प्राकृतिक पीडा

खगराज न्यौपाने

भोटेकोशी वगेको थ्यो रसुवाबाट कल्कल
मीठो संगीत गाऊँछ भन्दथे मनुवा सब ।।१

एक्कासि के भयो कुन्नि भोटेकोशी रिसाउँदै
सुइकै नदिइ आयो बस्तीलाई सकाउँदै ।।२

फोटो खिच्ने सबैलाई निष्ठुरीले वगाउँदै
कता कता पु¥याए छ विभिन्न ठाउँमा हुँदै ।।३

खायो सडक औँ वाटा बस्ती खायो अचम्म भो
बजार गाउँ नै खायो मान्छे पशु असंख्य है ।।४

उफ्रँदै त्यो वगेको थ्यो सुनामी झै अकासिँदै
ढुंगा मुढा सबै खायो वगायो बस्तु ती सबै ।।५

सम्झँदा मन यो रुन्छ, गाह्रो छ अब जीउन
मरेका व्यक्तिको पत्ता घाइते जन खोजन ।।६

कटिबद्ध हुँदै जुट्दै सर्कार खोजिमा छ है
सबैको शिरमा पीडा थपेको विधिले कठै ।।७

अनेकौँ पुरिए, मान्छे वगेका छन् कती कति
छैन बजारको निस्सा गाउँबस्ती विरान ती ।।८

विद्यालय सबै लग्दा पढाइ अलपत्र भो
कार्यालयहरु साथै बैंक लग्दा अचम्म भो ।।९