सुभाष न्यौपाने
भन्छन् विशेष महाधिवेशन अवंैध रे ।
त्यसपछिका सबै गतिविधि अमान्य भए ।।
नेतृत्व शेरबहादुरले गरेर महाधिवेशन गरौँ ।
एकताको नाममा सकल पार्टी कब्जा गरौँ ।।
कोइराला जस्तै बनाउन खोज्दैछन् गगनलाई ।
जति मिल्छ–मिल्छ आफ्ना गतिविधि अघि बढाइहालौँ है ।।
जति लचकता अपनायो उतिनै तन्काउने प्रवृत्ति अहिले नेपाली राजनीतिमा विकसित भएर गएको छ । त्यसमा पनि नेपाली कांग्रेसभित्र त्यो रोग अलि बढेर गएको छ । पन्ध्रौँ महाधिवेशनको व्यवस्थापकीय जिम्मेवारी शेखर कोइरालालाई दिएर अगाडि बढौँ भन्दा शेखर भन्छन्– शेरबहादुर बिनाको एकता नेपाली कांग्रेसभित्र एकता बन्न सक्दैन । अनि शेरबहादुर भन्छन्– मलाई विशेष महाधिवेशन भन्ने थाहै छैन । मलाई झुक्काएर ढाँटेर विशेष महाधिवेशन गलत प्रक्रियाबाट सम्पन्न गरी नेतृत्व हत्याउने काम गरियो । यसको म घोर विरोध गर्छुँ, चौधौँ महाधिवेशनबाट निर्वाचित सभापति भनै हुँ ।
त्यसैले मेरो नेतृत्वमा पन्ध्रौँ महाधिवेशन सम्पन्न हुनुपर्छ । गगन थापाको नेतृत्वको पन्ध्रौँ महाधिवेशन स्वीकार्य छैन । सहमतिका साथ एकताको महाधिवेशन सम्पन्न गर्ने भन्दै वडापालिकाहरुको अधिवेशनको कार्यतालिकामा हेरफेर गरी साटियो पनि । त्यतिले पुगेन हामीलाई अरु सम्मान चाहियो भने त्यसपछि सभापति गगन थापाले गत पुसमा नवीकरण गरेकाहरुको सदस्यता विशेष महाधिवेशन पश्चात अध्यावधिक नगरिएको भए तापनि त्यसलाई मान्यता दिने भन्ने निर्णय गर्दिए ।
त्यतिले पनि भए हामी पनि कमिटीमा रहनु प¥यो भन्ने माग गर्न थाले कांग्रेस इतर पक्षले । त्यसमा पनि चौधौँ महाधिवेशनबाट केन्द्रीय सदस्य भएकाहरु सबैलाई केन्द्रीइ सदस्य बनाउने भन्ने निर्णय गर्दा पनि शेरबहादुरका वरदपुत्र प्रकाशशरण महत भन्छन्– पर्सिबाट अधिवेशन सुरु छ आज केन्द्रीय सदस्य भएर के गर्ने ? कुनै कुराले पनि उनीहरुको चित्त बुझाउन नसक्ने परिस्थिति संस्थापन पक्षले देखिसक्यो । किनभने उनीहरुको भनाई मात्रै एकताको महाधिवेशन पन्ध्रौँ महाधिवेशन भन्ने नारा मात्र हो, गर्ने त लफडा नै हो, तिगरम नै हो । उनीहरु त महाधिवेशन नै हाम्रो जिम्मामा देउ ।
तिमीले राजिनामा गर पनि भन्न सक्छन् तर तिनीहरुले आफ्नो औकात चाहीँ बिर्सिएका छन् । अर्का नेता शेखर कोइरालाको पनि ढुलमुले राजनैतिक चरित्रका कारण आफ्नो साख र सम्मान गुमाउँदै गइरहेका छन् । शंसाकको कुरै नगरौँ, उनी त समानान्तर महाधिवेशनका आयोजक पो हुन् । पन्ध्रौँ महाधिवेशनलाई समानान्तर रुपमा सम्पन्न गर्नको लागि जिल्ला–जिल्लामा प्रतिनिधि खटाइसके । कति प्रतिनिधिहरुले देउवा समूहका सहभागी नहुनै भनेर जवाफ पनि दिइसके । तर, पनि उनीहरु त्यसमै लागि राखेका छन् ।
अहिलेसम्म आफ्नो इज्जत पूर्णबहादुरले जोगाइसके जस्तो लाग्छ । पार्टी कब्जा गर्ने रणनीतिका साथ बाघले बाख्रो झम्टिजे पोजिसनमा बसेको छ । देउवा समूह तर त्यसको कहीँ कतै गुन्जायस छैन । इतर समूहका सबंै चौधौँ महाधिवेशनका केन्द्रीय सदस्यहरुलाई विशेष महाधिवेशनबाट गठित केन्द्रीय समितिमा स्वतः केन्द्रीय सदस्य भनेर आमन्त्रण गर्दाखेर के हामी खुल्यो भन्दैमा खुल्ने, बन्द भयो भन्दैमा बन्द हुने केन्द्रीय सदस्य हो ?
