कांग्रेसलाई गुमेको साख फर्काउने चुनौती

भुवन पोख्रेल

नेपालको प्रजातान्त्रिक आन्दोलनको मियो बनेको नेपाली कांग्रेस वर्तमान राजनीतिक परिदृश्यमा प्रतिपक्षीमा बसेको छ । ८० वर्षे गौरवशाली इतिहास बोकेको कांग्रेस गठबन्धनको खेलमा लागेर अहिले आफूलाई कमजोर पार्टीमा पु¥याएको छ । विपीके आदर्शबाट कत्ति पनि विचलित नभई कांग्रेसको आफ्नो अस्तित्व जोगाएर राख्ने जिम्मेवारी वर्तमान पार्टी सभापति गगन थापाको काँधमा आएको छ । जेन–जी आन्दोलन पछिको नेपाली कांग्रेसले निर्वाचनमा ठूलो धक्का पाएको छ । हाराबट विचलित नभई कांग्रेस आफ्नै खुट्टा उभिएर पार्टीलाई अगाडि बढाउनु पर्ने देखिएको छ ।

सत्ता, पद, प्रतिष्ठा प्राप्तिका निम्ति फरक राजनीतिक सिद्धान्त र आदर्श बोकेका अप्राकृतिक गठबन्धन गर्ने दलहरुसँग मिलेर निर्वाचनमा जाँदा कांग्रेसले आफ्नो अस्तित्व र जनता कार्यकर्ताको विश्वास गुमाएको हो । आम नेता, जनता र कार्यकर्ताको मनोभावनालाई कदर गरी आगामी चुनावमा नेपाली कांग्रेस कसैको गठबन्धनको बैशाखी नटेकि आफ्नै बलबुतामा प्रतिस्पर्धाको मैदानमा उत्रिनुपर्छ । कहिले माओवादीसँग कहिले नेकपा एमालेसँग पटक–पटक गठबन्धन गर्दा नेपाली कांग्रेसप्रतिको जनताको विश्वास टुटेको हो । फरक विचार र सिद्धान्त बोकेका राजनीतिक दलहरुको गणितीय गोटी र सत्तामा पुग्ने भ¥याङ बन्दा कांग्रेस निर्वाचनमा नराम्रोसँग पछारिन पुगेको हो ।

तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा भने जसरी पनि सत्तामा टिकिरहन जुनसुकै दलसँग जस्तोसुकै गठबन्धन गर्न तयार हुँदा उहाँले सत्ता त के पार्टी पनि राम्ररी जोगाउन नसक्दा नयाँ पुस्ता पार्टीलाई हाकेर अगाडि बढाउन अघि सरेको छ । अब सुधारिएको गगन नेतृत्वको नेपाली कांग्रेस पुनः जनताको अपार माया र विश्वास पुर्नजागरण हुने नै छ । वर्तमान सभापति गगन थापा र उपसभापति विश्वप्रकाश तथा अन्य नेता प्रदिप पौडेल लगायतका युवा पुस्ता कुनै पनि दलसँग चुनावी तालमेल नगरी चुनावमा जाने पक्षमा देउवासँग मतभेद भई विपीको विचारलाई आत्मसात गर्दै अघि बढेका छन् ।

नेपाली कांग्रेसका संस्थापक सभापति विश्वेश्वरप्रसाद कोइराला (विपी) सत्ता साझेदार त पुरै जाओस् । प्रजातान्त्रिक आन्दोलन समेत कांग्रेसले आफ्नै मौलिक तागतमा गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेस आफ्नै सामथ्र्यमा जनतामाझ गई जनताकै पक्षमा उभिई, जनताको विश्वास जित्नुपर्छ । कांग्रेसको गुमेको विश्वासलाई जोड्न फेरि जनताका समस्या स्थानीय स्तरबाटै बुझ्ने सामथ्र्य राख्नुपर्छ । पार्टीका नीति र कार्यक्रमलाई आम नेपाली जनताको घरदैलोसम्म पु¥याएर कांग्रेसले निरन्तर संघर्ष गर्नुपर्छ । जनतासँग जोडिएर जनताको अपार विश्वास स्नेह र जनसमर्थन पनि आर्जन गर्न सक्नुपर्छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा कुनै पनि उल्लेख्य योगदान नभएका वैकल्पिक शक्तिले जेन–जी आन्दोलन पछि पुराना दलहरुप्रति वितृष्णा फैलाएर जनभावनालाई भ्रामक प्रचारले दुरुपयोग गरी सत्ता हत्याएर अहिले राज्य शक्तिमा आफ्नो रजाई गरिरहेका छन् । अहिलेको नयाँ पुस्ताले पुराना राजनीतिक दलहरु पनि सुन्न चाहँदैनन् । पुराना राजनीतिक दलहरुले जनपक्षीय काम गर्न सकेनन्, भ्रष्टाचार गरे, देशको राज्य शक्तिको दुरुपयोग गरे, जनताका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारी, विकास निर्माण कुरामा आँखा चिम्ले भन्ने आरोप खेपिरहेका छन् । नयाँ पुस्ताले नेपालको प्रजातान्त्रिक संघर्षको वास्तविक इतिहास बुझ्न सकेको छैन । लोकतन्त्र प्राप्तिका लागि जीवन आहुति दिने अमर सहिदले धिक्कार्ने छन् । यदि उनीहरुको योगदानलाई हामीले अबमूल्यन ग¥यौँ भने ।

