सिर्जनामा सुशील गौतम

सुभाष न्यौपाने

सुशील हेर्दा झुवाट्ट अपाङ्ग देखिए पनि ।
सिर्जना रचना के थियो थाहा छैन मान्छेमा पनि ।।
साहित्य रचना उस्तै थियो स्नातकोत्तर ।
उनका सहपाठ थिए दिनेश र यज्ञबहादुर ।।

सम्वत दुई हजार दुई सालमा जन्मिएका सुशील हुन् ।
उनका सहपाठी हाम्रा ठुल्दाई मुकुन्द हुन् ।।

स्नातकोत्तर गरेका थिए, अर्थशास्त्र पढेका थिए । दाङकै विद्धान र सम्पन्न परिवार सुशीलको थियो । मेहनत, समाज र सम्पन्नता देखिएको थिएन की कमी साहित्य धेरै बुझ्दथे उनी गलमा विशेष कलम चलाउँथे । काजीवा शंकर गौतम र हाम्रा ठुल्दाई मुकुन्द न्यौपाने समकक्षी सहयात्री र समवयका भन्ने पनि मैले धेरैपछि बुझे । अर्थशास्त्रका विद्यार्थी भए पनि सुशील गौतमले पण्डित शालिगराम गौतम स्मृति ग्रन्थको राप्तीमा छन्दमा प्रकाशित गरेका थिए भने पिता स्व पण्डित टेकनाथ गौतमद्वारा लिखित हिन्दु धर्म र बौद्ध धर्म एउटै आर्याधर्म हुन् भन्ने विषयलाई अङ्ग्रेजीमा समेत अनुवाद गरेका छन् ।

त्यति मात्र नभएर नेपाली संस्कृत अङ्ग्रेजी हिन्दी र उध्रु भाषामा समेत साहित्य सिर्जना गरेका छन् । इतिहासकार पण्डित टेकनाथ गौतम तथा मुन्नादेवी गौतमका पुत्र सुशील गौतम एउटा अविछिन्न सिर्जना क्षमता भएका व्यक्ति हुन् । उनका हात र गोडा दुवै बराबर कलम चलाउन सक्थे । यो कुरा कसैलाई थाहा नहुन पनि सक्छ । नेपाली साहित्यमा विभिन्न विधामा योगदान पु¥याएका गौतम विभिन्न पुरस्कार र सम्मानबाट पुरस्किृत र सम्मानित समेत भएका छन् । उनकी पत्नी अर्पणा दिदी छोराहरु किशोर, दीपक तथा जनार्दन एवम् छोरी मन्जु सबैप्रति यस विकराल परिस्थितिमा धैर्य धारण गर्ने क्ष्माता श्री ईश्वरले प्रदान गरुन भन्ने कामनाका साथ समवेदना प्रकट गर्न चाहन्छु । ०२६÷०२७ सालतिरको कुरा हो, हामी बगाले बस्ने उहाँहरु बग्गे बस्ने म निधुवार स्कुल पढ्न जान थालेको थिए ।

सायद मैले कक्षा तीनमा पढ्थे जस्तो लाग्छ । सुशील गौत्मलाई मैले गैरीकुलामा देख्दा म तर्सिए, आत्तिए मैले स्वभाविक संरचना नदेखेकै कारण उहाँ शारिरीक रुपमा असमर्थ हुनुहुँदो रहेछ । त्यो मलाई थाहा भएन । म पनि त दुई तीन कक्षामा पढ्ने विद्यार्थी । केही समयपछि बुझ्दै जाँदा उहाँले स्नातकोत्तर गरिसक्नु भएको रहेछ । सुशील गौतमकी अर्धाङ््गिनी अर्पणालाई हामीले भान्ज वा बुद्धि प्रकाश आचार्यकी छोरी भएकाले दिदी भनेर सम्बोधन गर्दथ्यौँ भने स्वर्गीय सुशील गौतमलाई सानवा भनेर सम्बोधन गर्दथ्यौँ भने उहाँका छोराहरुसँग दाजुभाइको नाता छ । ज्ञान र क्षमताका खानी सुशील गौतमलाई सामान्यतया अपाङ्गको रुपमा चिन्दछन् भने आफूसँग निकट रहेका परिवार सदस्य तथा निकट सदस्य उनका परिवारहरुले सुशील गौतम हापुरलाई राम्रोसँग चिन्दछन् ।