हाम्रो पनि इज्जत छ, अस्तित्व छ । इज्जत र अस्तित्व हुनेले स्वस्थ प्रतिस्पर्धा गर्न सक्नु प¥यो नि । न त स्वस्थ प्रतिस्पर्धामा विश्वास छ, न त सङ्गठन गर्नें क्षमता छ न त नेतृत्वको क्षमता छ । तिनैलाई फेरि इज्जत र अस्तित्वको पिर छ । क्षमता भन्ने हो भने शेरबहादुरबाट वरप्रसाद नमिल्ने हो भने यिनीहरु पानी बिनाका माछचा जस्तै छन् । त्यसैले शेरबहादुरलाई सुमेरु प्रवत बनाएर परिक्रमा गर्दै राजनेताको व्याख्या गर्दै उनको मान मर्दन गरिरहेका छन् ।
उनका वरद पुत्रहरुले उनको मान मर्दन गरिरहेका छन् । उनको अस्तित्व स्खलित गराइरहेका छन् । उनी पनि त्यही चाहन्छन् धुपौरेहरुको कुरा सुनेर गगन माथि तथानाम प्रहार गर्छन् । अहिलेको सन्दर्भमा गगन नेपाली कांग्रेसको विचार हो, दर्शन हो, नेपाली कांग्रेसको भविष्य हो । त्यसैले नेपाली जनता नेपाली कांग्रेसका कार्यकर्ता भन्छन् । पन्ध्रौँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन हदैसम्म लचक बन तर थचक्क नपर । जसले पार्टीमा त्याग र समर्पण गरेका थिए उनीहरु वर्तमान अवस्थामा नेपाली कांग्रेसै छन् रहने छन् । जसले राजनैतिक त्यागको बहानामा मुनाफा अर्थात् आर्थिक लाभ लिएका थिए । उनीहरु गगनप्रति आक्रामक बनेका छन् । किनभने हिजो आर्जु देवीको पूजा गरेर श्री देव लाई खुसी पार्ने अवस्था अहिले गगन नेतृत्वमा छैन ।
त्यसलै हिजो देवीको चरणमा शीर राखेर वरप्रसाद प्राप्त गर्ने अवस्था अहिले छैन र हुँदैन पनि पन्ध्रौँ महाधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिमा बसेर महाधिवेशनको आयोजक बन्दा के सम्मान हुँदैन । आत्म गौरज बढ्दैन ? कस्तो निकृष्ट सोच । पदको सौदाबाजीले आत्मसम्मान बढ्दैन भन्ने नेताहरुले आफूले पनि सम्मानित हुने काम गर्नु प¥यो नि । निश्चित भएको महाधिवेशन कार्यतालिकालाई जसरी ाभए पनि बिथोल्ने यिनीहरुको उद्देश्य हो । त्यसलै यो समूह एकता महाधिवेशन भन्दै पार्टी लाथालिङ्ग पार्ने पक्षमा छ । यिनीहरुको प्रवृत्ति भनेकै ‘आफै राँड देशै भाँड हो’ ।
त्यसैले पार्टी लथालिङ्ग पारेर पार्टी कब्जाको रणनीतिमा यिनीहरु लागेका छन् । विधि र विधानलाई लत्याएर कहीँ बजलजफ्ती न्याय हुन्छ ? अझै पनि नेपाली कांग्रेसको वैधानिकता माथि प्रश्न गर्ने नेता भन्नेहरुको बुद्धि र मति कस्तो होला ? यी सात भाइ र सत्र भाइकै कारणले विशेष अधिवेशन भएको हैन ? त्यो कसैले बिर्सेको छैन । अझ यिनी भन्दैछन् असोज तीन गतेबाट सुरु हुने पन्ध्रौँ महाधिवेशनका कुनै पनि क्रियाकलापमा सहभागी नहुन कार्यकर्तालाई आग्रह गरिरहेका छन् । उनीहरु जति आग्रह र आदेश गर्छन् उति नेता कार्यकर्ताहरु असोज तीन गतेदेखि हुने कार्यक्रममा सहभागिता बढाइरहेका छन् ।
