केपी सुवेदी
२०७२ बैशाख १२ गतेको महाविनाशक भूकम्पभन्दा धेरैठूलो प्राकृतिक विपद अहिले नेपालले व्यहोर्नु प¥यो । रसुवा जिल्लाको धुन्चे, मेलुंग हुँदै बग्ने भोटेकोशी र त्रिशुलीमा आएको बाढीले ठूलो विनाश गरेपछि मुलुकपुरै शोकमा डुबेको छ । विश्वका विकसित मुलुकहरु र नेपालका छिमेकि मुलुकहरु नेपालले व्यहोरेको दैविक विपत्ति र त्यसले पु¥याएको अपुरणीय क्षति प्रति दुःख व्यक्त गर्दै राहत सामग्रीसहित ठूलोर ाशीको आर्थिक सहायता गरिरहेका छन् ।
हिमाच्छादित भू–भागमा पहिरो जाँदा झरेको हिउँले तिब्बत र नेपालको सीमा क्षेत्रमा अवस्थित ताल पुरिदा त्यसबाट झरेको माटो र गेगर सहितको बाढी भोटेकोशीमा आउँदा तटीय क्षेत्रका बस्ती बाढीले बगाएको थियो । यो प्रकृतिको विपत्ति हाम्रो मुलुकले धेरै पटक व्यहोरेको भए पनि यसप्रति विश्वको ध्यान तानिनुको कारण भने बेग्लै छ । या ेक्षेत्र नेपालको प्रमुख पर्यटकीय क्षेत्र भएकोले र यस घटनामा आन्तरिक तथा बाह्य पर्यटक समेत यसको प्रभावमा परेर ज्यानै गुमाएको कारण सबैलाई चिन्तित बनाएको हो ।
त्यसैले हामीले व्यहोरेका अघिल्ला प्राकृतिक विपतभन्दा मानवीय र भौतिक क्षतिका हिसाबले धेरै ठूलो छ । धेरै मन मुटु हल्लाउने किसिमको छ र प्राकृतिक विपत्तिको विकराल रुप त छंदैछ साथै यस्ता घटना दोहरिरहने सम्भावनाको आभाष भएकोले विश्वको ध्यानाकृष्ट भएको हो । यसलाई जलवायु परिवर्तनको परिणामको रुपमा पनि हेरिएको छ । जलवायु प्रदुषित गर्ने रासयनहरुको उत्पादन र प्रयोग नेपाल स्वयम्ले नगर्दा पनि त्यसबाट पर्ने नकारात्मक प्रभाव जस्तै खडेरी, खण्डवृष्टि, अतिभिषण वृष्टि, अनावृष्टि त्यसले उत्पन्न गर्ने बाढी, पहिरो, जलउत्पन्न प्रकोपको प्रभाव हाम्रो जस्तै मुलुकले धेरै व्यहोर्नु पर्दैछ ।
यतिबेला सरकारले जीवितको सकुशल उद्धार र तिनीहरुलाई आश्रयको व्यवस्था, घाइतेको उपचार, राहत तथा वेपत्ताको तिब्र रुपमा खोजी कार्य जारी राखेको छ । प्रभावितको संख्या र क्षतिको कहालीलाग्दो अवस्थाले उद्धार सोंचे जति प्रभावकारी नदेखिएको हुनसक्छ । वेपत्ता भएका जसलाई भनिन्छ र बुझिन्छ उनीहरु जीवितरहेको आशा गर्न नसकिने अवस्था छ । किनभने धेरैलाई भेलले बगाएर धेरैटाढासम्म पु¥यायो होला । उनीहरुका क्षतविच्छेत शवहरु यत्रतत्र भेटिँदैछन् ।
केही व्यक्तिहरु ठूला– ठूला संरचनाहरुका भग्नावशेष मुनितिर जिवितै वा घाइते, बेहोस वा उद्धारको पर्खाईमा हुनसक्छन् तर तिनिहरुसम्म पुग्न नसक्दा जीवितै उद्धारको आशा कमजोर हुँदै गइरहेको छ । सुरुङगभित्र थुनिएर बसिरहेका मध्य घाइतेहरुको सकुशल उद्धारमा प्रत्येक सेकेन्डको पनि महत्व छ । केही सेकेन्ड अगाडिसम्म उद्धार हुँदा बाँच्ने मानिस पनि केही क्षणको विलम्बले उसको जीवन समाप्तितिर जानसक्ने सम्भावना हुन्छ ।
