‘वाह ! वाह !’ पाएको सरकारले देखाएको नाटक

सुभाष न्यौपाने

जसरी मत पाएका थियौँ त्यसैगरी पायौंँ वाह–वाह पनि ।
तिम्रो विजयमा जनताले खुसी हुँदै दिए शुभकामना पनि ।।
८१औं महासभा तिम्रो पहिलो अवसर बन्यो ।
शुभकामना, बधाई दिए जनताले धन्यवाद पनि भने ।।
राष्ट्रसंघ फर्केर आउँदा पाएका थिए वाह–वाह जति ।
चोलेन्द्र गिरफ्तारी पछि वाह–वाह सबै त्यो भयो खती ।।

काठमाडौं महानगरको नगर प्रमुख भएसँगै प्रसिद्धि पाइरहेको प्रधानमन्त्री बालेन्द्र शाह सोही प्रसिद्धि कै कारण नेपालको प्रधानमन्त्री बन्न पुगेका हुन् । उनी नेपालको प्रधानमन्त्री हुँदै गर्दा जनता खुसी हुँदै गइरहेका थिए । भोटेकोशी आतङकको क्रममा सरकारले सुरुमा उद्धारको क्रममा देखाएको तदारुकताको बारेमा जनताले खुसीका साथ सम्मान पनि प्रकट गरे । अन्य राजनैतिक दलहरुले दिएको उचित सल्लाह सुझावलाई पनि जनताले अध्ययन नगरिक न विरोध गरे । कुन उपयुक्त कुन अनुपयुक्त भन्ने जनताले छुट्याउनतिर नलागेर अन्धभक्त रुपमा जनता बालेनको समर्थनमा उत्रिए ।

राष्ट्र सङ्घीय महासभामा जलवायु परिवर्तनबाट नेपालले भोग्नु परेको अन्यायपूर्ण पीडा र जलवायु न्यायको सम्बन्धमा राखेको धारणा र बोलेका कुराहरुको विश्व जनसमुदायले अत्यन्त मुक्त कण्ठले प्रसंसा गरेका छन् । केही हिमालय तटका देशहरुले यो हाम्रो पनि समस्या भएको भन्दै एक्यबद्धता समेत जनाएका छन् । प्रधानमन्त्री बालेन शाहले राष्ट्र सङ्घीय महासभाको ९१औं बैंठकलाई सम्बोधन गर्ने क्रममा उपस्थित विश्व समुदायलाई भनेका थिए ।

तपाईहरु युद्ध तैनाथीका निमित्त आवश्यक पर्ने युद्ध समाप्त आफ्नो शुभेच्छुक राष्ट्रलाई चाहियो भने बहत्तर घण्टाभित्र आवश्यक युद्ध उपकरणहरुले सुसज्जित पार्नु हुन्छ भने के नेपालले पर्यावरण बिग्रेर नेपालले भोग्नु परेको विपतको लागि पर्यावरण न्याय पाउने कि नपाउने भन्दै रोष्टमबाट कुर्लँदा जति वाह–वाह र तालीले स्वागत गरेका थिए । त्यो विषय नेपाल फर्के लगत्तै त्यो विषय रुपान्तरण हुँदै नयाँ नाटकको रुपमा परिणत भयो । त्यसले सरकारको गतिशीलता, क्रियाशीलता र विश्वासमा केही शङ्का उत्पन्न ग¥यो ।

त्यो विषय हो– मध्यरातमा चोलेन्द्र पूर्व प्रधानमन्त्री चोलेन्द्र शमशेर राणाको गिरफ्तारी जसलाई सरकारले पूर्व प्रधानन्यायधिस चोलेन्द्र शमशेर जवरामाथि सुरक्षा थ्रेट भएको कारण उहाँलाई सुरक्षा दिनका निमित्त प्रहरीले टेकु ल्याएर राखेको भन्ने जवापले अझ सरकारको गतिविधधि शङ्कास्पद नाटकको रुपमा परिणत भएको छ । गत असोज दश गते मध्यरातमा पूर्व प्रधानन्यायधिस चोलेन्द्र शमहेर राणालाई सुतिरहेको अवस्थामा उठाएर उपत्यका अनुसङ्घारमा सन्धान कार्यालय टेकुमा लगेर राखेको सन्दर्भमा सर्वोच्च अदालतले एक विज्ञप्ती जारी गर्दै सरकारको ध्यान आकर्षण गराएको छ ।