नेपालका प्रत्येक राजनीतिक आन्दोलनको नेतृत्व गर्ने र अग्रपंक्तिमा उभिएर जनताका पक्षमा आवाज उठाउने पार्टी नेपाली कांग्रेस हो । राणा विरुद्धको आन्दोलन, पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातान्त्रिक बहुदलीय व्यवस्थाको स्थापना, गणतन्त्रको स्थापना, २०६३÷०६३ लोकतान्त्रिक आन्दोलन, माओवादी शान्ति प्रक्रिया संविधान सभाबाट संविधान लेखन जस्ता ऐतिहासिक मोडहरुमा नेपाली कांग्रेसले आफूलाई नेतृत्वदायी भूमिकामा उभ्याएको छ । जेन–जी आन्दोलनपछि चुनावी पराजय पछि कांग्रेसले आफूलाई सच्चाएर सुधारिएको कांग्रेसको रुपमा युवा पुस्ता गगन थापाको काँधमा पार्टीको अभिभारा सुम्पिएर जनतासँग जोडिँदै छ । कांग्रेसले जनभावना विपरित कार्यहरुबाट आफूलाई अलग्गै राखी जनतासँगै जोडिएर अघि बढ्न चाहन्छ । नेपालमा प्रजातन्त्र आए यताका केही वर्ष कांग्रेसले आरोह अवरोह पार गर्दै वर्तमान अवस्थासम्म आइपुगेको छ । जनतामाझ कांग्रेस परीक्षण भएको छ, खारिएको छ र माझिएको छ । नयाँ वैकल्पिक शक्तिका रुपमा उदाएका दलहरु जनताको अदालतमा अझै खारिन र परीक्षण हुन बाँकी ।

देशका गरिब, किसान, विपन्न वर्गको वा समुदायको उत्थानका लागि विकासका प्रतिफलहरु गाउँ–गाउँका झुपडीसम्म पुग्नुपर्छ भन्ने विपीको समाजवादको नीति नेपाली समाजका भुई मान्छेसम्म पु¥याउनु जरुरी छ । जननायक विपी कोइरालाले देखाएको कांग्रेसलाई कत्ति पनि विचलित नभई विपी कै जुत्तामा खुद्रा राखेर कत्ति पनि खुट्टा नकमाई गगन अगाडि बढेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले नेपाली कांग्रेसको सभापतिको रुपमा गगन थापालाई चुनेको छ । नेपाली जनताको पटक–पटकको संघर्ष आन्दोलन, बलिदानको हिस्सा बनेर होमिएका गगन थापाले नेपाली जनताका समस्यालाई नजिकबाट नियाल्ने मौका पाएका छन् ।

नेपाली जनताको प्रजातान्त्रिक अधिकारका निम्ति आफ्नो जीवन उत्सर्ग गर्ने त्यही होनाहार वीर सपुतको बलिदानीको इतिहास रच्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको छ । बहादुर, सहासी, ज्ञात अज्ञात सहिदहरुको इतिहास लेखन अझै बाँकी छ । विश्वको इतिहासमै नेपाल यस्तो दुर्लभ मुलुक हो, जहाँ प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताका लागि करिब एक शताब्दी लामो निरन्तर संघर्ष भएको इतिहास साक्षी छ । देशका सबै प्रमुख दलभित्र कटु विवाद देखिनु लोकतन्त्रका लागि राम्रो विषय होइन । नेपाली कांग्रेस, एमाले, मोओवादी सहितका प्रमुख दलहरु विभाजन र नेतृत्व विवादले सङ्कटग्रस्त बनेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभावले स्थापित राजनीतिलाई चुनौती दिएको छ । यस्तो अस्थिर अवस्थामा नेपाली कांग्रेस थप जिम्मेवार बनेर सम्हालिनु पर्ने देखिन्छ ।