पूर्णबहादुरले असन्तुष्ट समूहको सबैभारी संशाकलाई बोकाएर रामहरिसहित अन्य तीन दर्जन बढी नेताहरु सहित संस्थापन समूहमा सहमाहित भएका छन् । अब धनराज गुरुङले पनि शेखरलाई पर्खिरहनु पर्ने जरुरी छैन, जीवन परियारसँग संस्थापन मै गएर बस्दा हुन्छ । तिम्रो त्यही मान छ, आत्मसम्मान छ, किशोर सिंह राठोरले सुरुकै भेलामा आफ्नो किन्ता छुट्याइसकेका छन्, भनेका छन् जहाँ रुख छ, चारतारा छ, म त्यहीँ छु । गगनसँग सहमति नभएका विषयमा म त्यहीभित्र संघर्ष गर्छुँ । पार्टी खोल्नतिर जाँदैन जो–जो जाने हो जानुस् । आफ्नै गतिविधिका कारण इतर पक्षीय कांग्रेसहरु अत्तालिएका छन्, रोइरहेका छन् ।
त्यो पनि आफ्नै कारणले । ‘किन रुन्छस् मंगले आफ्नै ढंगले’ हिजो विशेष महाधिवेशनको प्रस्ताव पार्टी कार्यालयमा पेस गर्दा महामन्त्री दुईलाई हेपेर उनीहरुको प्रस्तावलाई लत्याउनुको कारण नै विशेष महाधिवेशन र आजको अवस्थाको कारण हो । उतिबेला शेरबहादुरका धुपौरेहरुले शेरबहादुरको विवेकलाई सुन्यान्तर गर्दै महामन्त्री विरुद्ध उक्साउने काम गरे, कारण शेरबहादुरबिना ती स्वाँठह न त नेतृत्व गर्छन्, न त सङ्गठन गर्छन्, न त खान पाउँछन् । शेरबहादुरलाई सुमेरु पर्वत बनाएर वरप्रसाद खान पल्केकाहरुको अहिलेको स्वतः रोदन हो, चित्कार हो । शेरबहादुर पनि पार्टी फोड्ने अभ्यास गरिसकेका व्यक्ति हुन् उनी पनि किनपछि हट्थे ।
गगनलाई पार्टी सभापति मानेर हजुर बस्ने शेबहादुर दाइ ? हाम्रो सभापति त हजुर नै हो ती असक्षमहरुले शेर दाइ हजुरकै नेतृत्वमा पन्ध्रौँ महाधिवेशन सम्पन्न गर्नुपर्छ, सफल पार्नुपर्छ । तिनीहरुलाई देखाइदिनुपर्छ । वर्तमान अवस्थामा विशेष अधिवेशन अवैधानिक भन्दै बाहिरिएकाहरु भोलि लेख्लान् तर त्यसको अगाडि वा पछाडि कुनै विशेषण लाउनै पर्छ । झण्डामा चारतारा ठूलो आकारमा सजाउलान् तर कुनै न कुनै कुनामा सानो तारा भए पनि राख्नै पर्छ, त्यस्तै रुख चिन्ह निर्वाचन चिन्हको रुपमा राख्न सक्छन् ।
नेपाली त्यो पनि विशुद्ध रुख तिनको निर्वाचन चिन्ह बन्न सक्दैन । रुखलाई कुनै न कुनै घेराले छोपेकै हुनुपर्छ । अनि मात्र उनीहरुले आफ्नो पार्टीको नाम नेपाली कांग्रेस फलानो भन्ने प्राप्त हुनसक्छ । अहिले इतर कांग्रेसको भूमिका हेर्दा शेरबहादुर बल लिएर भीमसेनलाई मार्ने गरी प्रकाशमान र विमलेन्द्र बसेका छन् । दुर्योधन बनी हातमा कौमोदगी गदा लिएर भीमसेनलाई मार्ने गरी कोइरालाका दुइभाइ बसेका छन् । सिखण्डीको रुप लिएर छलछामको उद्देश्यका साथ माथि उल्लेख गरिएका भीमसेन नेपाली कांग्रेसका सभापति गगन थापा हुन् । जसले महाभारतमा उल्लेख गरिए अनुसार भगवान् श्री कृष्णको शक्ति प्राप्त गरिसकेका छन् ।
