सरकारको नेतृत्वले आफ्नो अडान नछोडोस्

भुपेन्द्र सुवेदी

विश्वका विभिन्न धनी राष्ट्रहरुको उद्योगको प्रदूषणको सिकार बन्न हामी नेपाली बाध्य भएकै छौँ । किन भने हाम्रो नेपालले वातावरण संरक्षणमा वन, जंगल, जैविक विविधता, जडीबुटी र महङ्खवपूर्ण हिमालको हिमसंरक्षणको कारण विश्वलाई बचाउन पाउने आधार तयार पारी दिएका छौँ । नेपालको यति इमानदारीता नभएको भए विश्वको वातावरणको अवस्था कस्तो हुन्थ्यो होला, आफैँ विश्लेषण गरौँ ।

यहाँ फेद न पुप्पोको गफ गर्ने गफाडीका लागि यो कुरा राम्रो लाग्दैन होला, जसले यो विषयको बारेमा अध्ययन नै गरेको छैन । त्यस्ताहरुको जमात सरकारमा छ । के गर्छ वन जोगाएर, के हुन्छ वन विनाश गरेर भन्ने विषयमा तत्काल सरकारमा बसेका संसद्हरुलाई ज्ञान नै छैन । विनाज्ञान, विनावनको बारेमा ध्यान, कोही पनि कुनै विषयमा सक्षम र सफल हुनै सक्दैन । तत्कालको अवस्थामा वनमा सरकारको त्यति जिम्मेवारी रहेको पाइएको थिएन ।

आज भ्रष्टाचारी, कालोबजारी गरेयो भनेर कर्मचारी, व्यापारी र दलालहरु प्रहरीको सीआईबी र अख्तियारबाट पक्राउ पर्छन् । यिनीहरुमध्ये कुनै बाटो छुट्छन्, कोही प्रहरीको हिरासतमा पुगेर छुट्छन्, कोही अदालतमा बयान सकेर छुट्छन् भने पहुँचवाला ठूलो भ्रष्टाचारी भने लामो अवधि थुनामा बसेको बहानामा बसेर नगद धरौटी राखी छुटकारा पाउँछन् ।

अनि तिनैलाई स्वागत गर्न फूलमाला र अबिर लिएर उनैका आसेपासेहरुको जमातले प्रहरीको थुनुवा कोठाको ढोकामा पुगेका हुन्छन् । उही अदालतले दोषी भन्छ, आजभोलि फेरि उनैलाई निर्दोष ठहर गर्दै छाडेकाको पछि विजय जुलुसमा उनैका झोलेहरुको जमातले विजय जुलुसले पवित्र फूललाई अपवित्र बनाएर हाम्रो देशका तत्कालका सरकार प्रमुख तथा सीआईबीको फेरबदल गर्दै सरकार व्यस्त उही बेलाको राजा चन्द्र र चन्द्रशमशेरले भनेको ठिकै रहेछ भन्ने जस्तो लाग्न थाल्यो । राष्ट्रिय सङ्कटको घडीमा कसैले कालाबजारी गरेको थाहा भएमा मलाई भन्नु पर्दैन, पाँच जना साक्षी राखेर काटिदिए हुन्छ भन्ने शब्द आज उत्तम लाग्यो । किन भने हालको ग्यासको देशैभरको अवस्था हेर्दा सही हो कि क्या हो ।

आजको हाम्रो नेपालमा कानुन जसले बनायो, उनैले जानुन् भन्ने उखान सिद्ध भएको छ । विगतदेखि आजसम्मको अवस्था २०७३÷०७४ तिरेजस्तो लाग्छ । पश्चिम नेपालको केही वन क्षेत्रमा काम गर्ने कर्मचारीहरुको इसारामा वन क्षेत्रमा काम गर्दै आएका उपभोक्तामध्यका शैतानहरुको मिलेमतोमा वैज्ञानिक वनको माध्यमबाट सामुदायिक वनलाई अगाडि बढाउने लालच देखाएर सारा वन सफासटकटान गरियो । त्यहाँका सांसदसमेत उसको विरुद्धमा सवाल उठाउँदा विवादमा परेका थिए तर केही उपभोक्ता समितिका कम महिला होलान्, सायद आजसम्म नै तारिख बोकेका होलान् ? के थाहा, तत्कालको कानुनी राज्यको धोती खुस्किएको थियो । यसैले होसियार नेपाली नागरिक ।

अब आफ्नो सेवाबाट अवकाश भएर विभिन्न सामाजिक सेवामा संलग्न हुँदा र सेवामा रहँदाको तितो सत्य उठान गर्न चाहेको छु । जसमा अवकाश के हो ? मृत्युको तयारीको सुरुवात, नातिनातिना खेलाउने, समय आफ्ना ज्ञान, विवेक र अनुभवद्वारा समाजलाई मद्दत गर्ने, अवसर, तथ्य र सत्कर्मतिर गएर क्रमशः सानो घेराभित्र हराउँदै जाने बेला, फेरि जीवनयापनका लागि काम गरेर पेट पाल्न प्रयास गर्नुपर्ने बाध्यताको खोजको समय, मनोरञ्जनको समय, घरबार र व्यवहारबिच अलमलिने क्षण ।

अझै उद्योगी बन्ने क्षण, यसको जवाफ मानिस व्यक्ति फरक–फरक होला, तर अवकाश त त्यस्तो समय हो, जहाँ हामीलाई सही–गलत, राम्रो–नराम्रो, निष्क्रिय, सक्रिय, असल, खराब, जे गर्न काम सम्भव छ, छुटाउनुपर्ने हो । यसैले पहिला वातावरण संरक्षण हाम्रो कर्तव्य हुनुपर्दछ । यसैकारण हामी अबको विश्वको दूषित वातावरणबाट कसरी पार लाग्ने, यसको बारेमा सोच्नुको विकल्प छैन । जलवायु परिवर्तनको सिलसिलामा राष्ट्रका प्रमुखहरु वार्षिक रुपमा विभिन्न देशहरुमा भाग लिने गरेको निकै वर्ष भयो । तर राष्ट्रको सुरक्षा र वातावरण, जलवायु परिवर्तनको बारेमा खास एजेन्डा लगेको पाइएको थिएन । अबको सरकारले कस्तो एजेन्डा पेस गर्ने हो ? र कस्तो परिणाम आउने हो ?

वातावरण फेरबदलको कारण वर्षको समय अघि र पछि हुनुमा हामी मानवको केही दोष त छैन, तर वातावरण शुद्ध राख्नमा भने निकै ठूलो भूमिका रहेको हुन्छ । मानवबाट हुँदै आएका औद्योगिक क्रियाकलापका कारण उत्सर्जन हुने हरितगृह ग्यास, खास गरी सल्फर डाइअक्साइडजस्ता नाइट्रोजन ग्यास वायुमण्डलमा पानीको बाफसँग मिश्रण हुँदै पृथ्वीमा झर्ने प्रक्रियानै अम्लीय वर्षा हो । यसै प्रकारको अम्लीय वर्षाले मानवको स्वास्थ्य, जैविक विविधता, जलस्रोत, सांस्कृतिक सम्पदा, भौतिक पूर्वाधार आदिमा नकारात्मक असर पर्दछ । यसैले हामीले गर्ने उद्योग कलकारखानाहरु स्थापना गर्ने इजाजत दिँदा निकै ध्यान दिनु आवश्यक छ । तर यो विश्व सम्मेलनमा जाँदै गरेको नेपाल सरकारको मन्त्रिमण्डलले के सन्देश दिन्छ र के सफलता हासिल गर्छ, जनताहरु हेर्न चाहन्छन् ।