मेरो खुशी : कलिलै उमेरमा स्ववियु सभापति …

करिब २१ वर्षको उमेरमा राजनीतिप्रति चासो राख्न थालेको थिए । त्यसको तीन वर्ष पछि अर्थात २४ वर्षकै उमेरमा मैले एउटा सामुदायिक क्याम्पसको स्ववियुसभापतिको जिम्मेवारी पाएँ । त्यो नै मैले अहिले सम्मकै खुसीको क्षणका रूपमा लिएको छु । विसं २०५३ साल अर्थात् त्यो बेला म भर्खरै स्कुले जीवन पार गरेर तुलसीपुरको राप्ती बबई क्याम्पसमा आइए फस्ट एयरमा भर्ना भएको थिएँ । लेखिदिनुहोला मेरो खुसी स्वतन्त्र विद्यार्थी युनियन राप्ती बबई क्याम्पसको नेतृत्व…।

क्याम्पस भर्ना हुने वित्तिकै स्ववियु निर्वाचनको चर्चा हुन थालेको थियो । भर्खरै चिनजान भएका साथीहरूले पनि सभापतिमा मेरो नाम प्रस्ताव गर्नु भो । म पनि सहजै स्वीकारे । मेरा प्रत्यासी विष्णु केसीलाई अत्यधिक मतको अन्ख्तरले उछिनेर म स्ववियु सभापतिमा निर्वाचन भए । खुसी यो मानेमा कि त्योनै मेरो अहिले सम्मको राजनीतिको आधार विन्दु हो । त्यसैलेनै मलाई नेपाली कांग्रेससँग जोडेर धेरै जिम्मेवारी पनि प्रदान ग¥यो । त्यो खुसी मनाउन भोजभतेर भन्दा पनि जिम्मेवारी बोध भएकोमा मैले त्यसलाई खुसीका रूपमा प्रस्तुत गर्न चाहेँ ।

त्यसो त मेरा खुसी र अविस्मरणीय क्षणका अन्य थुप्रै श्रृङ्खला पनि छन् । त्यसो त मलाई नेविसंघको राजनीतिमा जोडिन प्रेरणा दिने कांग्रेस नेता किशोरसिंह राठोरलाई पनि मेरो राजनीतिको प्रेरणाको व्यक्तित्वका रूपमा स्मरण गर्न चाहन्छु । कांग्रेस नेता छविकुमार देवकोटा प्रमुख अतिथि भएको श्रीगाउँको कार्यक्रममा कांग्रेसका जुधारु नेता किशोरसिंह राठोर पनि आउनुभएको थियो । उहाँ केही दिन तुलसीपुरमा रहँदा उहाँसँगको राजनीतिक उर्जाले मलाई पनि नेविसंघको राजनीतिमा आउन उर्जा मिल्यो । त्यसपछि राजनीतिका हरेक खुडकिलामा विभिन्न जिम्मेवारी पूरा गर्दै म अहिले पनि सक्रिय राजनीतिमै छु ।

राजनीतिसँगै मेरो खुसी वनसँग पनि जोडिएको छ । जुन उमेरमा म स्ववियु सभापति भएको थिएँ, त्यही उमेरमा म सामुदायिक वनको नेतृत्व गर्न पनि सफल भएँ । सामुदायिक वन महासंघ दाङको सचिवको जिम्मेवारी सम्हाल्दै लगातार दुुई कार्यकाल सामुदायिक वन महासंघ दाङको अध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरे । वन क्षेत्रमै काम गर्दै गर्दा मैले भारतको उडिसा जिल्लामा समेत वनलाई आयआर्जनमा जोड्नका लागि केही भूमिका खेल्ने अवसर पनि पाए । न्यून आए भएका त्यहाँका व्यक्तिहरूलाई वनसँग जोडेर आयआर्जनमा लगाउने अवसर पनि मिल्यो । भारत मात्र होइन मैले वन अभियानकै क्रममा केही दिन थाइल्याण्डमा पनि वनलाई उद्यमसँग जोड्न र हरित उर्जाको अभियानमा सहजकर्ताको भूमिकामा काम गर्न अवसर जुु¥र्या ।

मुलुकमा सङ्घीयता आएसँगै वन पनि सङ्घीयतामा प्रवेश गरिरहँदा मैले प्रदेश वन महासंघको महासचिवको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरेको छु । लेखिदिनु होला मेरो खुसी वन । मैले वन क्षेत्रमै काम गर्दा यस जिल्लामा पनि वन क्षेत्र कम्तिमा ८ प्रतिशत बढ्न सफल भएकोमा पनि मलाई अत्यन्तै खुसी लाग्छ । माथि उल्लिखित खुसीका अविस्मरणिय क्षण हुन् । वन अभियन्ख्ता तथा नेपाली कांग्रेसको राजनीतिका युवा नेता शोभाकर सापकोटाका । त्यसो त उनले आफ्नो खुसीलाई आत्मसन्तुष्टि र समाज प्रतिको उत्तरदायित्वको प्रतिफलका रूपमा पनि लिन्छन् । खुसी खरिद गरिने वस्तु होइन, अनुभूति गरिने साधन हो । त्यसैले त उनले फेरि विद्यार्थी जीवनको अविस्मरणीय क्षणलाई दोहो¥याए ।

