तुलसीपुर, २१ भदौ । नेपाल नेत्रज्योति संघ र अप्थाल्मिक सोसाइटी पाकिस्तानबीच आँखा स्वास्थ्य, शिक्षा, तालिम, अनुसन्धान तथा व्यावसायिक विकासका क्षेत्रमा सहकार्य गर्ने महत्वपूर्ण सम्झौता भएको छ ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा। सम्शेर थापाका अनुसार, दुई संस्थाबीच नेत्ररोग, आँखा स्वास्थ्य सेवा प्रवाह, शिक्षा, तालिम, अनुसन्धान तथा व्यावसायिक विकासका क्षेत्रमा रहेको परिपूरक विशेषज्ञता, अनुभव तथा संस्थागत क्षमतालाई आदान–प्रदान गर्ने विषयमा सम्झौता भएको हो ।
नेपाल र पाकिस्तानबीच नेत्ररोग तथा आँखा स्वास्थ्यको क्षेत्रमा अझ घनिष्ठ व्यावसायिक तथा संस्थागत सम्बन्ध प्रवद्र्धन गर्दै क्षेत्रीय सहकार्यका माध्यमबाट आँखा स्वास्थ्य प्रणालीलाई सुदृढ गर्ने र रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरणमा योगदान पु¥याउने सम्झौताको मुख्य उद्देश्य रहेको छ ।
सम्झौता पत्रमा चिकित्सक तथा व्यावसायिक जनशक्तिको आदान–प्रदान कार्यक्रम, फेलोसिप, अवलोकन तथा तालिमका अवसरहरू, आँखा उपचार तथा हेरचाह सम्बन्धी ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासहरूको आदान–प्रदान, संयुक्त अनुसन्धान, प्रकाशन तथा शैक्षिक गतिविधिहरू, संयुक्त सम्मेलन, सेमिनार, कार्यशाला तथा निरन्तर व्यावसायिक विकास सम्बन्धी कार्यक्रमहरू गर्ने र सामुदायिक आँखा स्वास्थ्य तथा सार्वजनिक स्वास्थ्य नेत्ररोगको क्षेत्रमा सहकार्य गर्ने उल्लेख छ । त्यस्तै नयाँ प्रविधि, नवप्रवर्तन तथा आँखा स्वास्थ्य सेवा प्रवाहका मोडेल सम्बन्धी सूचनाको आदान–प्रदान गर्ने रहेको छ ।
सम्झौता पत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट केन्द्रीय महासचिव भरतबहादुर चन्द, केन्द्रीय सदस्य कृष्णकुमार गिरी र डा। शैलेसकुमार मिश्र तथा अप्थाल्मिक सोसाइटी पाकिस्तानका तर्फबाट अध्यक्ष प्राध्यापक कासिम लतिफ चौधरी र महासचिव प्राध्यापक अरशद महमुदले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको थियो । यो सम्झौता ५ वर्षका लागि लागू हुनेछ ।
यस सम्झौताले नेपाल–पाकिस्तानबीच आँखा स्वास्थ्य, स्वास्थ्य शिक्षा, संस्थागत सहकार्य तथा साझेदारीका नयाँ सम्भावनाहरू पहिचान र विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास महासचिव भरतबहादुर चन्दले व्यक्त गरेका छन् । साझेदारी र सहकार्यबाट गुणस्तरीय आँखा स्वास्थ्य सेवाको विस्तारतर्फ एक महत्वपूर्ण कदम भएको बताएको छ ।
त्यसैविच नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, राप्ती आँखा अस्पतालको प्रतिनिधिमण्डल र राष्ट्रिय स्वास्थ्य सेवा, नियमन तथा समन्वय मन्त्रालय, पाकिस्तानका प्रतिनिधिहरु विच आँखा स्वास्थ्य कार्यक्रमको विकास विस्तार र साझेदारीको विषयमा महत्पूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल–पाकिस्तानबीच आँखा स्वास्थ्य, स्वास्थ्य शिक्षा, संस्थागत सहकार्य तथा साझेदारीका नयाँ सम्भावनाहरू पहिचानका लागि छलफल भएको थियो । सो अवसरमा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले हाल सम्म दिएका सेवा आगामी कार्यक्रम सहकार्य सहयोग र साझेदारीको विषयमा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा। सम्शेर थापाले प्रस्तुतिकरण राखेका थिए ।
सो अवसरमा नेपाल नेत्रज्योति संघले नेपालमा प्रदान गर्दै आएको आँखा स्वास्थ्य सेवा, संघका भावी कार्यक्रम, लक्ष्य तथा उद्देश्यका विषयमा नेपाल नेत्रज्योति संघका केन्द्रीय महासचिव भरतबहादुर चन्द, केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, संघका कार्यकारी निर्देशक डा।शैलेशकुमार मिश्रले जानकारी गराएका थिए ।
छलफलमा राष्ट्रिय स्वास्थ्य सेवा, नियमन तथा समन्वय मन्त्रालय, पाकिस्तानका प्रतिनिधिहरुले आगमी दिनमा नेपाल नेत्रज्योति संघ, नेपाल र राष्ट्रिय स्वास्थ्य सेवा, नियमन तथा समन्वय मन्त्रालय, पाकिस्तान विच हुन सक्ने सहकार्य साझेदारीको विषयमा थप छलफल गरि अगाडी बढने प्रतिवद्धता व्यक्तिगरेका थिए ।