पार्टीमा अग्रज र समकक्षीलाई पछि पार्दै कांग्रेस सभापति बनेका गगन थापाले अब पार्टी एकता सदृढ गर्ने, पार्टीको गुमेको साख फर्काउने र युवाको आकर्षण बढाउने दायित्व पार लगाउनु पर्नेछ । विगतका पार्टी भित्रका विकृति र सत्ता केन्द्रित राजनीतिले घुमिल भएको कांग्रेसको साख, पूर्वजहरुको त्याग, बलिदान र लोकतान्त्रिक योगदानबाट प्रेरणा लिँदै पुर्नस्थापित गर्नु थापाको अर्को महत्वपूर्ण जिम्मेवारी हो । युवा पुस्ताको आकर्षण बढाउँदै आधुनिक, गतिशील र जनमुखी सङ्गठन निर्माण गर्नुका साथै लोकतन्त्र, मानवअधिकार र राष्ट्रिय हितको भर पर्दो संरक्षकका रुपमा कांग्रेसलाई स्थापित गर्नु पर्ने दायित्व पनि थापाका काँधमा छ ।

नेतत्वलाई निरन्तर प्रश्न गर्दै विशेष महाधिवेशनमार्फत् मुलुकको गेठो पार्टी लोकतान्त्रिक दल नेपाली कांग्रेसको सभापति बनेका गगन थापा १५औँ महाधिवेनबाट पार्टीको कार्यकारी प्रमुखमा निर्वाचित भएसँगै राजनीतिक रङ्गमञ्चमा गगनको चर्चा चुलिएको छ । विद्यार्थी राजनीति हुँदै संविधानसभा सदस्य, पार्टीको केन्द्रीय सदस्य, सांसद, संसदीय समितिको सभापति, मन्त्री र महामन्त्री हुँदासम्म प्रखर वक्ता रहेका उनी नेतृत्वको कटु आलोचक रहे । उनै गगन थापा अहिले पार्टीको प्रश्नको जवाफ दिने उच्च जिम्मेवार सम्माहिरहेका छन् ।

विगतका कमी कमजोरीप्रति आत्मआलोचना गर्दै पार्टीको ऐतिहासिक विरासत र साख जोगाउनकै लागि विशेष महाधिवेशनबाट सभापति र पन्ध्रौँ महाधिवेशनबाट सभापति र पन्ध्रौँ महाधिवेशनबाट पार्टी सभापतिको जिम्मेवारी गगनले लिइसकेका छन् । महाधिवेशनको कार्यदिशा बमोजिम कांग्रेसप्रतिको जनविश्वास पुनः स्थापित गरी पार्टीलार्इं पूर्वलत अवस्थामा फर्काउन सभापतिका हैसियतमा गगन थापाले अविराम मिहेनत गर्नु पर्ने छ । गगनमा देश र जनताको मुहार उजिल्याउने हुटहुटी छ । गत निर्वाचनमा कांग्रेसका तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका उनी आफै सर्लाहीमा पराजित भए ।

विशेष महाधिवेशनबाट दल्यौँ कांग्रेस, बदल्छौँ देश भन्ने सङ्कल्पका साथ थापाको नेतृत्वमा चुनावी मैदानमा ओर्लियो । कांग्रेस इतिहासमै कमजोर बन्न पुग्यो यसको कारण जेन–जी आन्दोलनको राप र ताप नै हो । अझ पार्टी एकताबद्ध भएर एकसाथ मैदानमा गएको भए अहिलेको भन्दा राम्रो परिणाम पक्कै आउथ्यो । गणितीय हिसाबले निकै कमजोर देखिए पनि संसादमा कांग्रेसको दोस्रो ठूलो दलको हैसियत छ । नेपालको संसदीय निर्वाचन इतिहासमा एउटा चुनाव हारे पनि अर्को पटक उ पहिलो दल बनेको विगत छ ।

कांग्रेसले अघिल्लो निर्वाचनबाट पाठ सिकेर निकट भविष्यमा हुने स्थानीय तह, प्रदेश र संसदीय निर्वाचनमा जनताको मन जितेर पार्टीलाई पहिलो दल बनाउनु पर्ने नेपाली कांग्रेसको दायित्व र चुनौती देखिन्छ । अब कांग्रेसका नेता कार्यकर्ता जो कांग्रेस छन् । त्यही किन छन् भन्ने साझा सवाल उठाउन जरुरी छ । कांग्रेसबाट व्यक्तिगत स्वार्थ र लाभ लिन पछि लागेको झुण्डले पार्टी सुदृढिकरण सम्भव छैन । पार्टीमा लागेकाहरु निस्वार्थी प्रेरक र लाभको पद नखोज्ने इमानदार हुनुपर्छ । स्थानीय स्तरदेखि केन्द्रीय स्तरसम्म इमानदार, निस्वार्थी र सद्चरित्र भएका कर्मठ नेता कार्यकर्ता हुने हो भने आम जनताले पनि नेपाली कांग्रेसलाई रुचाउँछन् ।