बुवाले छोरालाई पढाउन अभिधाराबाट तुलसीपुर झारेपछि सििमत पैसा मात्र दिनहुन्थ्यो । फाल्तु खर्चको जोहो गर्न हामीहरूले घरबाट ल्याएको चामल पनि बेच्यौँ, एक दिन । दाजु केशव सापकोटा र मैले त्यो चामल बेचेको पैसाले केही पकेट खर्चको जोहो गथ्र्यौैँ । त्यसलाई पनि अर्को खुसीका क्षणका रूपमा लिन चाहन्छन् उनी । अभिधाराको बसाइ छाडेर पढाउन कै लागि बुवा नरिश्वर सापकोटा, खुटी) र आमा चन्द्रकली सापकोटा पनि मेरो खुसीका अभियन्ता नै हुनहुन्छ । उहाँकै आशिर्वादले हामीले अहिले यहाँसम्म पाइला राख्न सफल भएका छौँ ।

विसं २०३३ असार ५ गते साविक पवन नगर १ अविधारामा जन्मिएर साविक पवन नगरको प्रावि बाघखोरमा प्रार्थमिक शिक्षा पूरा गरी सापकोटाले महेन्द्र मावि तुलसीपुरबाट एसएलसी विसं २०३२ सालमा पूरा गरे । राप्ती ववइ क्याम्पसबाट आइएसम्मको अध्ययन पुरा गरेपछि उनी सानोतिनो व्यापारमा पनि जोडिए । व्यापारकै सिलसिलामा धनगढी पुुगेका सापकोटाले उतैको ईश्वरी विद्या निकेतनबाट पोलिटिकल साइन्समा स्नातक पूरा गरे । त्यसपछि उनको अध्ययनमा ब्रेक लागेर राजनीति र व्यवसायमा जोडियो ।

उनको सामाजिक यात्रा सामुदायिक वनबाट सुरु भएको थियो । विसं २०५६ सालमा नवदुुर्गा सामुदायिक वन तुलसीपुर–८ को निर्वाचित सचिवको जिम्मेवारी पूरा गर्दै उनले विसं २०५७ असारमा सामुदायिक वन महासंघको जिल्ला सचिवको जिम्मेवारी निर्वाह गरे । विसं २०६७ शालमा सामुदायिक वन महासंघ दाङको सर्वसम्मत अध्यक्षमा लगातार ८ वर्ष भूमिका निर्वाह गरे । त्यसपछि विसं २०८० मा सामुदायिक वन महासंघ लुम्बिनी प्रदेशको महासचिवको जिम्मेवारीमा छन् ।

जिल्लामा रहँदा एक उपभोक्ता समूह एक रुख अभियान चलाएर वन महासंघको भवन बनाउन सक्रिय भूमिका निर्वाह पनि गरे । सुधारिएको चुल्हो बनाउने अभियानमा जिल्लाका प्राय सबै गाउँमा पुुगेका उनी वन अभियानकै क्रममा नेपालका करिब ५८ जिल्ला घुमिसकेका छन् । सामुदायिक वन महासंघकै तराई वन कार्य समूहको सदस्य सचिवको भूमिकामा करिब पाँच वर्ष काम गरे । यसमा विशेषगरी तराईमा सरकारले सामुदायिक वन हस्तान्तरण गर्न सहज मान्दैनथ्यो, त्यसैको सहजीकरण गर्न र समुदायलाई हस्तान्तरण गर्न सहजीकरण गरियो । त्यसलाई पनि सापकोटाले खुसीकै क्षणका रूपमा लिन्छन् । वन अभियानकै क्रममा उनले जैविक उर्जाको अध्ययन गर्न थाइल्याण्डमा पनि केही समय काम गरे । त्यसै सिलसिलामा इटलीको रोममा पनि वन सहजीकरण कार्यक्रममा सहभागी हुने अवसर पाए ।

त्यसो त उनको वन यात्रासँगै राजनीतिक यात्रा पनि निरन्तर छ । राजनीतिक यात्रा विसं २०५० सालमा नेविसंघ महेन्द्र हाइस्कुलको इकाई अध्यक्ष । विसं २०५३ सालमा आइए पढ्दा स्ववियु उपसभापतिमा निर्वाचित । त्यसपछि सक्रिय राजनीति सुरु भयो । नेपाल विद्यार्थी संघ क्षेत्र नं ५ को सचिव । नेविसंघको जिल्ला सदस्य । स्ववियु परिषद्को केन्द्रीय सदस्य(बद्रि पाण्डेको टिममा) । विसं २०५८ सालमा नेपाली कांग्रेसको नगर सचिवमा निर्वाचित भए । पारिवारीक रूपमा श्रीमती कमला सापकोटाले महासमिति सदस्यको जिम्मेवारी पाएपछि विसं २०६४ को संविधानसभा चुनाव र विसं २०७० को संविधान सभाको चुनावमा उनले निर्वाचन प्रचार प्रसार समितिको सदस्य भएर काम गरे ।

विसं २०७४ को आम निर्वाचनमा प्रचारप्रसार समितिको सदस्य । विसं २०७८ मा नेपाली कांग्रेसको क्षेत्रीय सचिवमा निर्वाचित । विसं २०७९ मा निर्वाचन परिचालन सचिवालयको आर्थिक व्यावस्थापनको जिम्मेवारी । पछिल्लो फागुन २१ को चुनावमा पनि उम्मेदवारको पक्षमा आर्थिक समितिमा रहेर सचिवालय व्यवस्थापनको काम गदै । वर्तमान अधिवेशनमा प्रदेश प्रतिनिधिमा सर्वाधिक मतले विजयी भएका छन् । भन्छन् मेरो अबको राजनीतिक यात्रा कांग्रेसको प्रदेश समितिको पदाधिकारीमा ।

प्रस्तुती : खेमराज रिजाल