नेपालको संविधानले लोकतान्त्रिक शासन पद्धतिमा न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष एवम् विश्वसनीय राख्ने परिकल्पना समेत गरेको अवस्थामा स्वतन्त्र न्यायपालिकाको अभिन्न अङ्गको रुपमा रहेका प्रधानन्याधिस तथा वहालवाला न्यायधिस र न्यायिक जनशक्ति भनेको स्वतन्त्र न्यायपालिकाका अभिन्न अङ्ग हुन् भन्ने थाहा पाउँदा पाउँदै पनि जसरी सरकारले पूर्व प्रधान न्यायधिस चोलेन्द्र शमशेर राणालाई मध्यरातमा बिना अदालतको आदेशबिना पूर्जी न कुनै किटानी जाहेरी छ त्यसरी अपहरणको शैलीमा गरिएको गिरफ्तारी राज्य आतङ्क भनिन्छ ।

नागरिकले गल्ती नै गरेको रहेछ भने नागरिक अधिकारको रक्षा गर्दै गिरफ्तार गरिनुपर्छ । अनि मात्र लोकतन्त्रमा नागरिक सरकार ठहरिन्छ । कसुर गर्नेहरुले कसुर अनुसारको दण्ड, जरिवाना व्यहोर्नु पर्छ । न्यायिक कारबाही गरिनुपर्छ । चोलेन्द्रले कस्तो देश द्रोही कार्य गरेछन् ? के चोलेन्द्रले राष्ट्र विलम्वको कार्य गरे, राज्यमा आतङ्क सिर्जना गरे, राष्ट्रघात हुने काम गरे ? लोकतन्त्रमा सत्ता समीकरण र सत्ता फेरबदलले स्वभाविक कुरा हो । यसलाई कसैले अन्यथा मान्नु पर्दैन ।

यदि चोलेन्द्रले अन्य राजनैतिक दल अथवा कम्युनिष्ट पार्टीहरुसँग मिलेर यो सरकार ढाल्न खोजेका छन् भने पनि नागरिकलाई राज्य सत्ता मन परेन वा चित्त बुझेन भने आन्दोलन गर्न, चेतावनी दिन र सत्ताफेर बदल गर्न, शान्तिपूर्ण जुलुस धर्ना गर्न पाउने संवैधानिक अधिकार पनि छ । आफ्नै घरमा पनि कहिले साना केटाकेटीहरु झगडा गर्छन् किन त्यो गरेको भन्दा मलाई किन त्यो नदिएको त भन्दा त्यो चिज दिएपछि झगडा गर्न छोड्छन् । सरकार र संसद विघटन त सक्ने राजनैतिक दलहरुले गर्दछन् । त्यसका निमित्त सरकारले जनभावना अनुसारको काम गर्नुपर्छ ।

नागरिकलाई अनाहकमा धम्काएर हप्काएर नियन्त्रणमा लिएर सत्ता बलियो हुँदैन । अरुलाई हटाउने खेल बालेनले गर भने बालनेलाई हटाउने खेल अरुले गर्न मिल्दैन ? यदि पूर्व प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणाको गिरफ्तारी स्वभाविक भए किन प्रधानन्यायधिस डा मनोजकुमार शर्मा र प्रहरी महानिरीक्षक दानबहादुर कार्मीबिच किन छलफल हुनुपथ्र्यो ? दुई तिहाई बहुमत भएको सरकारको सुशासन भनेकै राज्य आतङ्क हो । सोही नीति बमोजिम प्रधानमन्त्री बालेन शाहलगायत मन्त्री, माननीय तथा रास्वपाका नेताहरु लागेको जस्तो देखिन्छ ।

