पूर्व प्रशासकीय अधिकृत नेपालीलाई बिदाइ

दाङ, २ असोज । दंगीशरण गाउँपालिकाले पूर्व प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीलाई विदाई गरेको छ ।

दंगीशरण गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हेकुलीमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी पूर्व प्रमुख प्रशासकीय अधिकृत नेपालीलाई बिदाइ गरिएको हो । सेवा निवृत्त भएका नेपालीलाई गाउँपालिका अध्यक्ष शम्भु गिरीले दोसल्ला ओढाएर सम्मानसहित बिदाइ गरेका हुन ।

बिदाइ कार्यक्रममा नेपालीले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पु¥याएको योगदानको स्मरण गर्दै आगामी दिन सुखमय, स्वस्थ र उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो।
गाउँपालिका परिवारले नेपालीको सेवा, सहकार्य र प्रशासनिक भूमिकाको प्रशंसा गर्दै सेवा निवृत्त जीवन सुख, शान्ति र सफलताले भरिपूर्ण रहोस् भन्ने कामना गरेको छ ।