लेखक संघ दाङलाई भूमिदान गर्ने परिवारका सदस्य कवि सुशील गौतम लेखक संघ दाङका वर्तमान सल्लाहकार पनि हुन् । साहित्यमा नेपाली अङ्ग्रेजी सस्कृत फारसी लगायतका भाषामा कलम चलाइसकेका कवि सुशील गौतमका समकक्षी शंकर गौतम काजीवा तथा साविक हापुर बगालेका मुकुन्द न्यौपाने सँगसँगै बौनरे खोलाको बनघुस्री कुलाको बाँधमा नुहाउन अर्थात् पौडी खेल्न जाँदाको घटना म सम्झन्छु । पत्रकार महासंघ दाङ शाखाका संस्थापक सदस्य समेत भइसकेका सुशील गौतमप्रति म पुनः श्रद्धाञ्जली अपर्ण गर्दछु । लेखक संघ दाङका भूमिदाता जसको कारण आज लेखक संघ दाङको भवन निर्माण भएको छ ।

२०२५ सालतिर अर्थशास्त्रका स्नातकोत्तर गरेका सुशील गौतम जसका बालसखा खुदै साहिला वाका छोरा भाइ शंकर गौतम उहाँलाई हामीले काजीवा भनेर सम्बोधन गर्छौँ । उहाँका अर्का बालसखा हाम्रा ठुल्दाइ मुकुन्द न्यौपाने बगाले । हामी जसरी घर गाउँ हुँदै सहर पस्ने प्रवृत्तिको विकास भयो त्यसपछि हामी सबैले आफन्तलाई नचिन्ने प्रवृत्तिको विकास भयो । लेखक संघ दाङका भूमिदाता तथा वर्तमान सल्लाहकार समेत रहेका कवि तथा लेखक सुशील गौतमप्रति म पुनः श्रद्धाञ्जली अर्पण गर्दछुँ । साहित्यकार गौतमका जेठा छोरा किशोरचन्द्र गौतम नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक पदमा कार्यरथ छन् भने उनी बाबा टेकनाथ गौतमको दिक्षाबाट प्रेरित भई धर्मशास्त्रका पनि ज्ञाता छन् । माइलो छोरा दीपक गौतम भने नेपाल विद्युत प्राधिकरणमा डिइ छन् । कान्छो जनार्दन गौतम आफ्नो निजी कारोबारको सिसिलामा परिवार सहित विदेशमा बस्दै आएका छन् ।

गजलका खानी हुन्, सुशील गजल उनको जवानी हो ।
गजललाई मलजल गर्ने पहिलेदेखि कै बानी हो ।।
लेख्न त अरु पनि लेख्थे जानेका सबै थिए ।
विशेष रुची उनले गजल मै दिएका थिए ।।

हाम्रा पिताजी स्व पटवारी झग्गुप्रसाद उपाध्यायको २०३५ सालमा निधन भइसकेपछि टेकनाथ बाजे आमालाई भेट्न गएको घटनाको म स्मरण गराउन चाहन्छु । बाजेले आमालाई सम्झाउनु हुन्थ्यो । दुलही हाम्रो सुशीलले पनि त आमाको दुध खाएको हैन, यो प्रकृतिको खेल हो । उहाँले सम्झाउनु हुन्थ्यो । हुन पनि घटना त्यस्तै रहेछ, सुशील गौतमले आमाको दुध खान पाउनु भएको रहेनछ, विधिको विडम्बना । आजभन्दा आधा शताब्दी पहिले स्नाकोत्तर गरेका सुशील गौतम झ्वाट्ट हेर्दा सुशील गौतम केटोकेटी डराउने आकृतिका देखिने तिक्ष्ण बुद्धिका थिए । जन्मजात साथी तथा माई काजीवा शंकर गौतम तथा बगाले मुकुन्द तथा स्कुले जीवनका साथी दिनेश न्यौपाने, यज्ञबहादुर बुढाथोकी तथा भीमकान्त आचार्य धेरै नि ।

