सुभाष न्यौपाने
दिवङ्गतप्रति श्रद्धाञ्जली परिवारमा समवेदना
घाइतेको उद्धार गर्दै शीघ्र स्वास्थ्यलाभको कामना
विपद् परेको छ देशमा, अरु कुरा गरौँला पछि
एकदमै जुटौँ हामी मिलेर कम्मर कसी ।
तिब्बत क्षेत्रबाट बग्ने ल्हेन्दे र डोङ्गली खोलाले
बगाएर ल्याएको चट्टान बोकी दौड्यो भोटेकोशीले
त्यही चट्टानको पहिरो रसुवा हुँदै तल झर्यो
त्यसै कारण अहिले नेपालमा विपद् प¥यो ।
विपद्को सामना गर्न हामी सबै जुट्नु छ
सुरक्षाकर्मीको उद्धार देखी छुँ नतमस्तक
तिनको सम्मान खातिर एकफेरि सलोट गरौँ
सरकारको तदारुकतामा सबैले विश्वास गरौँ ।
बोलेको छ राजनीति विपद्का विरुद्धमा अब
एकजुट भई लागौँ सरकारसँग मिलीकन
भएको जनको क्षति त्यो कहिलै हुँदैन पूरा
भौतिक संरचना हाम्रा बन्न सक्छन् फेरि ठुला ।
दातृ राष्ट्रहरु आए, आए संघसंस्थाहरु ।
भन्छन्, ‘गर्छौैँ नेपाललाई सहयोग आवश्यक परेको अरु
शोकको घडीमा भन्छन्, ‘हामी नेपालसँगै छौँ
आवश्यक अरु के पर्छ त्यो पूरा गर्न तैयार छौँ ।
उर्लियो भोटेकोशी मिसियो त्रिशूलीमा
बस्ती उजाड पार्दै परिणत भयो विनाशमा
फेरि पनि व्यक्त गर्छुँ श्रद्धाञ्जली समवेदना
क्षति जनधनको भयो त्यसको गर्नु के पूरा ।