तसर्थ संसारमा भएका सबै शक्तिको प्रयोग गरेर भए पनि जोखिमबाट बाहिर निकाल्नु सरकारको कर्तव्य हो गर्नका लागि केही गरेको देखाउने काम यदि सरकारले गर्ने हो भने सरकारले अपराध गरिरहेको बुझ्नुपर्छ । घटना लगतै अन्तर्राष्ट्रिय क्षेत्रबाट विज्ञहरु पठाउनुपर्छ भने पठाउछौँ भन्ने प्रस्ताव आउँदा प्रधानमन्त्री बालेन्द्रले नस्वीकारेको कुरा सञ्चार माध्यमबाट बाहिर आएको छ । त्यति मात्र होइन स्वदेशी विभिन्न क्षेत्रका विज्ञहरुसँग सल्लाह लिने र आवश्यकता र उपलब्ध जनशक्ति पहिचान गर्ने र उनीहरुलाई खटाउने काम नगरेर यस्ता प्रकोप र विपदजन्य सङ्कटको बारे कुनै ज्ञान नभएका, सिप नभएका केवल आफ्नो निकटका अदक्ष मानिसलाई खटाएर विपदमा राजनीति गर्न खोजेको आरोप बालेन सरकारलाई लागेको छ । यदि आरोप गलत होइन भने यो गम्भीर प्रकारको अपराध हो र नागरिकप्रतिको कर्तव्यबाट च्यूत भए भन्नुपर्छ ।
यो बेलाको मानवीय र भौतिक क्षतिको समाचार सुनेर, खिचेर पठाएका तस्वीरहरु हेरेर संसार भाव विह्वल भएका बेला सरकारले भने हलुका किसिमले सोचेको जस्तो लाग्दछ । प्रधानमन्त्रीको अभिव्यक्तिले यो शंसयलाई पुष्टि गरेको छ । सुरुङ्ग भित्रबाट गरिने उद्धार कार्यको अन्तर्राष्ट्रिय क्षेत्रमा भएको अनुभवलाई उदाहरको रुपमा लिएर १८ दिनसम्म लगाईएको भन्ने अभिव्यक्तिले मानवीय संवेदना पटक्कै नभएको एउटा क्रूर शासकको रुपमा चिनिन चाहेका हुन् कि ? यसो गर्नु राष्ट्रिय स्वाभिमान भनेर बुझिन्छ ?
अहिलेकै घटनामा पीडितलाई राहत वितरण गर्न चिनिया ड्रोन पठाउन थालिएको भनेर प्रचार गरिएको छ । राहतमा अर्काको प्रविधि ल्याउँदा स्वाभिमान नढल्ने अनि प्राण बनाउने र मानवीयता बचाउने गर्दा तुजुक देखाउनु पदको मर्यादा विपरित हुँदैन भन्ने कुनै तर्कमा सत्यता हुनसक्छ ।स रकार त जान्नहरुकै छ । पुरानाले जान्नने हामी हौँ हामीलाई छान्नुहोस् भनेको भर्खरै हो । खरबौंको सम्पत्ति माटोमा मिलेको छ, दशौँ हजार नागरिकको जीवनलीला समाप्त भएकोबेला सरकार भने सस्तो लोकप्रियताको खेती गर्न आतुर देखिन्छ ।
अघिपछि बोल्न नसक्ने, समवेदनादिन अँध्यारो कोठाबाट स्टाटस लेखेर फेसबुकबाट सार्वजनिक गर्ने तर नेपाली नागरिकका लाश बगरमा छरिएका बेला, सुरुङ्गमा थुनिएर उद्धार पर्खेका बेला प्रधान्मन्त्री अमेरिका जाने तयारीमा हुन्छन् । यतिबेला देश प्रधान हुनु पर्दैन र ? असंख्य नागरिक सम्पर्कविहीन भएको, बगेको, पुरिएको, जीवित रहेको वा नरहेको अज्ञात भयावहताबाट गुज्रिरहेको परिस्थिति एकातिर छ भने अर्कातिर खोजी कार्य र व्यवस्थापन समयमा हुननसके माहामारी आउने सम्भावना हुन्छ । ढिलो व्यवस्थापनले पीडितहरुलाई थप पीडा दिनेछ ।
यसैबिच सरकारी पक्षका साईवर सञ्चालकहरु प्रधानमन्त्री र गृहमन्त्रीको गुणगान गाउने भजनलाल प्रशस्ति गाउन व्यस्त छन् । भजनलाल प्रशस्ति गाउने मात्र गर्दैनन् ।सरकारलाई रचनात्मक सुझाव दिने प्रतिपक्ष तथा सम्बन्धित विषयका विज्ञको सुझावको खिल्ली उडाउने काम गर्दैछन् । जसले आफ्नो जीवनको कुनै प्रवाह नगरी उद्धारमा खटिएका छन् । उनीहरुको कतै पनि प्रशंसा गरिँदैन सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवकहरु अदम्म्य शाहस र सहनशिलता प्रदर्शन गरिरहेको विषय वास्तवमै प्रशंसनीय छ ।