स्नातक पश्चात होला सायद यज्ञबहादुर बुढाथोकी र भीमकान्त आचार्य शिक्षण पेसातर्फ लागेको । दिनेशबहादुर न्यौपाने राजनीतितर्फ लागेको भन्ने सुनिन्थ्यो । पञ्चायतकालमा सार्वजनिक समारोहमा दिनेश न्यौपानेलाई राप्ती अञ्चलका युवा नेता भनेर सम्बोधन गरिन्थ्यो । सुशील, दिनेश, यज्ञबहादुर र भीमकान्तको बिचमा तँ तँ र म म चल्दथ्यो । मैले दुई कक्षामा पढ्दा एमएपास ती विकलांग जो असाधरण क्षमताका खानी हुन्, सुशील गौतम । तत्काल हापुरबाट माओवादी द्वन्द्वका कारण विस्थापित भई घोराही बस्न आएपछि घोराही बजारमा हिडडुल गर्दा देख्नेहरु कतिले भन्थे आश्चर्यका साथ यिनै हुन् कवि ? आश्चर्यका साथ यिनले त एमए गरेका छन् अरे यिनले आमाको दुध खाएका हैनन् अरे ?

शारिरीक अशक्ततता हुँदा हुँदै पनि हात र गोडाले बराबर कलम चलाउन सक्ने सारस्वत्य क्षमता प्राप्त गरेका गौतमका चौधभन्दा बढी कृति प्रकाशित भइसकेका छन् । संस्कृत, नेपाली, अङ्ग्रेजी भाषामा रचना सिर्जना गर्ने कवि साहित्यकार सुशील गौतम नेपाली कांग्रेस दाङका संस्थावक सभापति टेकनाथ गौतमका पुत्र हुन् । तर, नेपाली कांग्रेले सुशील र सुशीलको क्षमतालाई बुझन खोजेको जस्तो देखिएन । श्रावण चौविस गते ८१ वर्षको उमेरमा निधन भएका सुशील गौतमप्रति म सम्मानपूर्वक भावपूर्ण श्रद्धमञ्जली अर्पण गर्न चाहन्छु । गजलका पारखी गौतमले कविता तथा गीत , मुक्तक लगायतका चौधवटा भन्दा बढी सिर्जना प्रकाशित गरिसकेका छन् । यस पंक्तिकारले आफ्नो उमेरको ५–६ वर्ष देखि नै देख्न र चिन्न लागेकोले पनि महत्व दिएको हो ।

अस्वभाविक अवस्थाको शारिरीक स्थिति रहे तापनि सारस्वत्य शक्ति प्राप्त भएका साविक हापुरमा ओल्लाघरे–पल्लाघरे जस्तै बस उठ र सम्बन्ध थियो । दाइ विरकेशरी गौतम तथा हाम्रो साहिल दाइ गोपाल न्यौपाने स्कुल आउने जाने बाटो स्नातकोत्तर गरिसक्नु भएको रहेछ । mथ उयष्mकविता संग्रह अङ्ग्रेजी साहित्य मै पनि कहाँ पढ्न सक्छु र । त्यो कृति प्रकाशन भएपछि दंगाली अङ्ग्रेजीका ज्ञाता भन्नेहरुले पनि त्यो कृतिको बारेमा उल्लेख गरेको पाइएन ।

बहुआयामिक व्यक्तित्वका धनी सुशील गौतमलाई उहाँको परिवार र हाम्रो परिवारका सदस्य सँगको सम्बन्ध घोराही बजारलाई के थाहा ? निधुवार स्कुल स्थापना भएपछि पटवारी गुरुप्रसाद स्कुलको सेक्रेटरी तथा टेकनाथ बाजे समितिको सदस्य भएको इतिहास छ । पटवारी बाजेलाई पण्डित टेकनाथ गौतमले पटवारी दाइ भनेर सम्बोधन गर्नुहुन्थ्यो । म आज उनैका पुत्र कवि सुशील गौतमप्रति समवेदना व्यक्त गर्दा अत्यन्त भाव विहवल भएको छुँ । काजीवा शंकर गौतमका पिता मैले थाहा पाउँदासम्म हुनुहुन्थेन उहाँ पण्डित शालिगराम गौतम मैले सुनेको डा सुदिप गौतमको विभिन्न स्मृति ग्रन्थबाट हो । अन्त्यमा मुर्धन्य कवि सुशील गौतमप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै सम्रग परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।