उनले कुनै युद्ध हार्नेवाला छैनन् । अर्थात् विपी, गणेशमान, सुवर्णहरुको त्याग र बलिदानबाट प्राप्त हुने तागत गगनले आर्शिवाद स्वरुप पाइसकेका छन् । चौधौँ महाधिवेशन पार्टी सभापतिलगायत आठजना पदाधिकारीमध्ये देउवा र उमाकान्त मात्र हिजोका पदाधिकारी एक् ठाउँमा छन् भने अरु सबै पदाधिकारीहरु संस्थापन पक्षमा लाभबद्ध भइसके । चौधौँ महाधिवेशनमा पुस्पा र डिला पनि शेरबहादुर देउवा पक्षधर थिए भने उनीहरु विशेष महाधिवेशनमा सहभागी भएर त्यो पर्दा च्यातिसकेका थिए । देउवा समर्थक नेता तथा कार्यकर्ताहरुले गगन थापा समूह अर्थात् संस्थापन पक्षलाई सहयाग गरेको कारण एउटा मात्रै छ, विधानमा विशेष महाधिवेशन बोलाउन र सम्पन्न गर्न पाउने भन्ने उल्लेख भएका कारणले मात्र हो ।
प्रवृत्तिमा उनीहरु पनि इतरभन्दा कम छैनन् । विधान कै कारणले गर्दा पनि शेरबहादुर देउवा समर्थक नेता तथा कार्यकर्ताहरु शेरबहादुरलाई कमजोर बनाउँदै संस्थापन समूहमा समाहित हुन पुगेका हुन् । जसको अआँडमा शेरबहादुर देउवा कांग्रेस बृत्तमा बलियो नेता बन्न पुगेका थिए भने उनीहरुले पनि शेरबहादुर देउवाको आँडमा हालिमुहाली गर्दै आफूलाई विशिष्ठ श्रेणीको कांग्रेस बनाएर आफू सरहका वा आफूभन्दा ज्येष्ठहरुलाई समेत नमान्ने प्रवृत्तिका भइसकेका थिए । आज शेरबहादुर देउवा कमजोर देखिएपछि उनीहरु देउवालाई छोडेर संस्थापनको ढोकाभित्र छिरेका छन् । जे होस् शेरबहादुरको नाममा आफ्नो पहिचान देखाउनेहरुमा शेरबहादुरको नाममा आफ्नो पहिचान देखाउनेहरुमा शेरबहादुरसँग रहेका विमलेन्द्र निधि उनी मधेशभन्दा बाहिर निस्कन नसक्ने अवस्थामा छन् ।
प्रकाशमान सिंह जसले गणेशमानलाई बिर्सिसके विपीलाई नेपाली कांग्रेसको सभापति बनाउने गणेशमान उनका पुत्र प्रकाशमानले थानकोटभन्दा बाहिर थाहा पाउँदैनन् । अरु शेरबहादुरलाई चुसेर खाएर बाच्ने परजिवीहरुको बारेमा लेख्नु र बोल्नुको कुनै अर्थ छैन । भोलि असोज ३ गते शनिवारदेखि नेपाली कांग्रेसको महाधिवेशन सुरु हुने निश्चित भइसकेको छ । जसका लागि नौ हजारभन्दा बढी मतदान अधिकृत र निर्वाचन अधिकृतहरु नेपाली कांग्रेसले खटाइ पनि सकेको छ । उनीहरुले ७७ जिल्ला, एक सय पैसठ्ठी निर्वाचन क्षेत्र, तीन सय तिस प्रदेशसभा निर्वाचन क्षेत्र र सात सय त्रिपन्न पालिकाहरमा हुने अधिवेशन सम्बन्धी सम्पूर्ण गतिविधि सम्पन्न गरेको निस्सा समेत उपलब्ध नेपाली कांग्रेसलाई गराउने छन् ।