नयाँ सुविधा सम्पन्न गरुड बस सञ्चालन

तुलसीपुर,१ असोज । विश्वकर्मा पूजाको अवसर पारेर तुलसीपुर यातायात प्रालिले नयाँ सुविधा सम्पन्न गरूड एयर बस सञ्चालनमा ल्याएको छ । प्रालिले दाङ–काठमाण्डौ रात्री सेवाका लागि सुविधा सम्पन्न ४ वटा गरूड एसी बस थप गरेको प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिएका छन् ।

यस अघि विभिन्न स्तरीय एसी र डिलक्स सहितका दिवा र रात्रीकालिन बस सेवा दिई रहेको यातायात प्रालीले यात्रुहरुको माग र सुबिधालाई मध्यनजर गदै ४ वटा गरूड एसी बस थप गरि काठमाण्डौ रुटमा सञ्चालन गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । तुलसीपुर यातायात प्रालिले सञ्चालनमा ल्याएका गरूड एसी बसको उद्घाटन गदै प्रालिका सल्लाहकार जनक खरालले पछिल्लो समयमा युवाहरु पलाइन भइरहेको समयमा स्वदेशमै केहि गर्नुपर्छ भनेर बसमा भएको लगानीले स्वदेशमै स्वरोजगार सिर्जना गर्न युवालाई प्रोत्साहन गर्ने बताए ।

उनले यात्रुमैत्री वातावरण निर्माण गरि यात्रुहरुलाई सुरक्षित,आरामदायी यात्रा गराउन सवै व्यवसायीलाई आग्रह गरे । अध्यक्ष बुढाथोकीले समिति र आफ्नो छवी उच्च हुने गरि समितिमा आवद्ध व्यवसायीलाई सेवा दिन निर्देशन दिएका छन् । प्रालिका उपाध्यक्ष धनसिंह केसीले गरूड एसी बसहरु आरामदायी सोफा सिट सहित सुविधा सम्पन्न भएको बताए ।

करिव १ करोडको लागतमा आफुहरुले गरूड एसी बस भित्रएको उपाध्यक्ष केसीले बताए । सिल्पर ६ सिटसहित ३७ सोफा सिटे गरूड एसी बस नयाँ थप गरेको प्रालिले यस अघि शुभकामना, कुइन एसी, गोल्डेन एसी, मयुर एसी, तुलसीपुर एसी, कल्की एसी यार्सा एसी बससँगै हाइस र एसी ईभी हाइसहरु दाङ–काठमाण्डौ रुटमा सञ्चालन गर्दै आएको कार्यालय प्रमुख विमल गुप्ताले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा, प्रालिका उपाध्यक्ष धनसिंह केसी ,प्रशासनिक सचिव निमकुमार श्रेष्ठ, कोषाध्यक्ष छविलाल डाँगी, सदस्य भिमबहादुर डाँगी लगायतले शुभकमना व्यक्तगरेका थिए । २०५६ सालमा स्थापना भएर रुपान्तरित तुलसीपुर यातायात प्रालिले काठमाडौंलगायत पूर्व–मेचिदेखि पश्चिम महाकाली हुँदै देशका प्रमुख शहर र छिमेकी राष्ट्र भारतका विभिन्न ठाउँसम्म सेवा दिदै आएको कल्याणकारी सचिव भद्रबहादुर खड्काले जानकारी दिए । साथै केहि दिनमै घोराही एसी बस सञ्चालनको तयारी भईरहेको सचिव खड्काले बताए । त्यसैविच प्रालिले कार्यालय परिसरमा विश्वकर्मा पूजा कार्यक्रम सम्पन्न गरेको छ ।