तुलसीपुर, २८ साउन । तुलसीपुर मधेशी समाज सेवा संघ तुलसीपुर दाङको निर्वाचन यहि साउन ३० गते हुने भएको छ ।
निर्वाचनमा दुई छुट्टा छुट्टै समुह चुनावी मैदानमा उत्रिएका छन् । ११ सदस्य निर्वाचनमा लागि अध्यक्षमा बेद प्रकाश गुप्ताको प्यान र रामकुमार गुप्ताको प्यानल चुनाबी मैदानमा उत्रिएका छन् । बेदप्रकाश गुप्ताको प्यानलले तुलसीपुरमा विहिवार पत्रकार समेलन गरि आफ्ना प्रतिवद्धता सहित उमेदवारहरु सार्वजनिक गरेको छ ।
विभिन्न १४ वटा चुनावी प्रतिवद्धा सार्वजनिक गदै बेद प्रकाश गुप्ताको प्यानलले तुलसीपुरमा रहेका सम्पूर्ण मधेसी समुदायबीच एकता, सद्धभाव, सहकार्य र भाईचाराको भावना कायम गर्ने, आफ्नो संस्कृति पहिचान संरक्षण, मधेसी समुदायमा देखिएका नागरिकता सम्वन्धी समस्या तथा अन्य कानुनि र सामाजिक समस्याको समाधानका लागि समन्वय पहल गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ ।
एम्वुलेन्स तथा धर्मशाला निर्माण गर्ने, मधेसी समुदायका युवाहरुका लागि सीपमूलक तालिम रोगजारी, तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्न पहल गर्ने, समुदायका जेष्ठनागरिक, एकलमहिला, अपाङ्गता भएका व्यक्ति तथा विपन्न परिवारका सदस्यहरुलाई आवश्यक सहयोग र सम्मान गर्ने तथा संस्थाका गतिविधिहरु पारदर्शिता, जवाफदेहि, समानता र समावेशिता कायम गदै समुदायका सवै सदस्यका सवै सदस्यको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने आफ्नो प्यानलका प्रतिवद्धताहरु रहेको सचिवका उम्मेदवार रुपेश गुप्ताले बताए ।
त्यस्तै मधेसी समुदायको आर्थिक कोष स्थापना गरि विपन्न असहाय तथा आवश्यकता भएका समुदायको सदस्यहरुलाई मापदण्डका आधारमा आर्थिक सहयोग उपल्वध गराउन पहल गर्ने, समाजका सम्पूर्ण सदस्य तथा परिवारलाई तीर्थयात्रा तथा धार्मीक यात्रामा सहभागी गराउने प्रतिवद्धताहरु सार्वजनिक गरेको छ । पत्रकार समेलनमा बेदप्रसाद गुप्ताको प्यानलबाट उपाध्यक्षमा सन्तोष कुमार गुप्ता, सचिवमा रुपेश गुप्ता, सहसचिवमा समा गुप्ता, कोषाध्यक्षमा जितेश गुप्ता सहित सदस्यहरुमा प्रेमा भट्टराई गुप्ता, काजल गुप्ता, ज्योति शाह, अरुणकुमार गुप्ता, बब्लु गुप्ता र आयुषकुमार गुप्तासहितको प्यानलको नाम सार्वजनिक गरिएको थियो ।
पत्रकार समेलनमा संघका संस्थापक अध्यक्ष दिपेन्द्रकुमार बनियाले बेद प्रकाश गुप्ताको प्यानलाई अत्याधिक बहुमतले विजयी बनाउन अपील गरेका थिए । तुलसीपुर मधेसी सामाज सेवा संघमा २सय ६ जना सदस्य रहेको उनले बताए । अध्यक्षका प्रत्यासि बेद प्रकाश गुप्ताको अध्यक्षतमा भएको पत्रकार समेलनको सहजिकरण सचिवमा प्रत्यासि रुपेश गुप्ताले गरेका थिए ।