सरकारले दिएको गलत आदेशलाई कार्यान्वयन गर्दा प्रहरी समेत विवादमा आएको छ । सरकार भन्छ– चोलेन्द्रलाई सुरक्षा थ्रेट आएको कारण उहाँको सुरक्षाको लागि प्रहरी परिसर टेकुमा राखिएको हो । त्यस अवसरमा मोवाइल नियन्त्रणमा लिएर सोधपुछ गर्नुको कारण के ? उता चोलेन्द्र भन्छन्– म एक्लै हिडिरहेको, सामान्य कामकाज गरिरहेको छुँ, मलाई त्यस्तो सुरक्षा थ्रेटको कुनै आशङ्का छैन । सरकारले आरोप लगाउने हैन, प्रमाण जुटाएर कारवाही गर्ने हो ।

सरकारले कानुन मिचेर नागरिक माथि जाइलागे नागरिकले के गर्छ ? सरकारले नागरिकसँग गलत प्रमाण भिडाएर लड्न र नागरिकलाई अपराधी सावित गर्न मिल्छ ? यही हो कानुनी राज, यही हो सुशासन ? लोकतन्त्रमा गैर कानुनी काम कारवाही अस्वीकार्य भनदै सर्वोच्च अदालतले आपत्ति प्रकट गर्दै चुनौती समेत दिइसकेको छ । चोलेन्द्र पक्राउ प्रकरणमा मानव अधिकार आयोगले विशेष निगरानीका साथ चासो राखेको छ । राति चोलेन्द्रलाई अपहरणको शैलीमा गिरफ्तार भएका चोलेन्द्र जवरालाई भेट्न गएका मानवअधिकार पदाधिकारीहरुलाई एसएसपी सन्तोष घण्टौं कुर्दा पनि भेट्न दिएनन् ।

राजनीतिमा कूटनीति गर्न पाइन्छ । ज्यान मारेका छैनन्, सरकारले जस्तो राज्य आतङ्क मच्चाएर सुरक्षाको नाटक गरेका छैनन् । प्रहरीलाई पनि रातिमा गिरफ्तार गर्ने जोस तथा दिनमा छाड्ने होस कहाँबाट आएछ ? महाअभियोग लाग्यो, सदनमा दर्त भयो २०७८ को महाअभियोग दर्ता गरेर निलम्बनमा परेका चोलेन्द्रको महाअभियोग आफै निस्तेज भएको थियो । यस विषयमा बालेन्द्र सरकरलाई जानकारी नभएको पनि हैन तर सरकारको यो कदमलाई नाङ्लो ठडाएर हात्ति तर्साउने रणनीति भएको भन्ने नेपालीहरुको बुझाइछ ।

चोलेन्द्र पक्राउ प्रकरणले अहिले न्यायलय, न्याय सरकार सदन, सुरक्षा र मानवअधिकार सबै तातेको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सर्वोच्च अदालतका प्रधान न्यायधिस डा मनोजकुमार शर्माबिच गम्भीर संवाद भएको छ । चोलेन्द्र गिरफ्तार प्रकरणमा सर्वोच्च अदालतको पूर्ण बैठकबाट आपत्ति जनाएपछि प्रहरी महानिरीक्षक कार्की प्रधानन्यायधिसलाई भेट्न गएका हुन् । गत मङ्गलवार अपरान्ह चार बजेतिर प्रहरी महानिरीक्षक कार्की प्रधानन्यायधिस मनोजकुमार शर्मालाई भेट्न सर्वोच्च अदालत पुगेका थिए ।

उनीहरु बिच करिब–करिब एक घण्टा जति छलफल भएको बुझिएको छ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधिस चोलेन्द शमशेर राणालाई बिनाकारण दश घण्टासम्म नियन्त्रणमा राखेको विषयलाई लिएर चासोका साथ गम्भीर आपत्ति समेत जनाएको छ । चोलेन्द्र प्रकरण सरकारले घटाएपछि सर्वोच्च अदालतमाथि सरकारको हस्तक्षेप बढिरहेको महसुस भएको छ । चोलेन्दले पछिल्लो समयमा आएर मागेको सुरक्षा देखावटी मात्रै हो ।

