दाङ, २६ भदौ । वर्तमान समयमा छन्द कविताको महत्व रहेको एक कार्यक्रमका स्रष्टाले जोड दिएका छन् । राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङको आयोजनामा नियमित कार्यक्रमअन्तर्गत ‘छन्द सङ्गम’ को ७९ औँ शुक्रबार घोराहीमा भएको कार्यक्रमका सहभागी स्रष्ठाले यस्तो बताएका हुन ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाको प्रमुख आतिथ्यता एवं राप्ती साहित्य परिषद केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा स्रष्ठाले आ–आफ्ना उत्कृष्ट छन्द कविताहरू वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि मजगैयाले नेपाली साहित्यमा छन्द कविताको ऐतिहासिक योगदान र वर्तमान समयमा यसको महत्त्वबारे प्रष्ट पार्दै छन्द साहित्यको संरक्षण र प्रवद्र्धनमा यस्ता नियमित श्रृङ्खलाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
कार्यक्रममा राप्ती साहित्य परिषद्, केन्द्रीय अध्यक्ष कमलमणि देपकोटा,लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने , नेपाली लेखक संघ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन ,नयाँ युगबोध राष्ट्रिय दैनिकका पत्रकार गोविन्द खड्का, साहित्यकारहरू रामप्रसाद जैसी, एकराज शर्मा अधिकारी, मधुसुदन गौतम, नरेशजङ्ग राणा, मधुसूदन गौतम, दामोदर पौडेल, माधवप्रसाद न्यौपाने, शरद गौतम, सुवास न्यौपाने, महेशकुमार न्यौपाने, रिमा गौतम, नारदप्रसाद भण्डारी, दीपकबहादुर क्षेत्री, वसन्त पोखरेल, सुशीला आचार्यलगायतका साहित्यकारको उपस्थिति रहेको थियो । परिषदका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए ।