सुभाष न्पौपाने
स्वास्थ्य उपचार गरी फर्किए शेरबहादुर ।
इतर पक्षको नाममा भेला गर्न खातिर ??
उनी त नेता हुन्, देशका कांग्रेसका सर्वश्रेष्ठ हुन् ।
उनैले गरेको भेला इतरपक्ष भन्ने हुन्छ र ??
नेपाली कांग्रेसका पूर्व सभापति तथा नेपाल देशका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो स्वास्थ्य उपचार पश्चात स्वदेश फर्किएका छन् । ०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीहरुको आक्रमणमा परी आफ्नै निवासमा बसिरहेको अवस्थामा घाइते हुन पुगेका हुन् । त्यो दुःखद् घटना हो । आन्दोलन व्यक्तिमाथि आक्रमण गर्ने हैन, शेरबहादुरको घरबाट नोटका विटा र गड्डी उडाइएको देखाइयो ।
सुशीला सरकारदेखि बालेन सरकार सम्मका अनुसन्धानकर्ताले कति प्रमाण पुष्टि गरे जनताले त्यसको बारेमा कति जानकारी पाए ? जेन–जी समूहको नाममा भएको दुःखद् घटनामा घाइते भई उपचारमा गएका नेता स्वदेश फर्कँदा स्वागत हुनु स्वभाविकै हो तर कोदे समूहका आसेपासेहरु जससँग सङ्गठन हाँक्ने र नेतृत्व गर्ने क्षमता छैन, उनीहरुले जसरी शुक्रवारदेखि आाइतवार सम्मको तीन दिने भेलाको आयोजना गरे, त्यस घटनाले उनीहरुको सामर्थ कति भन्ने कुराको पुष्टि गर्छ ।
विशेष महाधिवेशनको निर्णय निर्वाचन आयोगले मान्यता दिई सर्वोच्च अदालतले अनुमोदन गरिसकेको छ । जेन–जी आन्दोलन पश्चात ओली सरकार विघटन भइसकेपछि सुशीला कार्की नेतृत्वको आम निर्वाचनमा सहभागीता जनाउन शेखर कोइराला प्रकाश शरण महतहरु समेत पार्टी सभापति गगन थापाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिस गरिएको भन्ने चिठ्ठी लग.े.र निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्न पुगे के त्यो उम्मेदवारी फिर्ता गरेर सर्वोच्च अदालतले निर्वाचन बदर गर्न सक्छ ? उता भेलामा शेरबहादुरलाई राजनेता भनेर सम्बोधन गर्नेहरुले नै शेरबहादुरको राजनैतिक अस्तित्व मेटाउन खोज्दै छन् ।
उता शेरबहादुरले पनि बुद्धि पु¥याएको देखिएन । पार्टी कार्यकर्ताको स्वागत कार्यक्रमलाई सम्बोधन गरिसकेपछि भेला सेला हुँदै म गगन, विश्वलाई बोलाउँछु शेखर, शंसाक आउ पूर्णबहादुर आउ म एक पटक वार्ता गर्छुँ भनेर भन्नु पर्नेमा भेलाको प्रमुख अतिथि बनेर सम्बोधन गर्नु शेरबहादुरको जीवनको पहिलो कमजोरी हो । पार्टीमा बृशत एकताको खाँचो भएको बुझिसकेका नेता देउवाले इतर पक्षीय भन्ने भेलालाई किन सम्बोधन गरे ?
