सुभाष न्यौपाने
शेरबहादुर हुन् कि पूर्णबहादुर विधानअनुसार चल्नुपर्छ ।
सदस्यता नवीकरण नगरेकाले माग्दैमा कांग्रेस अधिवेशन स्थगन हुन्छ ?
कांग्रेस महाधिवेशन स्थगनको माग गर्दै मङ्गलवार परेको निवेदनमा ।
न्यायधिश श्रयको संयुक्त यी जलासले आदेश गर्ने जरुरी देखेन ।।
अब कांग्रेस महाधिवेशन निश्चित समयमै हुन्छ ।
नेपाली जनता कांग्रेस कार्यकर्ता ढुक्क भए हुन्छ ।।
गत भदौ ९ गते नेपाली कांग्रेसका पूर्व सभापति तथा तत्काल कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको पन्ध्रौ महाधिवेशन स्थगन गरिपाउँ भनी दिएको निवेदन उपर बहस हुँदा न्यायधिश त्रय नहकुल सुवेदी, महेश शर्मा पौडेद तथा मेघराज पोख्रेलको संयुक्त एजलासले तत्काल अन्तरिम आदेश जारी गर्नु आवश्यक नभएको भन्ने निर्णय समेत गरेको छ । यस निर्णयले न्यायलय प्रतिका आशा र भरोसा पनि उत्तिकै जगाएको छ ।
हरेक न्यायले संविधानको मर्यादाा पालना गर्नु पर्ने कुरालाई पुष्टि गरेको छ । हुन पनि न्यायको दायित्व त्यही नै हो, पार्टी निर्णय अनुसार पन्ध्रौ महाधिवेशनको लागि सदस्यता अध्यावधिक गर्नको लागि भन्दै नवीकरण खोलिसकेपछि सदस्यता नवीकरण गरेर निवेदन दिन गएको भए त्यसमा पनि सदस्य संख्याको आधारमा पुनः विचार हुनसक्ने सम्भावना पनि नरहने हैन । अब सर्वोच्च अदालतको निर्णअनुसार नेपाली कांग्रेसले आफ्नो महाधिवेशन कार्यतालिका एक दिन पनि तलमाथि गर्न पाउने छैन ।
असोज स्रोहमा सुरु गर्नैपर्छ । शेरबहादुर देउवालाई पटक–पटक आफ्नै भन्नेले डुबाए, शेरबहादुर देउवा विदेश उपचारको क्रममा बसुन्जेल देउवाका आसेपासेहरुलाई न त नेतृत्व गर्ने क्षमता थियो, न त सङ्गठन गर्ने । शेरबहादुरलाई जसरी भए पनि नेपाल चाडै फर्काउन पर्छ भनेर पटक–पटक ढाटेर बोलाए अझ पनि ढाटेरै काम कुरा गर्दैछन् । चुनदेखिमा राखेर राजनेता बनाए अझंै पनि अरुसोख उडाउन खोज्दैछन् आफ्नो मुनाफाको लागि ।
नेपाली कांग्रेस भित्रको कलहले ल्याएको विग्रहले कांग्रेस मात्र हैन मुलुकको लोकतान्त्रिक पद्धतिलाई नै कमजोर बनाउने भएकोले न्यायलयको नतिजा स्वभाविकै भए तापनि पार्टीलाई एकतृत गराएर राख्न कार्यकर्ताहरुको चाहना भएके लाखौँ कार्यकर्ताको चाहना पूरा गर्न पार्टी नेतृत्वसँग आग्रह छ । सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको आदेशले कसैलाई झट्का लागेको छैन यो न्यायिक निर्णय हो । शेरबहादुरको बुद्धि नपुग्दा शेरबहादुरको यस्तो हाल भएको हो ।
तर, पनि शेरबहादुर नेपाली कांग्रेसका शिर्ष नेता हुन् उनको सम्मान गर्न पार्टी नेतृत्वले कन्जुस्याई गर्नु हुँदैन । यस विषयमा सचेत हुन पार्टी कार्यकर्ताको आग्रह पनि छ । सर्वोच्च अदालतको आदेशले कांग्रेस इतरपक्ष मात्र विपी कांग्रेसलाई समेत समेटेर लैजान सक्ने परिस्थिति समेत छ । यस विषयमा पनि नेतृत्व गम्भीर हुन जरुरी छ । अधिवेशन सम्पन्न गरेर पनि विपी कांग्रेससँग संवाद अगाडि बढाउने सकिन्छ । तर, अधिवेशन असोजबाट तलमाथि हुन पाउँदैन ।
