वाल्मिकी संस्कृत साहित्यका आदिकवि हुन् । संस्कृत भाषामा काव्यको रचना गर्ने प्रथम कवि वाल्मिकी हुन् । उनले लेखेको काव्यलाई वाल्मिकी रामायण भन्दछन् । वाल्मिकीले काव्य रचना गर्ने प्रेरणा नारद ऋषिबाट प्राप्त गरेका थिए भन्ने कुरा वाल्मिकी रामायणको पहिलो श्लोकबाट थाहा हुन्छ ।
कुनै दिन नारदसँग वाल्मिकीको भेट भयो र वाल्मिकीले सोध्नुभयो– ऋषिबर नारदज्यू यो संसारमा कुन यस्तो महान पुरुष छ जो आचारविचार र पराक्रममा श्रेष्ठ छ भनी सोध्दा नारदले भन्नुभयो– सबैभन्दा श्रेष्ठ यो संसारमा राम कथा जस्तो अर्को कुनै छैन भनेर रामको कथा सुनाउनुभयो । त्यसलाई आधार मानेर वाल्मिकीले रामायणको रचना गर्नुभयो । रामायणलाई महाकाव्य पनि भनिन्छ । यो महाकाव्य महाभारतभन्दा पनि पुरानो हो । रामायणमा बालकाण्ड, अयोध्या काण्ड, अरण्य काण्ड, किष्किन्ध्या काण्ड, सुन्दर काण्ड, युद्ध काण्ड र उत्तरकाण्ड गरी आठ काण्ड छन् ।
पुराणका रचहिता वेदव्यासले वाल्मिकीको जीवनीको विषयमा यसरी लेख्नुभएको छ– उनी पहिले सिकारी थिए । उनको संगत व्याभासँग थियो । केही दिन उनी आफ्ना शिष्य भरद्धाजसँग तमासा नदीमा स्नान गरेर आश्रममा फर्किदै थिए । बाटोमा तालचरीका भालेपोथीलाई निशाना गरेर एउटा व्याभाले बाण हान्न लागेको देखे । ती भोलेपोथीले मैथुनक्रिया गर्न लागेका थिए । यस्तो अवस्था देखेर वाल्मिकीलाई दया लाग्यो र ती भालेपोथीलाई नमार भनी रोक्न प्रयास गरे तर व्याभाले मानेन र भालेलाई बाण हानेर मारे ।
रगतले लत्पतिएर पखेटा फट्फटाउँदै गरेको आफ्नो जोडी भालेको हत्या गरेको देखेर पोथीले विलाप गर्न थाली । त्यो देखेर वाल्मिकीको मन पग्लियो र वाल्मिकीको मुखबाट एउटा छन्दोबद्ध रुपमा श्लोक निस्कियो । श्लोक यस प्रकारको छ–
मानिषाद प्रतिष्ठा त्बंमगम शाश्वती समाः
यत्क्रौन्च मिथुनादेक मवधीः काम मोहित्म
हे व्याधा तलाई सधै शान्ति कहिले नहोस्, किनभने तैले मैथुनरत बिनापराध पंक्षीलाई मारिस भनेर श्राप दिए । त्यसैबेला वाल्मिकीका अगाडि ब्रहमाजी आएर भन्नुभयो– हे वाल्मिकी तिमीले पश्चाताप नगर । तिम्रो मुखबाट निस्केको श्लोक नै तिम्रो यश बढाउने कारण हुनेछ । तिमीले रामको चरित्रलाई लिएर कार्यको रचना गर भन्नुभयो । ब्रहमाको आज्ञा अनुसार वाल्मिकीले चौविस हजार श्लोक भएको रामायणको रचना गर्नुभयो । त्यसै बेलादेखि वाल्मिीकी आदिकवि बनेका हुन् भन्ने गरिन्छ ।
वाल्मिकी पूर्व जन्ममा एक ब्रहमघाती रत्नाकर भन्ने डाकु थिए । जन्मले उनी ब्राहमण भए तापनि किरातसँगको संगतले गर्दा चोरी गर्ने काम गर्थे । त्यसैले उनको ब्राहमअत्व नष्ट भएको थियो । उनले एउटै शुद्र जातिकी नारीसँग विवाह गरेका थिए । उनका धेरै सन्तान थिए । एकदिन उनको सप्तऋषिसँग भेट भयो । वाल्मिकीले ती सप्तऋषिका कपडा लुट्ने विचार गरेछन् । सप्तऋषिले भने– किन तिमीले हाम्रा लुगा लुट्न खोज्दै छौँ । ती तिम्रा सन्तानलाई गएर सोध ।
तिमीले चोरी गरेको कार्यको फल भोग्न तयार छन् कि छैनन् । उनले घरमा गएर सोधे– मैले ऋषिहरुका कपडा चोरेर राखेको छु । तिनीहरुले त्यो पापको फल भोग गर्छांैँ कि गर्दैनौँ भन्दा परिवारले भने– हामीलाई त खान लगाउन पाए त भयो । यो पापको फल तिमीले नै भोग्नुपर्छ । हामीले किन भोग्ने ? यस्तो उत्तर दिए । त्यो कुरा सुनेर उनलाई वैराग्यको भावना पैदा भयो । ती ऋषिहरुले ती वाल्मिकीलाई दया गरेर मरा भनेर उच्चाहरण गर, यही नाम जप तिम्रो पाप नष्ट हुनेछ भनेर सल्लाह दिए । उनले धेरै वर्षसम्म मरा–मरा भनेर नाम जप्दै गए ।
पछि एकहजार वर्षसम्म जप गर्दै जादा मरा भनेको त राम भयो । एक हजार वर्षसम्म जप गर्दा उनका शरीरमा धमिराको गोलाले ढाकिसकेको थियो । पछि उनको सप्तऋषिसँग भेट भयो र सप्तऋषिले धमिराले ढाकेको देखेर ती व्याभाको नाम वाल्मिकी राखिदिए । यो कुरा कन्ध पुराणमा लेखिएको छ । वाल्मिकीको आश्रम कहाँ थियो ? प्रष्ट उल्लेख गरिएको छैन । वाल्मिकी रामायण व्यासले अठार पुराण लेख्नुभन्दा अगाडि लेखेको हो भनिन्छ । सबैभन्दा पुरानो काव्य वाल्मिकी रामायण हो ।
रामायण धेरै थरीका छन् । जस्तो अध्यात्म रामायण, आनन्द रामायण, अद्भूत रामायण, रामचरित्र मानस रामायण, भानुभक्तिय रामायण यी सबै रामायण वाल्मिकीको रामायणमा आधारित छन् । रामायणमा भगवान् रामचन्द्रको विरस्तृत रुपले वर्णन गरिएको छ । सबैले रामायण पढ्न आवश्यक छ ।