सरकारका गलत हर्कत लुकाउनका लागि मात्र सुरक्षा मागेको देखाइएको हो । उनलाई दिएको सुरक्षा थ्रेटका कारण उनको सुरक्षाको लागि भन्दै सरकारले आफ्नो लाज छोपेको मात्र हो । सरकारले नै कानुन विपरित गतिविधिहरु सञ्चालन गरेर नागरिक माथि दमनधर पकड लगायतका राज्य आतङ्क मच्चाउँछ भने नागरिकले त्यसको खुलेर प्रसंसा हैन, प्रतिपादन गर्छन् र गर्नुपर्छ । आफ्नो राष्ट्र र राष्ट्रियता माथि कुठाराघात गर्ने सरकारले जति नै जलवायु न्यायको आवाज उठाए पनि अर्थ छैन । पूर्व प्रधानन्यायधिस चोलेन्द शमशेरलाई कालो रातमा उपत्यका प्रहरी प्रमुख एसएसपी सन्तोष खड्काले गिरफ्तार गरेर टेकु हिरासतमा राखेपछि त्यसलाई नागरिकले न्यायिक हिरासत भनेका छन् ।

तर, उनलाई राख्न त एसएस खड्का कै कार्यकक्षमै राखिएको थियो रे तर जहाँ राखिए पनि गिरफ्तार भनेको गिरफ्तार नै हो । सरकारले नागरिकमाथि षडन्त्र गर्छ भने त्यो स्वभाविकै हो । सम्पत्ति अकुत नै छ भने सम्पत्ति छानविन गरे हुन्छ । बिनाकारण, बिनाआधार थुन्न पाइन्छ ? यदि कानुन बमोजिम हुन्थ्यो भने यत्रो वितण्डा किन मच्चियो ? मानवअधिकार आयोगले प्रहरीलाई सरकारको गैर कानुनी आदेशको किन पालना गरेको ? भन्दै र्याख–र्याखती पारेको छ । प्रहरी प्रमुख तथा उपत्यका प्रहरी प्रमुखहरु किन मानवअधिकार आयोग र सर्वोच्च अदालत धाउनु परेको छ ? यसको जवाफ पनि त प्रधानमन्त्रीले दिनु पर्ने होला नि ?

माननीय सागर ढकालले बालेन, रवि, सुदन र आफ्नो तस्वीर सार्वजनिक गर्दै भनेका छन्– हामी वारवरा एडमस् समूहका सदस्य हौँ, हाम्रो नेपालको प्रमुख सन्दुक रुइत हुन् । नेपालीलाई थाहा छ, बाखरा एडमस जुन दिन नेपाल आइन त्यस दिनबाट उनले नेपालको राष्ट्रियता धर्म संस्कृतिमाथि चलखेल गर्न सुरु गरिन् । अब भन्नुस् वारवरा एडमस् समूहका सदस्यहरु जति नै जान्ने जति नै राष्ट्रवादका कुरा गरे पनि उनीहरुको असली रुप र स्वभाव त वाखराले पैसठ्ठी वर्ष पहिलेदेखि नेपालमा देखाउँदै आइन् । त्यही समूहका सदस्यहरुले अहिले नेपाल देश चलाइरहेका छन् । उनीहरुको मुटुको धड्कनमा युएस छ कि युएसए छ । नेपाली जनताले छाम्नु पर्ने अवस्था आएको छ ।

सरकारको गल्ती छोप्न सरकार न सरकारका चाटुकार सञ्चाकर्मी भनिनेहरु नागरिकका विरुद्ध उत्रिनु कतिसम्म लाज मर्दो विषय हो ? यहाँ प्रश्न गरी सुरु गरिएको गतिविधि हो वा आफ्नै सभापति रवि लमिछानेलाई दिएको चुनौती हो वा शेरबहादुर प्रचण्ड र ओली लगायतका नेताहरुलाई झस्काएको हो । त्यो पनि हेर्न त बाँकी नै छ । प्रधानमन्त्री बालेन्द्र शाह नेपाल फर्ककै दिन राति मध्यरातमा अपहरणको कारण के ? कतै चोलेन्दले त सरकारलाई त थ्रेट दिएका थिएनन् ? सरकारले राम्रो काम गर्ला भनेरै नेपाली जनताले बालेनको नेतृत्वमा रास्वपाको सरकार गठन गराएका हुन् नेपालमा । तर, बालेन्द्र सरकारले वाह–वाह र प्रसिद्धि पाउँदा पाउँदै किन चोलेन्द गिरफ्तारीको नाटक देखायो, यसबारे बुझ्न उनका कुन दातालाई सोध्नु पर्ने युएस कि युएसए ।