दाङ, २ असोज । दाङ जिल्ला उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि अध्यक्षसहितका पदमा ४८ जनाको उम्मेदवारी परेको छ ।
नयाँ नेतृत्वका लागि यहि असोज ११ गते हुने निर्वाचनका लागि अध्यक्षमा चार जनाको उम्मेद्वारी परेको निर्वाचन समितीका संयोजक रेवतीरमण भट्टराइले जानकारी दिएका छन् । निर्वाचन संयोजक भट्राइृका अनुसार अध्यक्ष पदमा नरेशकुमार श्रेष्ठ, नरेश कार्की, धु्रवराज गहतराज र अनिल आचार्यको उम्मेदवारी दर्ता परेको हो ।
त्यसैगरी संघको बरिष्ठ उपाध्यक्ष पदका लागि भरतप्रसाद रेग्मी, शरदप्रसाद अधिकारी र महेन्द्र बुढाथोकी, उद्योग उपाध्यक्षका मनबहादुर बुढाथोकी र गेहेन्द्रबहादुर बस्नेत, बाणिज्य उपाध्यक्ष पदका लागि मानु केसी, नोवु तामाङ र रामप्रसाद पोख्रेलको उम्मेद्वारी परेको छ । महासचिव पदका लागि विकास वली र माधव खनाल, सचिव पदका लागि सुरज बुढाथोकी, गणेश पाण्डे र भिमसेन डाँगी, कोषाध्यक्ष पदका लागि ऋषि पोख्रेल, दीपक पण्डित र प्रेमबहादुर बुढामगर, सहकोषाध्यक्षका लागि ललित बेलवासे, शालिकराम आचार्य, पुष्करराज न्यौपानेको उम्मेद्वारी परेको छ ।
उद्योग सदस्यमा मानवहादुर बिक र शेरवहादुर पुन, बस्तुगत सदस्य पदका लागि ओमप्रकास पोख्रेल, निमबहादुर बुढाथोकी, एशोसियट सदस्यका लागि दीपकराज आचार्यको एकल उम्मेद्वारी परेको छ । महिला सदस्यका सुलोचना गौतम र लक्ष्मीदेवी सिंह ठकुरी, बाणिज्य सदस्य लागि ओमकान्त रेग्मी, मुक्तिराम खनाल, दिवाकर पाण्डे, थानेश्वर बुढा, केशव डिसी, बद्रुुद्धिन राइ, शिवबहादुर डाँगी, खुल्ला सदस्य लागि तिलकबहादुर वली, असलम कुराइसी, जीवनकुमार लम्साल, राधिका वञ्जाडे, खिमबहादुर डाँगी, नरबहादुर चौधरी, दुर्गाप्रसाद चौधरी, भरतबहादुर घर्ती मगर, गोपालप्रसाद खनाल, सुभाष न्यौपाने र हुकुमप्रसाद पोख्रेलको उम्मेद्वारी परेको छ । नयाँ नेतृत्वका लागि सर्वसहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुन थालेको हो ।