फुटबल टोली काठमाडौँ प्रस्थान
लक्ष्मण बस्नेत
तुलसीपुर,७ मंसिर । क्विक्स कप अन्तर बिद्यालय स्तरिय राष्ट्रिय फुटबल प्रतियोगिता २०७६ मा भाग लिन गोरखा माध्यामिक विद्यालय तुलसीपुरको खेलाडी टोली काठमाडाँै प्रस्थान गरेको छ ।
काठमाडाँैमा मंसिर ८ गतेदेखि एन्फा कम्पलेक्स काठमाडौमा सुरु हुने प्रतियोगितामा भाग लिन सुरेश भण्डारीको क्याप्टेनसीपमा टोली काठमाडौँ गाएको हो । टिम व्यवस्थापक मोहन सुनार, टिम कोच दुर्गा राजलवटलगायतको २० सदस्यीय खेलाडी टोली शनिवार बिहान त्यसतर्फ प्रस्थान गरेको हो ।
टोलीलाई दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भानुबिक्रम राणा, बिद्यालयका प्रधानाध्यापक बिजय जिएम, विद्यालय ब्यबस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जिसी, विद्यालयका माध्यामिक कोर्डिनेटर बामदेव सापकोटा, शिक्षक पूर्ण डाँगी, भरत भण्डारी लगायतकाले संयुक्त रुपमा माला तथा टिका लगाएर विदाई गरेका थिए ।
टोलीमा क्याप्टेन सुरेश भण्डारी, किप्पर सत्कार वली र युबराज भुसाल रहेका छन । त्यस्तै खेलाडीहरुमा आयुष रेग्मी, किरण डाँगी, कमल पुन, सिजन ओली, बिशाल शर्मा, दिनेश डाँगी, कुशल सुबेदी, एलिश श्रेष्ठ, समीर गुरुङ, क्षितिज महतरा, कविन केसी, भाष्कर भुसाल, राम बहादुर डाँगी,साजन चलाउने र जेनिस चलाउने रहेका छन ।
दाङको बेल्झुण्डी रंगशालामा भएको पाँच नं प्रदेश स्तरिय क्विक्स कप अन्तर विद्यालय स्तरिय प्रतियोगितामा बिजेता बनेको गोरखा माध्यामिक विद्यालयले बिवालयमा पाँच महिनाको बन्द प्रशिक्षण पश्चात् खेलाडी छनोट गरेको थियो ।
प्रदेश नं ५ को प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगितामा सशक्त र शानदार प्रदर्शन गर्ने लक्ष्य लिएको खेलाडी टोलीले आफ्नो पहिलो खेलमा ओण्डर ल्याण्ड टिमसंग कडा प्रतिस्पर्धा गर्नेछ । खेल सोमबार बिहान ११ ः ४५ १२ बजे हुनेछ । १९ गतेसम्म संचालन हुने प्रतियोगितामा ७ प्रदेश का १६ टिम को सहभागिता रहनेछ ।