कोराना संक्रमित ४ सय २७ पुगे

काठमाडौँ, ७ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ जनामा कोरोना पुष्टि भएको जनाएको हो । उनीहरु ३ देखि ४८ वर्ष उमेरका छन् । जसमा १८ पुरुष र ७ महिला छन् । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमित हुनेमा धनकुटाका ५ जना (२८, २९, ३५ र ३७ ) र १ जना २४ वर्षीय महिला रहेको बताए । त्यसैगरी बाँकेमा नरैनापुरका १७, २०, २८ र ३० वर्षका ६ पुरुष र खजुरा ५ का २७ वर्षीय पुरुष छन् । त्यसका साथै कपिलवस्तुमा १३ जनामा र नवलपरासीमा थप १ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा १ र बाँकेमा १ गरी २ जनाको मृत्यु भएको छ ।