मेरो खुशी : विद्यालयको नेतृत्व गर्दा …

  •   
  •  

एसएलसी पास गरेर बाहिर पढ्न जाने, पढेर सरकारी जागिर खाने, राम्रो देशमा जाने र पैसा कमाउने धेरैको रहर हुन्छ । त्यो रहर उनको पनि थियो । तर उनी गाउँमै बसेर बाबुले गर्दै आएको क्षेत्रमा सेवा गरेका छन् । उनी हुन् तुलसीपुर–७ कालाखोला निवासी टिम अधिकारी ।

बाबुको बिडो थामेर बुबाले सुरु गरेको शिक्षा क्षेत्रको विकासमा लागेको उनले बताए । मिजासिला, लगनशील र विगत २० वर्षदेखि निरन्तर शिक्षा क्षेत्रमा लागेका अधिकारीसँग खुशीका पलहरु खोतल्दै जाँदा उनले आफ्नो जीवनकालमा धेरै खुशीका पलहरु रहेको बताए । उनले आफ्नो पहिलो खुशी बुबाले सुरु गरेको विद्यालयको नेतृत्व गरी गुणस्तरी शिक्षा प्रदान गर्न पाउँदाको भएको सुनाए । ‘मेरा खुशीहरु धेरै छन्, त्यसमा पनि बुबाले स्थापना गरेको विद्यालयको नेतृत्व गरी बुबाको बिडो थाम्दाको खुशी नै सबैभन्दा ठूलो खशी हो’–उनले भने ‘यसैलाई मेरो पहिलो खुशी लेखिदिनुहोला ।’ बुबा केशरीप्रसाद अधिकारी मावि कालाखोलाको प्रधानाध्यापक भएर लामो समयसम्म शिक्षा क्षेत्रमा काम गरेको र त्यससँगै कालाखोलामा २०५२ सालमा निजी क्षेत्रको लगानीमा अमर इङ्लिस बोर्डिङ स्कूल स्थापना गरेसँगै आफूले पनि त्यही विद्यालयलाई फलाउन फूलाउन पाउँदा निकै खुशी लगेको बताए । त्यससँगै आफूले कालाखोला माविबाट एसएलसी दिए र राप्ती बबईमा अध्ययन गर्न पाउँदा पनि खुशी लागेको सुनाए ।

अधिकारीले सानै उमेर २०५७ सालदेखि स्कूलको प्रिन्सिपलको पद प्राप्त गर्दा अर्को खुशीको अवसर जुरेको सुनाए । ‘म त्यतिबेला १९ वर्षको मात्र थिएँ, विद्यालयको जिम्मेवारी पाउँदा । त्यो दिन पनि मलाई निकै खुशीको महशुस भएको थियो’–अधिकारीले भने ।

उनले त्यतिबेला अब आप्mनै घरआँगनमा शिक्षाको क्षेत्रमा लागेर शिक्षाको उज्यालो सबैलाई दिन पाइने भयो भन्ने लागेको बताए । द्वन्द्वकालमा गाउँमा निजी क्षेत्रबाट विद्यालय चलाउन त्यति सहज नभए पनि ५५ जना विद्यार्थीबाट सुरु भएको विद्यालयलाई हाल ९ सयसम्म पु¥याउन पाउँदा आफूलाई धेरै खुशी लाग्ने गरेको उनले सुनाए । त्यसैगरी अधिकारीले त्यस सँगसँगै सामाजिक जिम्मेवारीहरु अन्तर्गत विभिन्न सेवाहरु गर्न पाउँदा खुशी लाग्ने गरेको बताए । उनले विद्यालयमा राज्यबाट अपाङ्गता प्रमाणपत्र प्राप्त गरेका व्यक्तिहरुलाई निःशुल्क शिक्षा दिन पाउँदा तथा अन्य सामाजिक सेवामा आफूहरुले सहयोग गर्न पाउँदा खुशी लाग्ने गरेको बताए ।

अधिकारीले आप्mनो विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुले विभिन्न प्रतियोगितामा उत्कृष्ट हुँदा र आप्mनो विद्यालयको सान र मानलाई चिनाउँदा खुशी लाग्ने गरेको बताउँछन् । उनले हालसम्म सयौ विद्यार्थीहरुलाई शिक्षाको उज्यालो दिएर विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु विभिन्न स्थानमा उच्च शिक्षा पढेर नेपाल सरकारका विभिन्न पदहरुमा रहेर काम गरेको र उनीहरुले विभिन्न समयमा आफूहरुलाई सम्झने गरेकोमा खुशी व्यक्त गरे ।

त्यसैगरी अधिकारीले ९३ वर्षीया हजुरआमा र अन्य सबै परिवार एकै थलोमा बसेर संयुक्त परिवारमा हालसम्म बस्न पाएकोमा खुशी व्यक्त गरे । उनले आफूले गर्ने हरेक काममा परिवारका सबै सदस्यहरुको सहयोग पाएकोमा खुशी व्यक्त गरे । ‘हाम्रो सबै परिवार एउटै भान्सामा एउटै छानामुनि हालसम्म बसेका छौं, यसमा पनि मलाई निकै गर्व र खुशी लाग्ने गरेको छ’, उनले भने । त्यस्तै उनले आफू र अन्य करिब ४० जनालाई प्रत्यक्ष अप्रत्यक्ष गाउँघरमै रोजगारी दिएको र आफूहरुले पनि आफ्नै देशमा शिक्षा जस्तो पवित्र थलोमा रहेर कर्म गर्न पाएकोमा पनि खुशी व्यक्त गरे । २०४० सालमा सल्यानको पिपलनेटाबाट बसाइसराई गरेर दाङ आएको र दाङमा आएर शिक्षाजस्तो क्षेत्रमा सेवा गर्न पाउँदा खुशी मिलेको बताए ।

अधिकारीले २०६२ सालमा कुसुम ढकालसँग वैवाहिक बन्धनमा बाँधिएको र पहिलो सन्तानको रुपमा घरमा छोरी लक्ष्मीको रुपमा जन्मँदा आफूलाई खुशी लागेको सुनाए । छोरा र छोरीले पनि राम्रो शिक्षाका साथै आफू पनि संगीतप्रेमी र छोराछोरीहरु पनि पढाईको अलवा संगीतमा रुची राख्ने गरेको भन्दै खुशी व्यक्त गरे ।

अधिकारीले शिक्षण सँगसँगै २०७५ सालदेखि प्याब्सन दाङको सदस्य हुन पाउँदा अर्को खुशी लागेको बताए । साथीभाइले निजी विद्यायहरुको छाता संगठनमा सदस्यको जिम्मेवारी दिएको र प्याब्सनमा लागेर संगठनको अभियानलाई सघाउन पाउँदा आफूलाई खुशी लाग्ने गरेको उनले बताए । त्यस्तै गाउँ, घर, टोल र अन्य स्थानमा पनि सल्लाहकारको भूमिका रहेर सामाजिक सेवा गर्न पाउँदा खुशी मिल्ने गरेको अधिकारी बताउँछन् । अधिकारीले पहिले–पहिले बाल्यकालमा राजाको जन्मोत्सवमा परालको भित्र घोडा बनेर आफूहरुले अभिनय गर्नपाउँदा र आफू त्यसमा उत्कृष्ट स्थान हासिल गर्दा बाल्यकालमा खुशी लाग्ने गरेको बताए । उनले आफू गीतसंगीत र खेलमा पनि रुचि राख्ने र पहिले–पहिले हुने टुर्नामेन्ट भलिबलमा विभिन्न स्थानमा समावेश भई आप्mनो खेल प्रदर्शन गर्न पाउँदा खुशी लाग्ने गरेको बताए ।

तुलसीपुर–७ कालाखोला निवासी टिम अधिकारी अमर इङ्लिस बोर्डिङ स्कूलमा प्रिन्सिपल, प्याब्सन दाङका जिल्ला सदस्य एवं विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

प्रस्तुती : बालाराम खड्का