नेपाल महिला सामुदायिक सेवा केन्द्रको ३३औँ स्थापना दिवस, महिला र पछाडि पारिएका वर्गको सशक्तीकरणमा योगदान महत्वपूर्ण

हिराबहादुर केसी

दाङ, ४ भदौ । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले महिला र बाल अधिकारका तथा पछाडि पारिएका वर्गको सशक्तीकरणमा नेपाल महिला सामुदायिक सेवा केन्द्रको योगदान प्रशंसनीय रहेको बताएका छन् । नेपाल महिला सामुदायिक सेवा केन्द्रको ३३ औँ स्थापना दिवसलाई बुधवार घोराहीमा सम्बोधन गर्दै प्रमुख शर्माले संस्थाले किसानलाई जैविक विषादीयुक्त मल उत्पादनमा सघाई माटोको संरक्षण र कृषि उत्पादन वृद्धिमा समेत महत्वपूर्ण काम गरेको बताए ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रकी संस्थापक अध्यक्ष बिमला योगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले संस्थाले महिला सशक्तीकरण, आयआर्जन तथा बालशिक्षामा पु¥याएको योगदानको उच्च प्रशंसा गरेका थिए । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले महिला अधिकार, क्षमता अभिवृद्धि, सामाजिक मनोपरामर्श र द्वन्द्वपीडित महिलाको हकहितमा संस्थाले खेलेको भूमिकालाई प्रशंसा गरेका थिए । दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले महिला अधिकार संरक्षण तथा किसानलाई जैविक विषादीको प्रयोगतर्फ आकर्षित गर्न संस्थाले महत्वपूर्ण सहयोग गर्दै आएको बताए । शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढाथोकीले महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा बोल्दै अन्य वक्ताले संस्थाले सुशासन प्रवर्धन, सचेतना अभिवृद्धि र मानसिक तनाव व्यवस्थापनका साथै द्वन्द्वपीडित महिला, बादी समुदाय, विपन्न र सीमान्तकृत वर्गको उत्थानमा उल्लेख्य भूमिका निर्वाह गरेको बताएका थिए । उनीहरूले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए । नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, गैरसरकारी संस्था महासंघ दाङका अध्यक्ष खुशलराम शर्मा, ग्रामीण महिला उत्थान केन्द्र दाङकी अध्यक्ष आशमानी चौधरी, प्राध्यापक डा.अर्जुन बुढाथोकी, डा. कृष्णराज डिसीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाबाट अध्ययनका लागि सहयोग प्राप्त गर्दै आएका सिर्जना परियार, सविना खातुन र सुशीला ठाकुरले संस्थाबाट प्राप्त सहयोग र त्यसले आफ्नो जीवनमा पारेको प्रभावबारे अनुभव सुनाएका थिए । यसैगरी बादी समुदायका बालबालिकाको लागि शिक्षण गराइरहेकी द्रोपती नेपाली बादीले बादी समुदायको जीवनस्तर र बालबालिकाको शिक्षामा नेपाल महिला सामुदायिक सेवा केन्द्रले पु¥याएको योगदानबारे अनुभव सुनाएकी थिइन् ।

कार्यक्रममा केन्द्रका सूचना अधिकारी आरके शीतलले संस्थाले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिबारे जानकारी गराएका थिए । उनका अनुसार संस्थाले महिलालाई नेतृत्वमा ल्याउने उद्देश्यले अन्तरपुस्ता महिला अभियान, लैङ्गिक हिंसा विरुद्धको अभियान, दिगो शान्ति अभियान, लागु औषध दुव्र्यसन विरुद्धको अभियान तथा मानसिक स्वास्थ्य र मनोविमर्श कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई कापी, कलम र झोलालगायत शैक्षिक सामग्री उपलब्ध गराउने, कक्षा १२ सम्म अध्ययनका लागि सहयोग गर्ने तथा उच्च शिक्षा अध्ययनपछि रोजगारीसँग जोड्ने कार्यक्रमसमेत संस्थाले सञ्चालन गर्दै आएको उनले बताए । भूकम्प तथा प्राकृतिक प्रकोपका पीडितलाई राहत तथा उद्धार, सशस्त्र द्वन्द्व प्रभावितलाई सहयोग, उद्यमशीलता विकासका लागि तालिम तथा आर्थिक सहयोग, लघुवित्त सेवा, किसानले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि ‘हरियो बजार’ सञ्चालन तथा हिंसा प्रभावित महिलालाई सहयोग गर्दै आएको जानकारी गराएका थिए ।

