दाङ,८ जेठ । गोरक्ष राष्ट्रिय दैनिकले आफ्ना कर्मचारीहरुको बीमा गरेको छ । कोरोना भाइरसको महामारी विश्वव्यापी फैलिदै गएको समयमा जोखिमका बीचबाट सूचना सम्प्रेसण गर्ने सञ्चारकर्मीहरुको कोरोना बीमा गरेको प्रकाशक सूलोचना गौतमले जानकारी दिएकी छिन् ।
कोरोनाको जोखिम मोलेर कार्यरत सञ्चारकर्मी र कर्मचारीको मनोवल बढाउन एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट ५० हजारको कोरोना बीमा गरेको उनले बताइन् । ‘कोरोना भाइरसको जोखिमको समयमा, नागरिकहरुलाई सूचना सम्प्रेसनका खट्ने सञ्चारकर्मी र कर्मचारीको मनाबल बढाउनका बीमा गरेका छौ’–प्रकाशक गौतमले भनिन्–‘बीमाले कर्मचारीहरुलाई मनोबल बढाउनका साथै सहयोग पुग्नेछ ।’
सो विमा कम्पनीका शाखा प्रमुखले विमा सम्बन्धि कागजातहरु गोरक्ष दैनिकको कार्यालयमै पुगेर हस्तान्तरण गरेका थिए ।