पार्टीमा विशेष महाधिवेशनको निवेदन दर्ता भइसकेपछि दुई महामन्त्री गगन, विश्व दुवैलाई पार्टी कार्यालयमा बोलाएर समय सीमा दिएर सनाखत गराऔँ भनेको भए सनाखत कक्षमा धेरै महाधिवेशन प्रतिनिधि नै उपस्थित हुने थिएनन् । विशेष महाधिवेशनको टटै साफ सरासर पन्ध्रौँ महाधिवेशन हुन्थ्यो । जसले राजनेताको रुपमा शेरबहादुरलाई सम्बोधन गरिरहेका उनैले नै शेरबहादुरको राजनीति मेट्न खोज्दै छन् । त्यति मात्र कहाँ होर, हिजो नेपाली कांग्रेसको नेतृत्वको सधै विरोध गर्नेहरु आज शेरबहादुरको जयगान गर्दैछ ।
समग्र कार्यकर्ता पार्टी एक भएको हेर्न चाहन्छन्, हिजो शेरबहादुरलाई परिक्रमा गरेर खान पल्केका दुशासनहरु वर्तमान पार्टी नेतृत्वको विरुद्धमा दुसाहस गरिहेका छन् । पार्टीमा एकताको पहल गर्नु पर्ने शेखर शंसाकले त्यो भूमिका निर्वाह गर्नु पर्नेमा उनीहरु रुन्चे देखिए । समयमा आफूहरु एक हुन सकेनन् । हिजो विशेष महाधिवेशन बोलाउँदासम्म गगन थापाको नेता शेखर हैनन् ? हेर्दैं जाम भोलि कोइरालाहरुको पूर्णबहादुरसँग पनि सहमति मिल्दैन ।
के हो बृहत एकता ? शेरबहादुरका मतियार भनौ कि दाश भनौ तिनीहरुमा कुनै क्षमता छैन । कोइरालाहरुमा एकता छैन, उनीहरु अर्काको वैशाखी टेक्छन् । जनताले कार्यकर्ताले उनीहरुलाई विश्वास गरिरहेका छन् तर उनीहरु आफै सिखण्डी बनिरहेका छन् । गगन, विश्वहरु हिजोको संस्थपन पक्षले नहेर्दा नै नेतृत्वमा आएका हुन् । हिजोको संस्थापन पक्षले हामी साठी प्रतिशत भनेर जुन अहंकार पैदा ग¥यो त्यही अहंकारले संस्थापनलाई पैतिस बनाएर विशेष महाधिवेशन पक्ष पैसठ्ठीमा पुग्यो ।
अब तिमीलाई मनोज शर्मा सहितको इजलासले पुनः बहाल गर्छ ? विरोध र समर्थन जेसुकै भए पनि शेरबहादुरलाई कार्यकर्ताहरुले एउटा संस्थाको रुपमा लिएका थिए । नेतृत्व तहमा शेरबहादुर आफ्नै कारणले आफ्नो साख घटाइरहेका छन् भने नेतृत्व क्षमता नभएका कोइरालाहरु प्रति पनि जनता र कार्यकर्ताहरुको विश्वास घटेर गएको छ । अब शेरबहादुर नेपाल बस्नेवाला छैनन् । त्यसैले नेपाली राजनीतिमा नेपाली कांग्रेसलाई डुबाएर जाने विचारमा छन् ।
सबैले गरेको एकताको लागि पहल त पक्कै गर्लान् भनेर आशा गरेको शीर्ष नेताले इतर पक्षको भेलालाई सम्बोधन गर्ने ? यो त लाज मर्दो विषय हो । राजनेता बनाउन गएकाहरुको झन भविष्य के होला ? शेरबहादुरको त आफै रचेको इतिहास हो आफै मेटाउादैछन् । तर कोइराला, निभि र सिंहरु एउटो बुढो बाधको पछि लागेर आफ्ना पिता पूर्खाले राष्ट्रियता त राष्ट्रिय स्वतन्त्तताका निमित्त गरेको त्याग र समर्पणको खिल्ली उडाइरहेका छन् ।