विगतको संस्थापन पक्षले बुद्धि नपु¥याउने आज यो दुरदशा भोग्नु परेको हो । उतिबेलै पार्टी कार्यालयमा विशेष महाधिवेशनको प्रस्ताव दर्ता गराउँदा स्वयम् शेरबहादुरले नै ठिक छ म पनि पार्टी कार्यालय मै छु महाधिवेशन प्रतिनिधिहरुलाई बोलाएर सनाखत गराऔं भनेर दुई महामन्त्रीलाई भनेको भए कति महाधिवेशन प्रतिनिधिहरु सनाखत गर्न आउँथे त्यसैबेला यो विषयको पुष्टि हुन्थ्यो । छिनोफानो पनि हुन्थ्यो । त्यो भन्नु त कता छ, कता हामी साठी प्रतिशत भन्दै उनीहरुको सुनुवाई नै गर्न नचाहेर उल्टै दुई महामन्त्रीलाई कारबाही गर्ने धम्की दिन थाले ।
अर्को कुरा विशेष महाधिवेशन समूहका नेता शेखर पनि आफू पक्षधर प्रतिनिधिहरुलाई विशेष महाधिवेशनमा उपस्थित गराएर आँफू सहमति गराउनेतर्फ लागेका हुनकि जस्तो केही समय भान भएको थियो तर उनी पनि देउवा समूहको जाल र प्रलोभनमा परिसकेको देखियो । यता विशेष महाधिवेशनमा उपस्थित उनका सहयोगीहरु विशेष महाधिवेशनबाट बाहिरिनुको साटो महाधिवेशन सफल बनाउन डटेर लागे । गुरु घिमिरे, सुनिल शर्मा लगायतका युवाहरु विशेष महाधिवेशन सफल बनाउन व्यवस्थापनको प्रमुख भूमिका खेल्न थाले, त्यसपछि शेखर आफ्नो समूहबाट पनि एकलिए ।
निर्वाचन अयोगले पुष्टि गरेर सर्वोच्च अदालतले अनुमोदन दिइसकेको विशेष महाधिवेशनको नतिा र गगन थपा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कमिटीलाई कसैले निवेदन हाल्दैमा फेरि सर्वोच्चले बदर गर्न सक्छ र ? न्यायलय कै आदेशअनुसार गगन थापा पार्टी सभापति लेखेर हस्ताक्षर गरिएको पत्र लिएर नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचन आयोग पुगेका हुन् । विशेष महाधिवेशनको वैद्यता खारेज गरिपाउँ भन्ने विषयमा अदालतले कुनै आदेश नदिएपछि त बुझ्नु पर्ने होनी न्याय हाम्रो पक्षमा छैन भनेर तर पनि हुनमानहरुले हाम्रो सेटिङ भइराखेको छ ।
फैसला हाम्रो पक्षमा हुन्छ भनेर तारन्तार रुदै बोलाए भन्ने सुनिन्छ । शेरबहादुर शेर बनेर फर्किए चुनदेवीमा गर्जिए । ठाउँ त शक्ति कै ठाउँ रोजेका हुन चुनदेवी । भेला समेत गरे शेरबहादुरलाई प्रमुख वक्ता बनाएर तर उनीहरुले विधि र विधानको ख्याल गरेनन् तथा नाम भन्न समेत पछि परेनन्, राजनेता समेत बनाएर छोडे । गुनगान खुपै गाए आफ्नो रोदन पोखे बरद पुत्रहरुले । ती सबैले शेरबहादुरको सम्मानको कुरा राख्दै राखेनन्, आफूलाई मात्रै स्थान चाहियो भन्दै सभापति गगन थापासँग मागे ।
नेपाली कांग्रेसको धारा १७ को उपधारा दुईमा भएको विशेष महाधिवेशनको व्यवस्थालाई नै लत्याएर हामीसँग साठी माथिको प्रतिनिधिहरुको मत छ भन्दै शेरबहादुरका आसेपासेहरुको गलत सल्लाहमा लागेर शेरबहादुर देउवाले विशेष महाधिवेशनको प्रस्तावप्रति वेवास्ता गरेका हुन् कि भन्ने पनि कहिले लाग्छ त कहिले शेरबहादुरले दुई महामन्त्रीलाई यिनी मुठिका माखाले के गर्न सक्छन् ? यिनलाई चाहे म मिचिदिन्छु भनेर नटेरेको पनि हुनसक्छ ।
वर्तमान अवस्थामा मुलुक र लोकतन्त्रले नेपाली कांग्रेस खोजिरहेको बेला के शेरबहादुर आफैले उन्साठी साल दोहराउन खोजेका हुन् कि मतियारहरुको कारण ? के शेरबहादुर देउवाले बिर्सिसके नेपाली कांग्रेस पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापति बनाएको ? आफ्नो इतिहास र इज्जत जोगाउने हो भने अब चुनदेवीबाट फर्किएर सानेपामा नै इज्जत छ । पन्ध्रौ महाधिवेशन सफल पार केटा हो राम्रोसँग स्वस्थ प्रतिस्पर्धा गर म छु भनेर अभिभावक बनेर बस्न सके इज्जत र मर्यादामा कति पनि खलल आउने छैन ।
