calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

नेकपाका दुई काउन्टरलाई छिचोल्दै कांग्रेसमा प्रवेश

देविराम कुसारी
गंगटे,७ मंसिर । पश्चिम दाङको गंगटेमा नेकपावाट आजित भएका स्थानीयले नेकपाले काउन्टरका रुपमा आयोजना गरेका दुई वटा कार्यक्रमलाई छिचोल्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांगे्रस दाङ ३ (ख)ले पश्चिम दाङको गंगटेमा आयोजना गरेको चुनावी सभामा १० जना भन्दा बढीले नेकपा परित्याग गरी नेपाली कांगे्रसमा प्रवेश गरेका हुन् । कांगे्रसरले गंगटेमा आयोजना गरेको कार्यक्रमलाई काउन्टर दिनका लागि कार्यक्रम स्थल जाने बाटोमा नेकपाले दुई वटा चुनावी कार्यक्रमको आयोजना गरेको थियो ।

नेकपाले आयोजना गरेका कार्यक्रमलाई छलेर पनि पश्चिम सिमा विकट क्षेत्र गंगटेमा कांगे्रसले आयोजना गरेको कार्यक्रममा उनीहरुले पार्टी प्रवेश गरेका हुन् ।

केन्द्रमा नेकपाको दुई तिहाइको सरकार र स्थानीय तहमा पनि नेकपाकै सरकार हुँदा पनि आफुहरुले विभिन्न दुःख भोग्नु परेको भन्दै आफुहरुले कांगे्रसमा प्रवेश गरेको उनीहरुले वताएका थिए । यसरी नेकपाले आयोजना गरेका दुई वटा कार्यक्रमलाई छिचोल्दै किरण पुन, भीमबहादुर आले, सिमा चौधरी, रामलाल वलीलगायत दश जना भन्दा बढीले कांगे्रमा प्रवेश गरेका हुन् ।

नेकपाले बबई गाउँपालिका १ भाङावारी र जौवारीमा आयोजना गरेका दुई वटा काउन्टरलाई छिचोल्दै आफुहरु नेपाली कांग्रेसमा प्रवेश गरेको नेकपा परित्याग गरेका भीमबहादुर आलेले वताए । आफुलाई परेको समस्या समाधान गर्छु भन्दै आफुवाट लाखौंको रकम नेकपाका कार्यकर्ताले खाएको भन्दै आलेले पार्टी प्रवेश गरेको बताए ।

नेकपाले कांगे्रसको कार्यक्रम हुन थालेको र थुप्रै नेकपाका कार्यकर्ता कांगे्रसमा प्रबेश गर्ने थाहा पाएपछि भोजसहितको कार्यक्रमको आयोजना गरिएको एक स्थानीयले बताए । नेकपाले भाङावारीमा टेकबहादुर कवरको अध्यक्षतामा र जौवारीमा जयराम विकको अध्यक्षतामा कांग्रेसमा प्रवेश गर्न जानेलाई रोक्नकालागि काउन्टर चुनावि सभाको आयोजना गरेको थियो ।

कांगे्रसले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यले यसपालि पश्चिम दाङबासीले आफुलाई साथ दिने विश्वास व्यक्त गरे । नेकपाले पश्चि दाङमा विकास भन्दापनि विकासको नाममा जनतालाई भ्रममा मात्र पारेको आफुले विकास गरेर देखाउने प्रतिबद्धता जनाएका थिए ।
पश्चिम दाङमा भएका विकास नेपाली कांग्रेसले गरेको तर नेकपाले आफुले गरेको भन्दै झुटको खेती गरेको समेत अरोप लगाए ।

पश्चिम दाङले विकासका लागि नेपाली कांग्रेसलाई खोजेको भन्दै रूख चिह्नमा भोट हाल्न आग्रह गरे । कार्यममा नेपाली दाङका सचिव संकर डाँगी, क्षेत्र नं ३ का क्षेत्रीय सभापति जगत खड्का, युवा नेता सुरेश हमालले नेपाली कांग्रेस मात्र जनताको भावना बुझ्ने पार्टी भएको दावी गरे । देशमा भइरहेको नेकपाको ज्याजती अन्त्य गर्न हामी सवै एकजुट हुनु पर्ने बताए । महिला माथि हुने हिंसा, बलात्कार, वेरोजगार, अन्याय झन देशमा बढ्दै गइरहेको बताएका थिए ।

कार्यक्रममा नेपाल कांग्रेस बबईका नेता टेक बहादुर वली, कुलबहादुर केसी, दंगीशरण गाउँपालिका पिमा खड्का, महिला संघ बबई अध्यक्ष प्रेमा बुढाथोकी, रेश्मा डाँगीले रूख चिह्नमा भोट हाली विकास र समृद्धिमा साथ दिन आग्रह गरेका थिए । कार्यक्रम सहिजकरण पुर्ण केसीले गरेका थिए ।