शिवराज खनाल
लमही,८ जेठ । लमही नगरपालिका–७ ले समाजिक सुरक्षा भत्ता वडाबाट बितरण गरेको छ ।
सामाजिक सुरक्षाभत्ता पाउने सम्पुर्ण आफ्ना वडाबासीलाइ सहजहोस भनेर साङृला बिकास बैंक लिमिटेडसंग सहकार्य गरि बैंकका कर्मचारी हरुलाइ वडामै बोलाएर बितरण गरेको हो ।
आफ्नै वडाबाट बृद्ध भत्ता बुझन पाउदा निकै खुसी लागेको वडा नम्बर ७ कि फुलपतिया चौधरीले बताइन ।
वडा अध्यक्ष मोहन गिरीले जेष्ठ नागरिकलाई सहजताको लागि यो व्यवस्था गरेको बताए । यातायातका साधनहरु पुरै ठप्प छन सामाजिक सुरक्षाभत्ताका लागि कसरी पठाउनु , अहिलेको कोरोना जोखिम भएका बेला बैंकमा पठाउदा हुलहाल हुन्छ । त्यसैले वडाबाटै वितरण गरेका छौ’ उनले भने ।