कार्यकर्ताहरुको चाहना पनि त्यही छ, कांग्रेसको इतिहास बोकेको एउटा नेताको इतिहास नमेटियोस् । यदि कुनै कारणबस देउवा समूह नेपाली कांग्रेसभित्र नरहेर अर्को कुनै समूह गठन गर्न खोजे भने त्यहाँ फेरि तुरुन्तै समूह विभाजन हुनेछ । यसमा कुनै शंका छैन । जीवनको उत्तरार्धमा चुनदेवीमा बसालेर सभापतिको लोगो पहिराएर बेइज्जत गर्दा पनि कति नबुझेको शेरबहदुरले । पन्ध्रौ महाधिवेशन इतरपक्षले असोज स्रोह मै सुरु गरे पनि नेपाली कांग्रेसको यो वैधानिक मान्यता हो । यसमा आत्तिनु पर्ने कुनै कुरा छैन ।
शेरबहादुरको नाममा खाने बानी परेकाहरु सशांकलाई भारी बोकाएर पूर्णबहादुर भागे । जस्तै इतरपक्षमा भागाभाग पर्ने छ, वर्तमान नेपाली कांग्रेस स्थापन पक्ष दिनदिनै बलियो बन्दै गइरहेको छ । उनीहरुले सशांकलाई ढाल बनाएर पन्छिरहेका छन् । अब शेखर संस्थापनतिर जान्छन्, सुजता संस्थापन मै छिन् । सशांकलाई इतरपक्ष्ँले सिरकण्डी बनाउन खोजिरहेका छन् । सशांकले त्यति पन िबुझ्दैनन् ? विपी उनीहरु त अस्तित्वविहीन भए भए अब तिम्रो पनि अस्तित्व मेटाउँदै छन् । हुने जस्तो भएको शेरबहादुरको आर्शिवाद प्राप्त गरेका पूर्णबहादुरले भेलाको संयोजकत्व सशांकलाई गर्न दिन्छन् ? अब पूर्णबहादुर साइलेन्छमा गइसके त्यसैले विपी पुत्र अझै केही बिग्रेको छैन ।
विपीले गठन गरेको नेतृत्व गरेको पार्टी हो । त्यसैले त्यो विपीको त्यागले पनि तिम्रा केही गल्तीलाई क्षमा दिनेछ । तिमी मोहनबहादुर र कान्छारामसँग कुम नजोड उनीहरु त शेरबहादुरबाट वरप्रसाद खाएर बाँचेका हुन् । त्यसैले उनीहरु अहिले जसरी कुर्लिएका छन्, त्यो उनीहरुको रोदन हो, चित्कार हो, छटपटाहट हो । त्यसैले इतिहासलाई नबिर्सेर पूर्खाको गौरव, गाथाको सम्मान गर्दै सरासर सानेपा जाउ त्यही तिम्रो इज्जत छ, मर्यादा छ । गणेशमान पुत्र र निधि पुत्रलाई पनि मेरो यही अनुरोध छ । आफ्नो इतिहासका पाना आफै च्यात्ने काम नगर, बाबु बाजेको गौरव गाथालाई नबिर्स । तिमीहरु कै कारण अहिले गगन पार्टी सभापति बन्न पाएका हुन् ।
तिमीहरुले उतिबेला हठ नराखेर विधानअनुसार जानुपर्छ भन्ने सल्लाह शेरबहादुरलाई दिएको भए नेतृत्व गगनमा जानै पाउँदैनथ्यो । उतिबेला हामी साठी माथि नेतृत्व हाम्रो छ किन यिनले भनेको गर्ने ? विधान नपढ्ने ? हठले मात्र हुन्छ, जवरजस्तीले मात्र हुन्छ ? बिग्रिएको केही छैन खुरुक्क सानेपा जाउ बाबुबाजेले लेखेको इतिहासलाई स्वर्णिम बनाऔँ । त्यसैमा मुलुकको कल्याण छ, लोकतन्त्रको कल्याण छ । भोलिका सन्ततीले धिक्कार्ने बाटो नदेउ आफ्नो इज्जत जोगाएर राख ।
हिजो तिमीहरुमा दुर्भती आएकै कारण हामी मात्रै सबै हौँ, अरु केही हैनन् भन्दै दुई महामन्त्रीहरुलाई हेप्ने पनि गर्दथ्यौँ । त्यो विनासकालमा आएको दुर्वुहिद हो, अब सुध्र बिग्रेको केही छैन आफ्नो इतिहासलाई कोला नबनाऔँ । पूर्णबहादुर खड्काका भाइ तथा सङ्घीय सांसद विष्णु खड्काले पनि पूर्णबहादुरलाई चुनौती दिइसके । ती बरद पुत्रहरुले त्यति पनि बुझेनन्, देउवा नेपाली कांग्रेसको सभापति भइदिएको भए त सानेपा मै बस्थे नि चुनदेवी जानुपथ्र्यो ?