बाढी पहिरोमा दिवंगतको सम्झनामा ज्योतिपुन्जका विद्यार्थीद्वारा दिप प्रज्वलन

दाङ, १८ भदौ । भदौ १० गते आएको भोटेकोसी बाढी पहिरोमा दिवंगत भएकाहरुको सम्झनामा बिहिवार साँझ ज्योतिपुन्ज स्कुलका विद्यार्थीले श्रद्धाञ्जली सभा र दिप प्रज्वलन गरेका छन ।

घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको ज्योतिपुन्ज आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले घोराहीमा र घोराही उप(महानगरपालिका–२ रामपुरमा रहेको ज्योतिपुन्ज मोडेल ईङ्लिस स्कुलका विद्यार्थीले रामपुरमा रसुवा भोटेकोसी बाढी पहिरोमा दिवंगत भएकाको सम्झनामा श्रद्धाञ्जली सभासँगै दिप प्रज्वलन गरेका हुन् ।

भोटेकोसी बाढी पहिरोमा त्यस क्षेत्रका विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारीसहित सर्वसाधारणको दिवंगतको सम्झनामा ज्योतिपुन्जका विद्यार्थी, शिक्षक र अभिभावकको समेत सहभागितामा श्रद्धाञ्जली सभा र दिप प्रज्वलन गरिएको ज्योतिपुन्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिएका छन् ।

ज्योतिपुन्ज एजुकेशनल ग्रुपद्वारा संचालित दुवै विद्यालयमा विद्यार्थीको अग्रसरतामा घोराहीमा ज्योतिपुन्ज विद्यालयको प्राङ्गण अगाडी र रामपुरका विद्यार्थीले रामपुर बजारमा श्रद्धाञ्जली सभा र दिप प्रज्वलन गरिएको ज्योतिपुन्ज मोडेल ईङ्लिस स्कुलका प्रीन्सिपल शिव भण्डारीले जानकारी र्दिएका छन् । घोराहीमा भएको कार्यक्रम ज्योतिपुन्ज आवासीय माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमको सहजीकरण सहायक प्रीन्सिपल तुल्सिप्रसाद शर्माले गरेका थिए । ती दुवै कार्यक्रममा शिक्षक, विद्यार्थी, कर्मचारी सहित विद्यालय ब्यवस्थापन समिती, संचालक समिति र शेयर सदस्यहरुको सहभागी रहेको थियो । रामपुरमा भएको कार्यक्रम ज्योतिपुन्ज मोडल इङलिस बोर्डिङ स्कुल विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सहजीकरण सहायक प्रिन्सिपल मदन घिमिरेले गर्नु गरेका थिए । यसअघि बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ज्योतिपुन्ज एजुकेशनल ग्रुप अन्तर्गतका दुई वटा विद्यालयले ३ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग समेत गरेका थिए।

ज्योतिपुन्ज एजुकेशनल ग्रुप अन्तर्गतका ज्योतिपुन्ज आवासीय माध्यमिक विद्यालय घोराही र ज्योतिपुन्ज मोडेल इङ्लिस स्कुल रामपुरका शिक्षक तथा कर्मचारी, विद्यार्थी र दुवै विद्यालयले ३ लाख ३ हजार ३ सय ३३ रुपैया रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका थिए ।