दाङ,२ असोज । दाङको घोराहीमा हुने सातौँ खुला आईटीएफ तेक्वान्दो च्याम्पियनसिप–२०८३ सम्पूर्ण तयारी पूरा भएको छ ।
घोराही नगर आईटीएफ तेक्वान्दो डोजाङको आयोजना तथा दाङ जिल्ला आईटीएफ तेक्वान्दो संघको प्राविधिक सहयोगमा यहि असोज ३ र ४ गते हुने प्रतियोगिताको तयारी पूरा भएको हो ।
प्रतियोगिता सञ्चालनका लागि मञ्च व्यवस्थापन, खेल मैदान निर्माणसँगै अतिथिलाई निमन्त्रणालगायतका काम सकिएको दाङ जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् । अध्यक्ष थापाका अनुसार प्रतियोगिता घोराही उपमहानगरपालिका–१५ स्थीत दरबार स्केट पार्कमा सञ्चालन हुने भएको छ । अध्यक्ष थापाका अनुसार प्रतियोगितामा सहभागीताका लागि खेलाडी आउने क्रम समेत सुरु भएको छ ।
खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र राष्ट्रिय भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा दाङसहित बाँके र बर्दिया जिल्लाका खेलाडीको सहभागीता रहने छ । प्रतियोगितामा महिला तथा पुरुष खेलाडीले विभिन्न तौल समूहमा प्रतिष्पर्धा गर्नेछन् ।