राफिकोलको २९ औ बार्षिक साधारणसभा, अध्यक्षमा शर्मा चयन

३८ करोड कुल सम्पती, ६३ लाख नाफा
तुलसीपुर, ९ असोज । राप्ती बिश्वासी बचत तथा ऋण सहकारी सस्था (रफिकोल) को अध्यक्षमा श्रीधर शर्मा चयन भएका छन् । तुलसीपुरमा शुक्रबार सम्पन्न भएको सस्थाको २९ औ बार्षिक साधारणसभा तथा ११ औ अधिबेशनले शर्माको अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमिती चयन गरेको हो ।

समितिको उपाध्यक्षमा देबा बस्नेत, सचिबमा प्रसाराम भुषाल, कोषाध्यक्षमा द्रोणप्रसाद न्यौपाने चयन भएका छन् । सदस्यमा समानबाबु डागी, डम्बरबहादुर बुढाथोकी, सुबास अधिकारी, भावना गौतम र कल्पना बस्नेत बुढाथोकी चयन भएका छन् । साधारणसभाले नवीन कुमार शर्मालाई लेखा सुपरिबेक्षण संयोजक चयन गरेको छ भने समितिको सदस्यमा आशाराम चौधरी र ईन्द्रलता बस्नेतलाई चयन गरिएको छ ।

साधारणसभामा कोषाध्यक्ष कुमार वसन्त आचार्यले आर्थिक प्रतिबेदन पेश गर्दै सस्थाको ३८ करोड २५ लाख ४१ हजार ४३१ रुपैया १९ पैसा कुल सम्पती रहेको जानकारी गराएका थिए । सस्थाले आर्थिक बर्ष २०८२÷०८३ मा ६२ लाख ५१ हजार ४६२ रुपैया १३ पैसा खुद नाफा गरेको छ । सस्थासङ्ग ४ करोड ७८ लाख १४ हजार १ सय रुपैया शेयर पुजि, २७ करोड ८६ लाख ८ हजार १३१ रुपैया निक्षेप संकलन गरेको छ । सस्थाले सोही आर्थिक बर्षमा २६ करोड ८१ लाख ६ हजार ८४० रुपैया ऋण लगानी गरेको छ भने ३ करोड ७ लाख ८९ हजार ८९६ रुपैया जगेडा कोष छ ।

कार्यक्रममा तारप्रसाद देबकोटा, चर्मिल केसी, सुमन केसी, दलबहादुर वली र चित्रा खड्कालाई असल बचतकर्ता, नन्दराज शर्मा गिता गिरि, शोभा डाङ्गी, तिलमती बुढाथोकी र टिकाराम खत्री असल ऋणिबाट सम्मानित भएका छन् । यसैगरी नजरी खड्का र ढुण्डी राज भुषाललाई जेष्ठ सदस्य सम्मान गरिएको थियो । यसैगरी सस्थामा स्थापना गरिएको रामप्रसाद(रफिकोल छात्रवृत्ति पुरस्कारबाट माबी तुलसीपुरकी सोनु ददेल, बिष्णुप्रसाद केसी स्मृति छात्रवृत्तिबाट राप्ती बबई क्याम्पसका दिनेश कवर पुरस्कृत भएका छन भने धेरै शेयर सदस्य बनाउने धनकली खत्रीलाई सम्मान गरिएको थियो ।

सस्थाका अध्यक्ष ईन्द्रबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका सल्लाहकार हेमन्तकुमार योगी, पूर्व सल्लाहकार ढुण्डिराज लामिछाने, सुरेन्द्र खड्का, शेयर सदस्य टेकबहादुर थापा, देबि पोखरेल आचार्यले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । साधारणसभामा बार्षिक प्रगती प्रतिबेदन सचिव प्रल्हाद हमाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कुमारवसन्त आचार्यले प्रस्तुत गरेका थिए । सस्थाका उपाध्यक्ष बिक्रम सोमैको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सचिब प्रल्हाद हमालले सहजीकरण गरेका थिए ।