गगन, विश्वप्रकाश उनैहरुबाट प्रसिच्छित कार्यकर्ता हैनन् ? उनीहरुसँग संवाद समेत गर्न नचाहने ? युग परिवर्तन भयो, समय र परिस्थिति परिवर्तन भयो अब नेतृत्व पनि परिवर्तन हुनुपर्छ भन्ने माग सबैको हो । त्यति मात्र हैन पुस्ता हस्तान्तरणको माग समेत हो । यदि नेपाली कांग्रेसमा एकता भइहाले पनि हिजोको मोहनबहादुर बस्नेत लगायतको भर्सनले वर्तमान नेपाली कांग्रेस पक्षघर त पीडित नै छन् नि । शेरबहादुर देउवालाई उनलाई सुमरु पवर्त मानेर परिक्रमा गर्नेहरुले नै डुबाएका हुन् ।
हिजो गिरिजाप्रसादले शेरबहादुरसँग प्रतिस्पर्धा गर्न हुने, शेरबहादुर गगनसँग प्रतिस्पर्धा गर्न नहुने ? शेरबहादुरलाई भएको साख पनि सिध्धाएर उनका पुजारीहरुले नै बत्ती बुताइरहेका छन् । विशेष महाधिवेशन बोलाइसकेपछि शेरबहादुरका पुजारीहरुले महामन्त्री समूहलाई न्यूनीकरण गर्दै हामी त साठी प्रतिशत भन्दै उनीहरुमाथि अमानवीय व्यवहार मात्र हैन तथानाम गाली गलोजमा समे उत्रिए । शेरबहादुरलाई सुमेरु पर्वत मान्नेहरु जति खराब छन्, त्यति अरु खराब छैनन् । कोइरालाहरु पनि किन यसरी मल्लिए ।
यिनले पनि आफूलाई चिनेनन् । हिजो निर्वाचनको बेला शेरबहादुर देउवालाई टिकट नदिए हामी पनि निर्वाचन लड्दैनौँ भन्न कोही पनि आएनन्, मलाई टिकट चाहियो भनेर दाबी गर्न र गगन थापाको प्रसंसा गर्न धेरै आए । प्रकाश शरणलाई सोध शेखरलाई सोध अरु धेरैजनाको नाम लिइरहनुको अर्थ पनि छैन । शेरबहादुर नरहे आफू नबाच्ने अवस्थामा रहेका सुमेरु पवर्तका पुजारीहरु अहिले आएर गगन थापाको उपछन्तो काट्दै छन् ।
गगन डराउनु पर्ने अवस्था पनि छैन । सिटौला सिखण्ड त थिए । कोइरालाहरु पनि सिखण्डी निस्किए त्यसैले नेपाली कांग्रेसको राजनीतिमा यो अवस्था आएको हो । नेपाली कांग्रेस के कसैको पेवा हो ? कसैसँग प्रतिस्पर्धा र सवाल जवाफ गर्ने नहुने । कुनै पनि व्यक्तिलाई सालिगराम मानेर सधै पूजा गर्नु पर्ने ? यस पटकको गतिविधिमा सबैभन्दा कमजोर पक्ष कोइराला सन्ततीको नै रहेको छ । अरुलाई दोगा लगाउने हैन आफूले कर्म बलियो गर्नुपर्छ । नेपाली जनता अझै पनि मुलुक सङ्कटमा पर्दा नेपाली कांग्रेसलाई सम्झने गर्छन् ।
त्यसैले नेपाली कांग्रेसको इतिहासलाई घटिया नबनाऔँ कांग्रेसको इतिहास बढियाँ छ । देश र जनताको पक्षमा छ, त्यसैले स्वर्णिम इतिहासलाई धमिल्याउने काम कसैले नगरौँ । सबैले सबैसँग स्वस्थ प्रतिस्पर्धा गरौँ, जनताको सदिक्षा अनुसार चलौँ । कसैले कसैको उछित्तो काट्ने काम नगरौँ । नेपाली कांग्रेस खुला पार्टी भएकोले पनि होला यस्ता भेला र सभाहरु आजमात्र नभई पहिलेदेखि नै हुँदै आएका हुन् तर नेपाली कांग्रेसका हिजोका नेताहरु जनता राष्ट्रका निमित्त समर्पित थिए तर आजको परिस्थिति अलि भिन्न खालको देखिएको छ । यो राम्रो भएन ।