रोमन प्रसाद पुलामी
चिनको हुवेई प्रान्तको वुहान शहरमा सन् २०१९ को डिशेम्बर महिनामा पहिलो पटक विश्व सामु देखिएको कोरोना भाइरस, आजको अवस्थामा यसको प्रभाव विश्वको सम्पूर्ण भु–भागमा भइसकेको छ । सिलशीलाबद्धरुपमा अगाडी बढिरहेको यस भाइरसको नियन्त्रणको लागि विभिन्न देशहरुले खोपको विकासको प्रक्रिया अगाडि बढाइरहेको सुनिए पनि पूर्णरुपमा खोपको विकास भने भैसकेको छैन । यसले गर्दा पनि यस भाइरसको प्रकोप नियन्त्रण गर्न भने निकै गाह्रो हुने स्वभाविक देखिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् १९ मे २०२० बिहानसम्ममा विश्वको ४८,६४,८८१ जनसंख्या यस भाइरसको प्रकोपबाट संक्रमित भइसकेका छन् । जसमा ३२,१८,१८ जनसंख्याको यस भाइरसको संक्रमणको कारणले मृत्यु भइसकेको पूष्टि गरेको छ ।् यसरी तथ्यांक हेर्दा मृत्यु हुनेहरुको संख्या दिनानुदिन तिब्र गतिमा अगाडि बढिरहेकाले यो भाइरससंग जुध्न धेरै मेहनत गर्नुपर्ने देखिएको छ । यस अवस्थामा नेपाल सरकारले पनि कोरोना भाइरस विरुद्ध लड्न विगत ५८ दिनदेखि नेपालमा बन्दाबन्दीको अवस्थालाई निरन्तरता गरीरहेको छ । सुरुवाती दिनहरुमा कोरोना भाइरस विरुद्धको बन्दाबन्दीले निकै सफलता प्राप्त गरेको जस्तो देखिएता पनि नेपाल सरकार, राजनीतिक दलहरु र नेपाली आम जनताले यस भाइरस विरुद्ध लड्ने प्रक्रियामा आफ्ना उहीँ पुराना व्यबहार र क्रियाकलाप प्रयोग÷उपयोग गर्नाले अहिले यसको प्रभावमा सम्पूर्ण नेपाली जनता पर्न गएका छन् । यस भाइरसबाट अहिले सम्ममा ४४४ जना संक्रमित भईसकेको अवस्थामा ३ जनाको मृत्यु समेत भइसकेको र कुल संक्रमित मध्ये ४५ जना उपचारपछि निको भएर घर फर्केको नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
“कमी–कमजोरीलाई लुकाउनु हुदैन बरु यसलाई सुधार्ने प्रयास गर्नुपर्छ” भन्ने यस भनाइलाई आत्मसाथ गर्दै अहिलेको यस कोरोना भाईरस विरुद्ध सम्पूर्ण नेपालीहरु एकजुट भएर लड्न आवश्यक भएको यस घडीमा आ–आफ्ना हातहरु अगाडी बढाउन अति–आवश्यक भएको पाईन्छ । नेपाल सरकार, राजनीतिक दलहरु र आम जनताले कोरोना भाईरस लाग्नुका कारण र यसबाट बच्ने उपायहरुको सही जानकारी हुदाँहुदैँ पनि यसको सही तवरले व्यवहारमा लागु नगर्नाले आज पूरा नेपाली जनता यसको चपेटामा पुगेका भन्दा असत्य नहोला । नेपालका कुनैपनि राजनीतिक पार्टीले बनेको सरकारले सुधार्नै नसकेका र सदैब देखिएका बानी व्यवहारले गर्दा अहिलेको अवस्थालाई पनि पूर्ण रुपले मलजल गरेको नहोला भनेर कसरी भन्न सकिएला । यसमा नेपाल सरकारले ठोस, समयमै सही निर्णय लिन नसक्नु, कार्यक्रहरुको सही तरीकाले उपयोग नहुनु, स्वास्थ्य परिक्षण तिब्र रुपमा नहुनु, सवारी पासको पूर्ण रुपमा सदुपयोग नगर्नु, राहत वितरण प्रक्रियामा सामाजिक दुरीको पालनालाई वेवास्ता गरी वितरण, भारत लगायत तेस्रो मलुकुबाट आउने नेपालीहरुको सही व्यवस्थापन नहुनु, नेपालमै दैनिक मजदुरी गरी जिविनोपार्जन गर्ने निम्न वर्गका कामदारहरुको पूर्णरुपमा स्वास्थ्य परिक्षण नगरीनु, राहत वितरणलाई सही ठाउमा वितरण नहुनु र अव्यवस्थित तरिकाले गरीनु, भाईरस सम्बन्धी बैज्ञानिक स्वास्थ्य परिक्षण विधीको (पिसिआर) किटहरु पूर्ण नहुनु र क्वारिनटाईनको व्यवस्थापन नहुनु, भएकोमा सही तरीकाले व्यबस्थापन नगरिनु र स्वास्थ्य प्रणाली कमजोर हुनु जस्ता तत्वहरुलाई सुधार्नु र व्यवहारमा देखाउनुको सट्टा राजनीतिक खिँचातानीमा र भ्रष्टभारका विषयहरु देखिनु भनेको केवल समयको खेराफल्नु र दुरुपयोग गर्नु बाहेक केहि हो जस्तो लागेन ।
आम नेपालीले पनि यस दःुखत अवस्थामा सहनशिलता नदेखाउनु, जनताको अटेर प्रवृती र स्वास्थ्य जस्तो संवेदनशिल कुरामा खेलवाड गर्नु,सामाजिक दुरीको पालनालाई वेवास्ता गर्नु र आफ्ना जिम्मेवारीलाई पूर्णरुपले पालना नगर्नाले पनि कोरोना भाईरसलाई हुर्कन मद्धत गरको छ । जसको फलस्वरुप कोरोना भाईरस संक्रमितको संख्या तिव्र गतिमा अगाडी बढ्दै गएको नहोला भन्न अवस्य सनिन्न, यस्ता मुलभुत कुराहरुत छोडौ । सामान्य नागरीकहरुले आफ्ना सामान्य बानी ब्यवहारमा पनि सुधार गरेको देखिदैन किनकी अहिले पनि हामी आफु नै खाद्यान्नका साथै तरकारी किन्न पसल गएको अवस्थामा मैले देखिरहेको हुन्छु कि विक्रेताले आफ्नो हातको औलामा थुक लगाएर प्लास्टिकको थैलिबाट प्लास्टिक झिकेर सामान दिने गरेका हुन्छन् साथै पैसा पनि त्यहि तरिकाले गनेर फिर्ता गर्ने गरेको दखिन्छ । जुवाडेहरु पनि त्यहि तरिकाले तास खेलेको थाहा पाईन्छ, र विहान वेलुका सडकमा हिड्ने सबैले माक्सको प्रयोग समेत गरेको देखिदैन, हुन त यी कुराहरु सामान्य हुन तर यस्ता क्रियाकलापले पनि कोरोना भाईरसलाई सहयोग त गरेको छैन किनभने कोरोना भाईरस हाच्छयु गर्दा र थुकबाट पनि सर्ने कुरा स्वास्थ्यकर्मीहरुले समेत बताईरहेको यस अवस्थामा सर्वसाधारण जनताले पनि आफ्नो स्वाथ्यको शुरक्षाको लागी आप्ना सामान्य भन्दा सामान्य बानी ब्यवहारहरुमा सुधार ल्याउन अति जरुरी भएको देखिन्छ । यस्तै राजनितिक दलहरुको मनपरी तन्त्र, अब्यवहारीक तवरको राहत वितण प्रणली र खुटटा तान्ने प्रवृती जस्ता ब्यवहारले पनि यसमा महत्वपूर्ण खेलेको छ । यद्यपी कोरोना भाईरस नियन्त्रणमा महत्वपूर्ण भुमिका खेलिरहनु भएका स्वास्थ्यकर्मी, शुरक्षाकर्मी र पत्रकारको व्यबहार प्रति हामीले नमन गर्नु नै पर्दछ,। सरकारले विना हतियार युदभुमीमा होमेको अवस्थामा पनि दिन रात खटीरहनुभएको छ यहां तक की घरमा रहेका आप्ना बच्चाहरुको चिन्ता नै नगरी खटीनु युद भुमिमा जानु भन्दा कम अवश्य नै होईन ।
कोरोना भाइरसको आक्रमणबाट वच्न आवश्यक सामाजिक दुरी कायम गरी “आफु पनि बचौं र अरुलाई बचाऔं” भन्ने सिद्धान्तलाई दैनिक व्यवहारमा लागु गर्नु आज अपरीहार्य बनेको छ । नेपाल सरकार, राजनैतिक दलहरु र सम्पूर्ण नेपालीले आफ्ना दैनिक क्रियाकलाप र ब्यवहारहरुलाई समय सापक्ष परिवर्तन गर्नु आजको आवस्यकता हो र भोलिकोलागि अवसर पनि हुन सक्दछ । यो कोरोना भाईरसबाट अहिले सबैभन्दा बढि निम्न बर्ग र दैनिक मजदुरी गरी छाक टार्ने मजदुरहरु र गरिब किसानहरुले त झनै यस्ता बानी व्यवहारहरुमा परिवर्तन गर्नु अति आवश्यक भएको छ, जसले उनीहरुका भोलीका आउँदा दिनहरुमा स्वास्थ्यलगायत अन्य क्षेत्रमा समेत परिवर्तन ल्याउन सक्दछ, यसको लागि नेपाल सरकार, प्राइभेट कम्पनीहरु, संघ संस्थाहरुलगायत सम्पूर्ण नेपालीले आ–आफ्नो ठाउँबाट माथी उठर यसको लागि आवश्यक सहयोग गर्न जरुरी छ । किनकी यीनीहरुका श्रम र पसिनाले राज्यको संचालन र प्रगतीमा महत्वपूर्ण भुमिका खेलेको पाइन्छ । जसले गर्दा आजको मुख्य चुनौतीको रुपमा रहेको कोरोना भाइरस विरुद लड्न पनि केही हद सम्म सहयोग हुन सक्दछ ।
“दैनिक व्यवहारमा परिवर्तन ल्याउँ”
“आफू पनि बचौं र अरुलाई बचाऔं”
राजपूर–२,मटेरिया, दाङ्ग
हाल : कैलाली, धनगढी
romanstrr@gmail.com