महेश बस्नेत
घोराही, २ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० घोराही नगर कार्यसमितिले उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ । प्याब्सन घोराहीले विभिन्न तहका वार्षिक परीक्षामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, विद्यालय र उत्कृष्ट नतिजा दिन सफल शिक्षकहरुलाई सम्मान गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को एसएलसी परीक्षा, कक्षा १० को एसइइ परीक्षा र आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षा २०८२ मा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थी, शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय र उत्कृष्ट शिक्षकहरुलाई शुक्रबार एक कार्यक्रम गरि सम्मान गरेको हो ।
प्याब्सन घोराही नगर कार्यसमितिका अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षता एवम् सामाजिक विकास महाशाखा घोराही उपमहानगरपालिकाका प्रमुख रामबहादुर हमालको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि हमालले विद्यार्थी, शिक्षक र विद्यालयलाई टीका, खादा र प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो ।
विद्यार्थी र शिक्षक सम्मानित
प्याब्सन घोराहीले राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर कक्षा ८ को वार्षिक परीक्षा २०८२ मा घोराही उपमहानगरपालिकाभित्र रहेका निजी विद्यालयहरुबाट ४ जिपिए प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । ४ जिपिए प्राप्त गरि सम्मानित हुने विद्यार्थी र विद्यालयहरुमा दीपशिखा सेकेन्डरी स्कुलका बेन्जिला ओली र उपमा अधिकारी, जनज्योती विद्यामन्दिरका रजनी डाँगी र रुबि अधिकारी रहेका छन् । यसैगरी माउन्ट भ्यू इङ्लिस बोर्डिङ स्कुलका अनुस्का खनाल, प्रज्ञान एकेडेमीका ज्योती दर्लामी, गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका संयोग ओली र शान्ति सुधा इङ्लिस बोर्डिङ स्कुलका रघुबत्स न्यौपाने सम्मानित भएका छन् ।
कार्यक्रममा एसइइ परीक्षा २०८२ मा ४ जिपिए सहित सर्वोत्कृष्ट नजिता प्राप्त गर्ने दीपशिखा सेकेन्डरी स्कुलका तेजस्वी डाँगी, गुरुकुल एकेडेमीका यशु बुढाथोकी र अभिनव योगी, ज्ञानसिन्धु एजुकेशनल एकेडेमीका मनोज भण्डारी, सुशिल बिक र भिजन ओली, जनज्योती विद्यामन्दिरका रिशव भुसाललाई सम्मान गरिएको छ । यसैगरी, माउन्ट भ्यू इङ्लिस बोर्डिङ स्कुलका झलक रोका मगर, लक्ष्मी पौडेल, रोहन अर्याल र सिम्रन घिमिरे, सिद्धार्थ एकेडेमीका आर्शिका गौतम, स्वर्गद्वारी इङ्लिस बोर्डिङ स्कुलका सफल खड्का र प्रयास बस्नेत र विद्यानिलकण्ठ सेकेन्डरी स्कुलका सुप्रभा खनाललाई पनि सम्मान गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को एसएलसी परीक्षा २०८२ मा घोराही उपमहानगरपालिका अन्तर्गत सर्वोत्कृष्ट छात्रतर्फ ३।९६ जिपिए प्राप्त गर्ने माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुलका सरद केसी र छात्रातर्फ ३.८८ जिपिए प्राप्त गर्ने दीपशिखा सेकेन्डरी स्कुलका स्मृती ओलीलाई सम्मान गरिएको छ । एसइइ परीक्षा २०८२ मा अनिवार्य पाँच विषयहरुको सैद्धान्तिक परीक्षाको नतिजा अनुसार औषतमा सबैभन्दा धेरै जिपिएसहित विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरुलाई पनि प्याब्सन घोराहीले सम्मान गरेको छ ।
अंग्रेजी विषयमा औषत जिपिए ३।८५ सहित विद्यार्थी उत्तीर्ण गराउन सफल ज्ञानसिन्धु एजुकेशनल एकेडेमीका टंक प्रसाद शर्मा र नेपाली विषयमा ३.६२ जिपिएसहित गुरुकुल एकेडेमीका विवेक देवकोटा सम्मानित हुनुभएको छ । यसैगरी, गणित विषयमा ३.६७ जिपिएसहित गुरुकुल एकेडेमीकै महेन्द्र पौडेल, विज्ञान विषयमा ३.६२ जिपिएसहित राप्ती सेकेन्डरी बोर्डिङ स्कुलका प्रकाश ओली र सामाजिक विषयमा ३।५३ जिपिएसहित मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलका श्रवण चौधरी सम्मानित हुनुभएको छ ।
उत्कृष्ट विद्यालयहरु सम्मानित
राष्ट्रिय शिक्षा दिवसका अवसरमा प्याब्सन घोराहीले कक्षा १२ को एसएलसी, कक्षा १० को एसइइ र कक्षा ८ को आधारभूत तहको परीक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयहरुलाई पनि सम्मान गरेको छ । प्याब्सन घोराहीले कक्षा १२ को एसएलसी परीक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल एक मात्र विद्यालय मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल सम्मानित भएको छ । कक्षा १२ को एसएलसी परीक्षा २०८२ मा मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलबाट ५६ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
कक्षा १० को एसइइ परीक्षा २०८२ मा घोराही उपमहानगरपालिकाभित्र रहेका प्याब्सनमा आवद्ध १४ ओटा निजी विद्यालयहरुले शतप्रतिशत विद्यार्थीहरु उत्तीर्ण गराउन सफल भएका थिए । एसइइ परीक्षामा शतप्रतिशत विद्यार्थीहरु उत्तीर्ण गराइ सम्मानित हुने विद्यालयहरुमा दीपशिखा सेकेन्डरी स्कुल ९९५०, गोदावरी इङ्लिस मिडियम स्कुल ९२९०, ज्ञानकुञ्ज इङ्लिस स्कुल ९२१०, ज्ञानसिन्धु सेकेन्डरी स्कुल ९३१०, हिन्दु विद्यापीठ नेपाल ९२८०, लिटिल एन्जल स्कुल ९२२०, लिटिल भ्याली बालबाटिका ९३७० रहेका छन् ।
यसैगरी, मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल ९६५०, मेरील्याण्ड पब्लिक एकेडेमी ९१००, राजविद्या पाठशाला ९५०, राप्ती सेकेन्डरी बोर्डिङ स्कुल ९३५०, शान्ति सुधा इङ्लिस बोर्डिङ स्कुल ९२३०, सनराइज एकेडेमी ९१५० र भ्याली टप इङ्लिस बोर्डिङ स्कुल ९२९० पनि सम्मानित भएका छन् ।
घोराही उपमहानगरपालिकाले शैक्षिक सत्र २०८२ मा लिएको नगरस्तरीय आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा शतप्रतिशत विद्यार्थीहरु उत्तीर्ण गराउने प्याब्सनमा आबद्ध १२ ओटा निजी विद्यालयहरुलाई पनि सम्मान गरिएको छ । कक्षा ८ को वार्षिक परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल बालकुञ्ज इङ्लिस मिडियम स्कुल ९२००, क्यास्पियन एकेडेमी स्कुल ९१२०, डिभाइन एकेडेमी ९३००, ग्लोबल एकेडेमी ९६०, ग्रेटबुद्ध एकेडेमी ९३१०, ज्ञानकुञ्ज इङ्लिस स्कुल ९२०० लाई सम्मान गरिएको छ ।
यसैगरी, लिटिल भ्याली बालबाटिका ९२८०, माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल ९१२५०, प्रज्ञान एकेडेमी ९२५०, परोपकार पाठशाला ९१४०, शान्ति सुधा इङ्लिस बोर्डिङ स्कुल ९३६० र शुभतारा एजुकेशनल एकेडेमी ९३० लाई पनि शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएकोमा सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि रामबहादुर हमालले नेपालको शिक्षा क्षेत्रमा संस्थागत विद्यालयहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले नेपाल शैक्षिक विकासमा सामुदायीक विद्यालयको तुलनामा निजी विद्यालयहरुले अग्रणी भूमिका रहेको बताउनुभयो । स्थानीय तहले लिने परीक्षादेखि राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षाको नतिजाले पनि शैक्षिक उन्नयनमा निजी विद्यालयहरुको योगदान अतुलनिय रहेको हमालले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन केन्द्रीय कार्यसमितिका पूर्व सल्लाहकार नारायण प्रसाद अधिकारीले प्याब्सन घोराहीका गतिविधिहरु सह्रानीय रहेको बताउनुभयो । विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई प्रोत्साहित गर्न विभिन्न रचनात्मक कार्यक्रम गरिरहेको उल्लेख गर्दै नेपालकै उत्कृष्ट पालिकाको रुपमा आफुलाई उभ्याउन प्याब्सन घोराही सफल रहेको बताउनुभयो । उहाँले निजी विद्यालयहरु विद्यार्थीहरुको क्षमता विकासमा कटिबद्ध छन् भन्ने प्रमाण प्याब्सन घोराहीका क्रियाकलापहरुले पुष्टि गर्ने गरेको जिकिर गर्नुभयो ।
शिक्षा विकास तथा समन्वय एकाइ दाङका निमित्त प्रमुख तिलकराम बन्जाडेले निजी विद्यालयहरु दक्ष जनशक्ति निर्माणमा अगाडी बढीरहेकोप्रति प्रशंसा गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै निजी विद्यालयहरुसँग आफुहरु पनि सहकार्य एवम् समन्वय गर्दै विद्यालय शैक्षिक सुधारमा अगाडी बढेको उल्लेख गर्नुभयो । प्याब्सन घोराही नगर कार्यसमितिका उपाध्यक्ष मानसिंह घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव विमल भण्डारीले गर्नुभएको थियो ।