पार्टी र राज्य सत्तामाथि चोटिला प्रश्न गरेर राजनीतिक उचाइ, हासिल गरेका कांग्रेस सभापति गगनको अब जवाफदेहिताको परीक्षा आरम्भ भएको छ । अर्कातिर तत्कालीन कांग्रेस सभापति देृवाकालीन समयमा भएको कांग्रेसको क्षयीकरण फिर्ता ल्याउने चुनौती पनि सभापति थापालाई थपिएको छ । गगन अबको चुनौती भनेको आफूभन्दा कम उमेर समूहका नेताको प्रश्न र १५औँ महाधिवेशनमा आफैद्वारा पेस गरिएको राजनीतिक प्रस्तावको कार्यान्वयन हो । हिजोको न नेतृत्वले गरेका दर्जनौँ कमी कमजोरी माथि कटाक्ष गर्दै आएका गगनलाई अबका दिनमा तीनै कमजोरी दोहो¥याउने छुट छैन ।
आसन्न स्थानीय तथ्य प्रदेश निर्वाचनमा कांग्रेसले अधिकतम सिट हासिल गर्न सक्दा मात्र आगामी आमनिर्वाचनबाट कांग्रेसलाई देशकै ठूलो दल बनाएर गगनले राज्य सत्ता सम्हाल्ने सम्भावना बन्दथ्यो । खरानीबाट उठाएर पार्टीलाई यहाँसम्म ल्याउनु गगनका अगाडि चुनौतीको पहाडै पहाड थियो ।
मतदातामा गुमेको विश्वासलाई आर्जन गर्नु पनि पार्टीका लागि चुनौती हो । अब चुनुदेवि समूहलाई गाली गलौच र दिषापरोपण गर्ने छुट छैन । त्यो समूह पार्टीको रेलको लिकबाट छुटसिक्यो गाडी अघि बढिसक्यो । आजको मितिसम्म हेर्दा चुनदेवी समूहले ऐतिहासिक अवसर गुमाएकै हो । आज राष्ट्रिय राजनीतिमा कांग्रेस चुनौतीपूर्ण अवस्थामा छ । एकथरी कांग्रेसको पाको पुस्ता चुनदेवी समूहले गगन थापालाई सभापति स्वीकार गर्न तयार नभएर समानान्तर महाधिवशन नामको जग हँसाइमा छन् । अर्कोतिर सरकार दुई तिहाईको आँडमा जवाफदेहिताभन्दा बटिर जादै छ । यी चुनौतीलाई चिर्दै कांग्रेसले आफ्नो आकार र फैलावट बढाउँदै लैजानु पर्ने देखिन्छ ।

कांग्रेसले आफ्ना नेता, कार्यकर्तालाई राजनीतिक संस्कार, प्रशिक्षण, परिवर्तित विचारले सुसज्जित गर्दै नवपुस्तासँग नेपाली कांग्रेस जोडिनु पर्ने देखिन्छ । जुन कामको अपेक्षा सभापति गगन थापासँग देशभरका कांग्रेसजनको मात्र नभई कांग्रेसका शुभचिन्तकले समेत गरेका छन् । गगन थापाले कठिन प्रश्नहरुबाट भाग्दिन र कठोर निर्णयहरु गर्ने कुराबाट चुक्दिँन भन्ने भनाईबाट उनमा आत्मविश्वास पाइन्छ । विगतमा कांग्रेसमा विश्वास गरेर मत हालेका मतदाताको मन र मत फर्काउन सक्ने हो भने कांग्रेसले फेरि पछाडि फर्केर हेर्नु पर्दैन । कांग्रेस पुर्नताजकी बोकेर आएको छ । कांग्रेसमा नविन मूल्यमान्यता र राजनीतिक संस्कारको निर्माण भएको छ । अब कांग्रेसले भत्केका मान्यताहरुमा संरचनागत पुनर्निर्माण गरी सच्चिएर आएको छ । विरासत, सत्ता र शक्तिमा आशक्तलाई हटाई गगन, विश्व प्रकाशलाई महाधिवेशनका प्रतिनिधिले देशैभरबाट रोजे । अब जेन–जी विद्रोह पश्चात खरानीबाट उठेका गगन र विश्वलगायतका टिमले कांग्रेस परिवर्तनको अभिभारा बोकेका छन् ।