रेसको मूल मन्त्र बन्नुपर्छ ।

वर्तमान सरकारको मूल्याङ्कन निर्णय र प्रचारबाट होइन नागरिकको जीवनमा परेको प्रभाव, सेवा, सुधार, रोजगारी र संस्थागत जवाफदेहिताबाट हुनुपर्छ । सरकारसँग ठूलो जनअपेक्षा छ । प्रतिपक्षसँग आफ्नै अभ्यास सुधार्दै विश्वसनीय विकल्प प्रस्तुत गर्ने जिम्मेवारी छ । काम भयो भएन मात्र होइन, कस्तो काम भयो, त्यसले कसको जीवन बदल्यो र कति दिगो भयो भन्ने प्रश्न उब्जन्छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पछि नेपालको राजनीतिक बहस पनि वाचाको परीक्षण गर्ने चरणमा आइपुगेको छ । पुराना दलका तीन दशकको असफलता नयाँ सरकारको राजनीतिकतर्फ हुनसक्छ तर आफ्नो शासनको अनन्त स्पष्टीकरण हुन सक्दैन । नागरिकको प्रश्न सुन्ने जिम्मेवारी सरकारसम्म मात्र सीमित हुँदैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि आफूलाई यही मापदण्डमा जाँच्नुपर्छ ।

वर्तमान सरकारसँग जनताको धेरै अपेक्षा छ । यस अपेक्षालाई सरकारले पूरा गर्नु पर्ने हुन्छ तर सरकार आएदेखि मुलुकमा अस्थिरता नै देखिएको छ । अहिले सरकार, न्यायपालिका तथा आफ्नै सुरक्षा प्रमुखसँग सुमधुर सम्बन्ध देखिँदैन । यसले सरकारको भविष्यलाई नै अप्ठ्यारो पार्छ । स्वतन्त्र न्यायपालिकाको अपरिहार्यता लोकतन्त्रको आधार हो । यसको साख गिराउने कार्य सरकारबाट भइरहेको छ । अहिले सरकार दिकभ्रमित अवस्थामा छ, जनता पनि अन्योलमा छन् । सरकारले जनपक्षीय कार्य गर्दै छ कि आक्रोश र प्रतिशोधको राजनीतिक यात्रामा दौडिरहेको छ ।

नेता, नेतृत्वप्रति सामाजिक सञ्जालमा असभ्य आक्रामकताको स्थिति विकास भएको छ । सामाजिक सञ्जालमा गाली गलौज, असभ्य शब्दको टिप्पणी गरी प्रतिक्रिया जनाउने क्रम बढेको छ । चाहे त्यो सरकार विरुद्ध होस् चाहे नयाँ पुराना राजनीतिक दल र तीनका नेता विरुद्ध नै किन नहोस्, यस्तो प्रवृत्तिले जनताले विश्वास आम नागरिकमा कस्तो संस्कारको विकास गर्न सकिएला । लोकतन्त्र र लोकतान्त्रिक संस्कार बोक्ने दल र दलका नेताहरुसँग सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गर्नुलाई दुभाग्र्यपूर्ण नियति मान्न सकिन्छ । लोकतन्त्रमा असहमतिलाई तिरस्कार गर्ने तथथा असहमतिप्रति हिंस्रक बन्ने र आक्रमक बन्ने संस्कृति शोभनीय ठानिँदैन ।

बरु असहमतिलाई संवादद्वारा समाधान गर्ने संस्कृतिको लामो इतिहास लोकतन्त्रमा भेटिन्छ । कुनै पनि दलभित्रका विवादले मर्यादाको सीमा उलंघन गर्नु हुँदैन । लोकतान्त्रिक चरित्र भएका राजनीतिक दलहरुमा सम्झौता गर्ने सामथ्र्य पक्कै हुन्छ । आलोचना सहन नसक्नु र आलोचनाप्रति असहिष्णु बनी अपमानजनक भाषा व्यक्त गर्नु अधिनायकवादी चरित्र हो । यो प्रजातान्त्रिक पार्टीहरुलाई शोभनीय हुँदैन ।

अहंकारी व्यक्तिमा आफ्ना गल्ती कमजोरी स्वीकार्नु र त्यसका लागि क्षमता माग्ने साहस हुँदैन । नेपाली कांग्रेस संवद्ध नेता कार्यकर्ताले सामाजिक सञ्जालमा घृणायुक्त, द्धेष फैलाउने आक्रामक र अपमानजनक भाषा प्रयोग गर्न शोभनीय हुँदैन । पार्टीका आम नेता कार्यकर्ता सकारात्मक सोच राखेर अघि बढ्नुपर्छ । विनयीमधुर, मृद्धभाषाी, क्षमाशील, आलोचनालाई स्वीकारे र सच्चिने सुन्न सक्ने, सहन सक्ने हुनुपर्छ । अन्य राजनीतिक दललाई अपमान गरेर आलोचना गरेर कांग्रेस अघि बढेको इतिहास छैन । बरु धैर्यताले पार्टीलाई सफलताको शिखरमा पु¥याएको हो । पार्टीको राजनीतिक जीवनमा उतारचढाव पक्कै आउँदैन । यी आरोह अवरोहलाई एउटा अनुभव वा पाठको रुपमा लिएर देश र जनताको कठिन मोडमा देशकै पुरानो र जनताले विश्वास गरेको पार्टी नेपाली कांग्रेस मियो बन्नुपर्छ ।