दाङ, ६ जेठ । घोराही उपमहानगरपालिकाअन्तर्गतको शिक्षा, युवा तथा खेलकुद महाशाखाले विद्यालयहरुलाई नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । महाशाखाले सूचना प्रकाशित गरी उपमहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरूलाई यस्तो निर्देशन गरेको हो ।
सर्वपक्षीय बैठकको निर्णयअनुसार शैक्षिक सत्र ०७६/०७७ को वार्षिक परीक्षाको नतिजा लकडाउनको पूर्ण पालना गरी वैकल्पिक विधिबाट प्रकाशन गर्न र अर्काे सूचना प्रकाशन नहुँदासम्म शैक्षिक सत्र ०७७/०७८ का लागि भर्ना नगर्न निर्देशन गरिएको महाशाखा प्रमुख विनोद गौतम र शाखा अधिकृत नारायण पौडेलले जारी गरेको सूचनामा उल्लेख छ । सर्वपक्षीय बैठक जेठ ५ गते बसेको थियो ।