स्थापना दिवसका अवसरमा महिलाको क्षेत्रमा योगदान पु¥याउने सरकारी तथा गैरसरकारी संघसंस्था, अधिकारकर्मी, सञ्चारकर्मी, महिला खेलाडी, श्रमिकलगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थागत विकासका लागि योगदान गर्ने जिल्ला समन्वय समिति दाङ, घोराही उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, संस्था स्थापनाको समयमा सहयोग गर्ने व्यक्तिहरू प्राडा अर्जुनकुमार बुढाथोकी, डा. कृष्णराज डिसी, बद्रीकुमार खड्का, गैरसरकारी संस्था महासंघ दाङ, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, ग्रामीण महिला उत्थान केन्द्र घोराही, महिला मानव अधिकारी रक्षक सञ्जाल दाङ, दाङ महिला जेसीज, नेपाल रेडक्रश सोसाइटी रक्त सञ्चार केन्द्र घोराही, नेपाल परिवार नियोजन संघ दाङ, लैङ्गिक हिंसा पुनःस्थापना केन्द्रका दीपा बस्नेत, महिला पत्रकारहरू बसुन्धरा गौतम, लक्ष्मी आचार्य, सुलोचना गौतम, लीला शाह, खेलाडीहरू सुनिता विष्ट, गरिमा चौधरी, निशाना रोका, ग्रेडर चालक अनिता चौधरी, श्रमिक महिलाहरू फुर्सी परियार र मनमाली नेपालीलाई सम्मान गरिएको थियो ।

यसैगरी संस्थाका उपाध्यक्ष विष्णु गिरी, कार्यसमिति सदस्य दोर्णमाया बिक, मातृभूमि लघुविक्त वित्तीय संस्था लिमिटेडका सहमहाप्रबन्धक पवन योगी, कर्मचारीहरू अराके शीतल, डा.सङ्गीता राई, नमराज अधिकारी, दिनेश सुवेदी, दीपा धिताल, लक्ष्मी ढकाललाई सम्मान गरिएको थियो । संस्थाले अध्ययनमा सहयोग गरेका बालिकाहरू सिर्जना परियार, सुशीला ठाकुरलाई उच्च शिक्षा पूरा गरेकामा सम्मान गरिएको थियो भने कलाकार मङ्गला श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । यसैगरी संस्थाले स्थापना गरेर प्रवर्धन गरेका सहकारीहरू नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लमही–१, समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लमही–१, सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था घोराही र ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्था घोराही–१३ लाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण आरके शीतल र दीपा धितालले गरेका थिए ।

स्थापना दिवसमा ३७ जनाले गरे रक्तदान

यसैबिच नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले ३३औँ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र दाङको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए । जसमा पवन योगी, सुधा न्यौपाने, पवित्रा चौधरी, राजेन्द्र जिएम, शरद बस्नेत, रोजन पास्वान, निर्मला चौधरी, विशाल खड्का, चन्द्रबहादुर नेपाली, दीपक चौधरी, सुनिता विष्ट, सूस्मा बिक, सन्तोष केसी, आषीश रेग्मी, मानबहादुर जिएम, सन्तोष खत्री, सम्भव बुढाथोकी, सैलेश अधिकारी, अर्जुन घिमिरे, विशाल खत्री, मलिन जिएम, ललिता चौधरी, दलबहादुर बुढा मगर, मनोज बिक, टोपेन्द्रकुमार बिएम, शक्ति भण्डारी, सर्जन घर्ती मगर, पवित्रा घर्ती मगर, राजेश रसाइली, जुनुमाया बिएम, आदित चौधरी, राकेश क्षेत्री, अरविन्द चौधरी, तिलक जिएमले रक्तदान गरेका थिए ।

केन्द्रले अस्पतालमा उपचाररत बिरामीका लागि आवश्यक रगतको अभाव न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले हरेक वर्ष स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । संस्थाकी अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवम् संस्थागत सहयोगमा अध्ययनरत युवा विद्यार्थी सिर्जना परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र दाङका प्राविधिक ठाकुर पौडेलले रक्तदान मानवीय सेवाका साथै स्वस्थ नागरिकले गर्नु पर्ने महत्वपूर्ण सामाजिक कार्य भएको बताए । नियमित रक्तदानले अस्पतालमा आवश्यक रगतको व्यवस्थापनमा सहयोग पुग्नुका साथै आकस्मिक अवस्थामा बिरामीलाई समयमै रगत उपलब्ध गराउन सहज हुने उनले बताए ।

प्रेरणा कार्यक्रमकी फोकल पर्सन डा. सङ्गीता राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यक्रमको उद्देश्यबारे रोल्पा जिल्ला कार्यक्रम संयोजक दिनेश सुवेदीले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण सचिव शिवा योगीले गरेकी थिइन् ।