ओपिडि तथा अन्य सेवा नरोक्न उवासंघको माग

दाङ, ७ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले दिदै आएको ओपिडि तथा अन्य सेवालाई निरन्तरता दिन माग गरेको छ । ओपिडि सेवा रोकिँदा सर्व साधारणलार्इ समस्या पर्ने भएकाले सेवा नरोक्न आग्रह गरेको हो । संघको वुधवार वसेको बैठकले यस्तो निर्णय गरेको संघका महासचिव नरेश कार्कीले जानकारी दिए । कोरोना विरामीको उपचारको लागि आवस्यक पर्ने स्थानको व्यवस्थापनका लागि संघले सहयोग गर्ने निर्णय गरेको छ । यसै गरि बैठकले लकडाउनको अवधीभर व्यवसायिहरुलाई घर भाडाको लागि दवान नदिन आग्रह गरिएको कार्कीले बताए । बैठक संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो ।